२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुति गराउंदा मृत्यु भएका नवजात शिशुको शव  १८ दिनपछि उठ्यो

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुति गराउंदा मृत्यु भएका नवजात शिशुको शव  १८ दिनपछि उठ्यो

परिवारले अस्पतालको लापरवाहीले स्वस्थ अवस्थामा रहेको शिशुको मृत्यु भएको आरोप लगाउंदै आउंदा दिनमा उपचारमा लापरवाही नगर्न मेसु इन्द्र ढकाललाई सचेत गराएको छ ।

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  •  
    बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गत बैशाख ६ गते प्रसुति गराउने क्रममा मृत अवस्थामा जन्मेको नवजात शिशुको शब १८ दिनपछि उठेको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका ४ की सुस्मा खरेल प्रसुति गराउन बैशाख ५ गते राति प्रादेशिक अस्पताल भर्ना भएकी थिइन् । सुस्माको शनिबार राति १२ बजेतिर मात्रै शल्यक्रिया गरेर बच्चा निकालिएको थियो । तर जन्मने वित्तिकै बच्चाको मृत्यु भएको थियो । सुस्माले १४ वर्षपछि छोरा जन्माएकी थिइन् । तर अस्पतालले बचाउन नसकेपछि सुस्माका श्रीमान् रामप्रसाद खरेल, सुस्माका बुबा ग्यामलाल भुसाल लगायत आफन्तले उपचारमा अस्पतालको लापरवाही भएकाले बच्चाको ज्यान गएको आरोप लगाउंदै शब बुझ्न अस्वीकार गरेका थिए । अस्पताल भर्ना गर्नु अघि डा. भक्तबहादुर राउतले चेकजांच गर्दै आएका सुस्माको गर्भमा रहेको बच्चाको स्वास्थ्य अवस्था चैत ३१ गतेसम्म एकदमै राम्रो रहेको सुस्माका श्रीमान रामप्रसादले बताए । 
    ‘अस्पताल भर्ना गरेपछि नर्सिङ स्टाफ र डाक्टरले संवेदनशील भई राम्रोसंग चेकजांच र उपचार गरेको भए बच्चा जिवितै जन्मिन्थ्यो भन्ने हाम्रो ठहर हो’– सुस्माका बुबा ग्यामलालले भने–‘बच्चाको ज्यान त गयो नै झण्डै सुस्माको पनि ज्यान जाने अवस्था थियो, म आफै रोइकराई र हारगुहार गरेर बचाइदेऊ भनेपछि बल्ल अलि राम्रोसंग उपचार भयो र उनी बाचिंन् ।’  
    रामप्रसाद र भुसालले बुधबार अस्पतालका मेसु डा. इन्द्र ढकालसंग भेट गरी अस्पतालका डाक्टर र नर्सहरुलाई विरामीको उपचारमा संवेदनशील र जिम्मेवार बनाउन सचेत गराउंदै भविष्यमा यस्ता लापरवाहीका घटना दोहोरिन नदिन आग्रह गरे । अस्पतालका मेसु ढकालले भने प्रसुति हुन आउने सबै महिलाको शुरुमै अप्रेसन गरेर बच्चा ननिकालिने बताए । उनले डाक्टर र नर्सहरुलाई उपचारमा थप जिम्मेवार बनाउन आफूले निर्देशन दिने आश्वासन दिए । ढकालले अस्पतालमा वार्षिक सरदर १३ हजार बच्चा जन्मिने र ती मध्ये ७–८ जना बच्चा र सोही संख्यामा आमाहरुको मृत्यु हुने गरेको बताए । 
       
    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij