२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्याब्सन नवलपुरमा तालाबन्दी

प्याब्सन नवलपुरमा तालाबन्दी

प्याब्सन नवलपुरमा तालाबन्दी

प्याब्सन नवलपुरमा तालाबन्दी

प्याब्सन नवलपुरमा तालाबन्दी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • नवलपुर
    नवलपुरका संस्थागत विद्यालयहरुले मनपरी रुपमा बढाएको शुल्क फिर्ता लिन माग गर्दै आन्दोलनरत नेपाल विद्यार्थी संघ नवलपुरले बुधबार प्याब्सन नवलपुरको जिल्ला कार्यालयमा तालाबन्दी गरिदिएका छन् ।


    यहाँका निजी विद्यालयहरुले गत वर्षको तुलनामा १० देखि ३० प्रतिशतसम्म शुल्क वृद्धि गरेको अभिभावकहरुले गुनासो गरेका छन् ।


    नवलपुरका निजी विद्यालयहरुले मनपरी शुल्क वृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघ नवलपुरले निजी विद्यालयको शुल्क घटाउन माग गरेका हुन् ।


    नेविसंघ नवलपुरका अध्यक्ष हरि सुवेदीको नेतृत्वमा गएको टोलीले प्याब्सन नवलपुरका कार्यालयमा तालाबन्दी गरिदिएका छन् ।
    नेविसंघले निजी तथा संस्थागत विद्यालयले दिनु पर्ने १० प्रतिशत छात्रवृद्धिको पनि दुरुपयोग गरेको समेत आरोप लगाएको छ ।
    त्यसैगरी नेविसंघले विद्यार्थीबाट अनावश्यक शुल्क नलिन, ड्रेस र पुस्तक विद्यार्थीहरुलाई जबरजस्ती बिक्री नगर्न र शुल्क निर्धारणलाई पारदर्शी र नियमसंगत गराउन पनि माग गरेको छ ।


    यहाँ रहेका संस्थागत तथा निजी विद्यालयहरुले अभिभावकसँग शुल्क वृद्धिको निर्णय अनुमोदन गरी शुल्क वृद्धि गर्नु पर्नेमा त्यसो नगरेको पाइएको छ ।


    कानुनतः कुनै पनि निजी तथा संस्थागत विद्यालयले शुल्क वृद्धिको निर्णय अभिभावक भेलाबाट अनुमोदन गरी सम्बन्धित पालिकालाई जानकारी गराएर मात्र लागू गर्नुपर्ने हुन्छ ।


    प्याब्सन नवलपुरका अध्यक्ष हरिहर अधिकारीले विद्यार्थीहरुको माग प्रति आफ्नो ध्यानाकर्षण भएको बताए  । प्याब्सन अध्यक्ष अधिकारीले नगरपालिकामार्फत् यस्ता विषयहरु अनुगमन गर्नु पर्नेमा जोड दिए ।  


    नेपाल सरकार, शिक्षा मन्त्रालय तथा स्थानीय तहहरूबाट शुल्क निर्धारण मापदण्ड २०७२ र निःशुल्क तथा अनिवार्य शिक्षा ऐन २०७५ अनुसार विद्यालयहरूले शुल्क पारदर्शी र नियमनमा आधारित निर्धारण गर्नुपर्ने प्रावधानहरू अवज्ञा गरेको देखिन्छ, यसरी शुल्क बढाइ विद्यार्थी र अभिभावकहरूलाई आर्थिक शोषण गर्नु पूर्णरूपमा अस्वीकार्य भएको नेविसंघले जनाएको छ ।
    मागहरू तत्काल पूरा नगरिए थप आन्दोलनमा नेपाल विद्यार्थी संघले चेतावनी दिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij