२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बर्दघाट पूर्ण खोप दिगोपना सुनिश्चितता पालिका घोषणा

बर्दघाट पूर्ण खोप दिगोपना सुनिश्चितता पालिका घोषणा

बर्दघाट पूर्ण खोप दिगोपना सुनिश्चितता पालिका घोषणा

बर्दघाट पूर्ण खोप दिगोपना सुनिश्चितता पालिका घोषणा

बर्दघाट पूर्ण खोप दिगोपना सुनिश्चितता पालिका घोषणा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • परासी  । बर्दघाट नगरपालिका ‘पुर्ण खोप र एवं सस्थागत प्रसुति सेवायुक्त’ सुनिश्चित नगर घोषणा भएको छ  ।  २ बर्ष अगाडि नेपालकै पहिलो सस्थागत सुत्केरी सेवा पुर्ण रुपमा उपलब्ध गराउने नगरपालिका घोषणा गरि पुर्णखोप युक्त सुनिश्चितता सहितको घोषणा गरिएको हो ।जिल्ला समन्वय समिति प्रमुख भगौती यादव रुदलले आज एक कार्यक्रमको बिच बर्दघाट नगरपालिका ‘पुर्ण खोप र एवं सस्थागत प्रसुति सेवायुक्त’ सुनिश्चित नगर घोषणागरेका हुन् । 


    घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख भगौती यादव रुदलले नगर शिक्षा र स्वास्थ्यको क्षेत्रमा अनुकरणीय बनेको उल्लेख गर्दै मानव विकास सूचकाङ्क सुधारका लागि यस्ता कार्यक्रम महत्वपूर्ण भएको बताए । किशोर–किशोरी तथा बालबालिकालाई लक्षित कार्यक्रम थप प्रभावकारी ढंगले सञ्चालन गर्नु आवश्यक रहेको उनले उल्लेख गरे  ।

    नगरप्रमुख शम्भुलाल श्रेष्ठले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी काम गर्दा स्वास्थ्य क्षेत्रमा सकारात्मक उपलब्धि देखिएको बताए। संक्रामक तथा नसर्ने रोगको उपचार तथा स्वास्थ्य सेवाको पहुँच विस्तारमा नगर गम्भीरताका साथ लागिपरेको उल्लेख गर्दै नगर प्रमुख श्रेष्ठले नगरलाई छिट्टै ‘बालमैत्री नगरपालिका’ घोषणा गर्न लागिएको बताए ।


    हाल बर्दघाट नगरपालिकामा हाल १७ वटा आधारभूत स्वास्थ्य संस्था र दुईवटा अस्पतालमार्फत स्वास्थ सेवा दिइँदै आएको छ । नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले सामाजिक र आर्थिक विकाससँगै किशोर र बालबालिकालाई सही मार्गमा डोर्‍योउन नगर प्रतिबद्ध रहेको बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले सामाजिक सूचकाङ्क सुधारका लागि गरिएको स्वास्थ्य सम्बन्धी कामहरूको नियमित समीक्षा भइरहेको उल्लेख गरे ।

    स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अङतबहादुर शाहीले पुर्ण खोप अभियानले ९० प्रतिशतभन्दा बढी रोगवाट बच्न सकिने बताए । खोपले व्यक्तिलाई मात्र नभइ भविष्यको पुस्तालाई सुरक्षित बनाउने भएकाले सबै बालबालिकालाई अनिवार्य खोप आवश्यक रहेको उनको भनाइ छ । बर्दघाट नगरका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार नगरभित्रका सबै बालबालिकाले आवश्यक सबै खोप प्राप्त गरिसकेका छन् भने गृह प्रसूति शून्यमा झरेको छ।

    प्रोटोकल अनुसार गरिएको चारपटकको स्वास्थ्य परीक्षणमा १ हजार  ३ सय ९९ महिलामध्ये ९५ दशमलव ८२ प्रतिशतले स्वास्थ्य संस्था पुगेर प्रसूति गराएको तथ्याङ्क छ। १५ महिनासम्मका १ हजार २ सय बालबालिकाको खोप कार्ड बनेको छ भने १६ महिना देखि ५९ महिनासम्मका ३ हजार ५ सय ८२ बालबालिकाले खोप प्राप्त गरिसकेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij