२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

महिला र पुरूष ब्याडमिन्टन तथा  टेबलटेनिस हुँदै

महिला र पुरूष ब्याडमिन्टन तथा  टेबलटेनिस हुँदै

महिला र पुरूष ब्याडमिन्टन तथा  टेबलटेनिस हुँदै

महिला र पुरूष ब्याडमिन्टन तथा  टेबलटेनिस हुँदै

महिला र पुरूष ब्याडमिन्टन तथा  टेबलटेनिस हुँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, बैशाख २६ २०८२
शुक्रवार, बैशाख २६ २०८२
  • बुटवल । रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्स र रोट्¥याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको संयुक्त आयोजनामा बुटवलमा महिला र पुरुष ब्याडमिन्टन तथा  टेबलटेनिस प्रतियोगिता हुने भएको छ । क्लबले बिहीबार पत्रकार सम्मेलन गरी यही बैशाख २७ गते शनिबार देवीनगर ब्याडमिन्टन क्लबमा प्रतियोगिता आयोजना हुने जानकारी गराएको छ । 


    प्रतियोगितामा रोट्¥याक्ट र रोटरी क्लबहरुमा आबद्ध भएका सदस्यहरु सहभागी हुन पाउने कार्यक्रम संयोजक समिर पाण्डेले जानकारी दिए । ब्याडमिन्टन र टेबलटेनिस दुवै प्रतियोगतामा महिला र पुरुष सिंगल र डबल गरी ४ वटा विधामा प्रतिस्पर्धा गराइने उनले बताए । दुवै प्रतियोगतामा बिजेता हुने टिमले सिंगलतर्फ नगद ३ हजार तथा डबलतर्फ ५ हजार नगद, मेडल र प्रमाणपत्र पाउने कार्यक्रम संयोजक पाण्डेले जनाए । प्रतियोगितामा सहभागी हुन सिंगलतर्फ एक टिमलाई ३ सय र डबलतर्फ ५ सय शुल्क तोकिएको उनले बताए । 


    प्रतियोगितामा करिब १०० वटा टिम सहभागी हुने अनुमान गरिएको र बिहीबारसम्म ७० टिमले नाम दर्ता गराइसकेका रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष सरोज पाण्डेले बताए । दुवै प्रतियोगितामा स्वतन्त्र रेफ्री रहने बताउँदै विवादरहित ढंगले कार्यक्रम सम्पन्न हुने उनले बताए । प्रतियोगितामा सहभागी हुने टिमले शुक्रबार साँझसम्म नाम दर्ता गरिसक्नुपर्ने अध्यक्ष पाण्डेले बताए । एउटा क्लबबाट एकभन्दा बढी टिम पनि सहभागी हुन पाउने, तर खेलाडी क्लबको सदस्य हुनुपर्ने उनले जनाए । 


    क्लबहरुबिचको आपसी भाइचारा सम्बन्ध विकास गर्ने र खेल क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका संस्थापक अध्यक्ष विमल ढकालले बताए । साथै उनले प्रतियोगितामा सहभागिताका लागि आग्रह पनि गरे । प्रतियोगिता सम्पन्न गर्नका लागि ५० हजार रुपैयाँ बढी खर्च हुने आयोजकको अनुमान छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij