२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भारत–पाकिस्तान द्वन्द्व र हाम्रो भूमिका

भारत–पाकिस्तान द्वन्द्व र हाम्रो भूमिका

भारत–पाकिस्तान द्वन्द्व र हाम्रो भूमिका

भारत–पाकिस्तान द्वन्द्व र हाम्रो भूमिका

भारत–पाकिस्तान द्वन्द्व र हाम्रो भूमिका
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, बैशाख २६ २०८२
शुक्रवार, बैशाख २६ २०८२
  • भारतको जम्मु कस्मिरको पहलगाममा भएको आतंककारी हमला पछि भारत–पाकिस्तानबिच प्रत्यक्ष युद्धको थालनी भइसकेको छ । यही गत बुधबार बिहानदेखि भारतले पाकिस्तानी भूमिमा केही मिसाइल क्षेप्यास्त्रद्वारा हमला गरेको छ । उक्त हमलामा केही दर्जन मानिसहरु मारिएको बताइएको छ । त्यस्तै त्यसको प्रतिकारमा पाकिस्तानले पनि भारतमाथि हमला गरेको छ । जसमा त्यहाँ पनि केही दर्जन भारतीयहरु मारिएको भनिएको छ । त्यस्तै केही क्षेप्यास्त्रहरुलाई पाकिस्तानले बिचमै खसालेको बताइएको छ । जे होस् यी दुई देशबिच पुनः युद्धको घोषणा गरिएको छ । भारत विश्वको चौथो ठूलो शक्तिशाली राष्ट्र हो भने पाकिस्तान क्षेत्रफल जनसंख्या र अरु सबै हिसाबले कमजोर र कम शक्तिशाली राष्ट्र हो । तर हारजित भने कसको हुन्छ अहिले नै आंकलन गर्न सक्ने स्थिति छैन । पाकिस्तान सानै देश भए पनि शस्त्रअस्त्र र फौजी हरहिसाबले त्यति कमजोर भने छैन ।  भारतसँग टक्कर लिदै आएको छ र लिने आन्तरिक मनोविज्ञानमा पनि उ छ । त्यसैले आफू ठूलो र शक्तिशाली मुलुक भएको रवाफ देखाउन पनि भारतले यस पटक पहिले पाकिस्तानमाथि हमलाको सुरुवात गरेको छ । 


    यी दुई देशबिचको यो युद्धलाई अहिले तत्काल कसैको पनि समर्थन र सहयोग भएको देखिंदैन । संयुक्त राष्ट्र संघ र अमेरिकाले यसको विरोध गरिसकेका छन् । त्यस्तै चीनले यसलाई दुर्भाग्य भनेको छ । जसरी विश्वका हरेक देशमा हुने यस्ता युद्धका पछाडि कुनै न कुनै रुपमा विश्वका यी तिनै ठूला साम्रराज्यवादी राष्ट्रहरुको भूमिका देखिंदै आएको छ । तर यो भारत–पाकिस्तानबिचको युद्धमा भने यी तिनै ठूला राष्ट्र अमेरिका, चीन र रुसको प्रत्यक्ष हात रहेको अहिलेसम्म देखिएको छैन । कालान्तरमा यी सबै राष्ट्र कुनै न कुनै रुपमा यसमा पनि संलग्नता देखिने निश्चित छ । रुस–युक्रेन युद्धमा जस्तै पक्ष–विपक्ष सबैमा आ–आफ्नो तरिकाले देखिने छन् । यो पनि साम्रराज्यवादी शक्ति राष्ट्रहरुबिचको प्रतिस्पर्धा र होडबाजीकै उपज हो र हुनेछ । जस्तो रुस–युक्रेन युद्धमा त्यसलाई हप्ता दिनभित्रै टुंग्याइदिने रुसको भनाइ थियो ।  तर त्यो युद्ध अहिले तीन वर्ष पूरा भइसक्दा पनि सकिएको छैन । 


    अहिले हाललाई यी कुनै पनि राष्ट्रहरु यसमा प्रत्यक्ष नमुछिए पनि चीन भारतभन्दा बढी पाकिस्तानको फेबरमा देखिन सक्छ, किन भने चीन–पाकिस्तानबिच ठूलो आर्थिक र व्यापारिक सम्बन्ध छ । चिनियाँ बीआरआइ अति महत्वाकांक्षी विश्व अभियानमा पाकिस्तान जोडिइसकेको छ । त्यसको विरोध भारतले गर्दै आएको छ ।  एक प्रकारले भन्ने हो भने चिनियाँ बीआरआइ परियोजनाले भारत घेरिइसकेको छ ।  भारतका धेरै छिमेकी मुलुक जस्तो पाकिस्तान, श्रीलंका, नेपाल, मालद्वीप आदि देशहरु त यो अभियानमा जोडिसकेका छन् । अब क्रमशः अफगानिस्तान र बंगलादेशमा समेत यो चिनियाँ अभियान लागू हुने सम्भावना बढेर गएको छ । यही अभियानले गर्दा भारत नेपालसँग पनि अलि बढी चिडिदै अएको छ । यसका लागि बढी जिम्मेवार हालका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली भएको भारतको ठम्याई छ । त्यस्तै रुस भने यी दुवै देश अर्थात् भारत– पाकिस्तानबिच मध्यस्त नै देखिन्छ । रुस–भारतबिच विभिन्न सन्धि सम्झौताले गर्दा तत्काल भारतलाई चिढाउने गरी प्रत्यक्ष पाकिस्तानलाई उचाल्ने काम भने रुसले गर्ने छैन । तर अमेरिकी रवैयामा त्यो भर पर्ने देखिन्छ । अहिलेसम्म अमेरिका अलि बढी भारतको निकटतामा छ । पाकिस्तानमा चिनियाँ प्रवेशलाई अमेरिकाले त्यति राम्रो मानिरहेको छैन । तै पनि भारतको ढूलमूलता अर्थात् कहिले रुस, चीनसँग साझेदारी गठबन्धन अर्थात् ‘विरिक्स’ रुस, चीन, भारत, ब्राजिल र दक्षिण अफ्रिकाबिचको गठबन्धनलाई अमेरिकाले त्यसलाई त्यति रुचाएको छैन  ।


     ढिलो चाँडो जति यो भारत–पाकिस्तान युद्ध बढ्दै जान्छ त्यति त्यति यो पनि स्पष्ट हुँदै जानेछ । जस्तो उदाहरण अहिले रुस–युक्रेन युद्धमा देखिंदैछ । एकातिर अमेरिकाले सुरुसुरुमा युक्रेनलाई उचालेर रुसमाथि जाई लाग्न लगायो, तर आखिर रुस–अमेरिकाबिचको एक प्रकारको समझदारीबाट अहिले अमेरिकाले युक्रेनलाई बस उठ पार्दै त्यहाँ रहेको बहुमूल्य धातु सबैमा अमेरिकी स्वामित्व स्थापित गराइसकेको छ । ठीक यस्तै भूमिका अब भारत–पाकिस्तानबिचको यो युद्धमा पनि देखिन सक्छ । यसमा अलि बाधक चीन हुन सक्छ । हुन त चीन–भारतबिचको आपसी द्वन्द्व ठूलै छ । यी दुई देशहरुमा पनि पटक–पटक युद्ध हुँदै आएको छ । दुई ठूला उदाउँदा विश्व शक्तिशाली राष्ट्र पनि भई  सकेका छन् । त्यसकारण भारत–पाकिस्तानबिचको यो युद्धले चीनलाई सहयोग नै पुग्ला । तर यही निहुँमा फेरि अमेरिका यी दुई मुलुक चाहे भारत चाहे पाकिस्तान जुनमा पनि युक्रेनमा जस्तै आफ्नो प्रभुत्व जमाउन थाल्यो भने त्यो चीनका लागि ठूलो आपत्तिको विषय हुनेछ । अमेरिकाको अहिलेको मुख्य उद्देश्य भनेको चीनलाई जसरी हुन्छ एक्ल्याउने, घेरा पार्ने र सकेसम्म चिनियाँ बढ्दो साम्राज्यवाद र प्रभुत्वलाई चकनाचुर नै पार्ने त्यो नभए कमेसकम बढ्दो विश्व चिनियाँ साम्राज्यलाई खुम्च्याई आफूमा मात्र सीमित राख्नेमा छ । त्यसैले पनि रुस–चीन भारत–पाकिस्तानबिचको यो युद्धलाई बढाउने र लम्ब्याउने अवस्थामा अमेरिका देखिने छैन । जसरी हुन्छ छिटोछिटो  यसलाई एउटा समझदारीमा टुंग्याउने पक्षमा छ । हुन त विश्व हतियार माफिया र तस्करहरु अमेरिका, रुस, चीन सबैमा त्यत्तिकै सक्रिय पनि छन् । यस्तै युद्ध  नभड्काई न अमेरिका टिक्न सक्छ, न रुस र चीन पनि । आर्थिक आम्दानीको ठूलो स्रोत नै यही हातहतियार तस्करी नै यिनीहरुको हो । वास्तवमा साम्राज्यवाद भनेकै युद्ध हो । यस्ता युद्ध नै साम्राज्यवादीहरुको प्राण वायु हो । हातहतियारको तस्करी र आतंकबाट यसैमा टिकेको छ । 


    भारत–पाकिस्तानबिचको यो युद्ध त्यति नयाँ र अहिलेको मात्र होइन । यी देशबिच पाँचौ पटकसम्म यस्ता युद्धहरु भइसकेका छन् । कारण धेरै छन् । त्यसमध्ये पहिलो कारण जम्मुकस्मिरको विषयमा बढी छ ।  वास्तवमा जम्मुकस्मिर एउटा स्वतन्त्र राष्ट्र थियो र हो । तर त्यसमा बढी आँखा लगाउने काम भारतबाट बढी भएको छ । सबैलाई थाहा भएकै कुरा हो भारत यो क्षेत्र अर्थात् दक्षिण एसियाका अरु मुलुकभन्दा ठूलो र बढी शक्तिशाली राष्ट्र छ । यही दम्भ र घमण्डका कारण उसले पटक–पटक अरु छिमेकी राष्ट्रहरुमाथि हस्तक्षेप र अतिक्रमण गर्दै आइरहेको छ । नेपाल, श्रीलंका, मालद्वीप अनि बंगलादेश आदि मुलुकहरुमा यो देखिंदै आएको छ । सिक्किमलाई त आफ्नै छुट्टै प्रान्त बनाई  नै सकेको छ । भुटानमा भारतीय सेना तैनाथ छ । परराष्ट्रनीति सबै भारत हुँदै आएको छ ।  त्यस्तै काम जम्मुकस्मिरमाथि पनि भारतले गर्दै आएको थियो र छ । त्यसमा बाधक पाकिस्तान हुने गरेको छ । जनसंख्या र भू–भागको हरहिसाबले जम्मुकस्मिर पाकिस्तान नजिक छ । मुस्लिम बाहुल्य क्षेत्र बढी भए पनि त्यसको शासक हिन्दु भएकाले धार्मिकताका नाममा भारतले  सिक्किमलाई जस्तै जम्मुकस्मिरलाई पनि आफ्नो छुट्टै परान्त भनी घोषणा गर्नु नै यो भारत–पाकिस्तानबिचको युद्धको मूल कारक तत्व हो ।  यस अर्थमा पाकिस्तानलाई पुरै आतंकवादी हो भन्न मिल्दैन जुन विल्ला भारतले लगाउँदै आएको छ । जहाँसम्म आतंककारीलाई पाल्ने काम त माथि भने जस्तै साम्राज्यवादको हो । त्यसमा केही सहयोग भारत–पाकिस्तान दुवैको छ । त्यसकारण यो अहिले भारत–पाकिस्तानबिचको द्वन्द्वमा कसैको पक्ष–विपक्षमा भन्दा तटस्तता, स्वतन्त्र र मध्यस्तता नै सही हो । 


    केही दिन पहिले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपालमा आई यो विषय अर्थात् भारत–पाकिस्तानबिचको द्वन्द्वलाई आफ्नो पक्षमा पार्न ठूलो कसरत गरे । प्रायः सबै दल नेताहरुसँग भेट गरी फर्के । निश्चय नै भारतले यसो गर्नु अन्यथा होइन । तर यसको पूर्ण समर्थन वा विरोध गर्नुपर्ने छैन । पाकिस्तान पनि हाम्रै छिमेकी सार्क सदस्य मुलुक नै हो । यसमा पूरै पक्ष वा पूरै विपक्षमा होइन, माथि भने जस्तै तथटस्तता र मध्यतता नै हो । नेपालले अहिले सार्क मुलुकको अध्यक्षता गरिरहेको छ । यसको नाताले पनि यी दुई देशबिच त्यस्तो मध्यस्तता गर्नु र गराउनु नेपालको दायित्व पनि हो । तर नेपालले अहिलेसम्म पनि त्यसप्रति ध्यान नै दिइरहेको छैन । उल्टै केही भारतीय दलालहरु सदनमा कुर्लदै पाकिस्तानी सेना अहिले नेपाल आएकोमा आपत्ति गरिरहेका छन् । जबकि भारतीय सत्ताधारी दलका नेता आउँदा फूलमालासहित स्वागत गर्ने तर पाकिस्तानी केही सेना जुन पूर्णवत निर्णयअनुसार सैनिक अभ्यासका लागि यहाँ आउँदा उनीहरुको टाउको  दुख्नुको कारण के हो ? भारतीय दलाल जसको सिता खाई उसको गला मिलाइप्रति त्यति ध्यान दिनुपर्ने छैन । तर यसप्रति भने नेपाल सरकार अत्यन्त सचेत र सावधानी हुनु जरुरी छ । क. माओले साम्राज्यवादलाई मापाको भन्नु भएको थियो । अर्थात् साम्राज्यवाद अति छट्टु, जाली र षड्यन्त्रकारी भएको, भन्ने एउटा गर्ने अर्काे स्वभावको हुन्छ  । ठीक यो भारतीय विस्तारवाद अर्थात् साम्राज्यवादप्रति पनि लागू हुन सक्छ । भारतले जे जे गर्छ अर्थात् यस्तै हमला र अतिक्रमणलाई समर्थन वा यसको विरोध केही नगरी मौन बस्दै जाने हो भने कुनै दिन आफैँमाथि यसैगरी आइलाग्दा के भन्ने र के होला ? हेक्का राख्नु पर्छ कि पर्दैन ? नेपाल सरकारले बुझोस् ।


    यसै प्रसंगमा केही दिन पहिले प्र.म. केपी ओलीले हाम्रो परराष्ट्र नीतिको चर्चा गर्दै नेपाल असंलग्न परराष्ट्र नीतिमा आधारित पञ्चशीलताको सिद्धान्तलाई अवलम्ब गर्दै आएको बताएका थिए । यसमा शंका गर्ने कुनै कारण छैन । तर यो अहिले भनेर मात्रैले पुग्दैन ।  सिद्धान्त र नीति भट्टाएर मात्रैले पुग्दैन । ठोसमा भन्नु र गर्नु पर्दछ । सार्क राष्ट्र प्रमुखको नाताले पनि यो भारत–पाकिस्तानबिचको द्वन्द्वको समाधानको लागि दुवै राष्ट्रहरुको मध्यस्तताका लागि सार्क बैठक नेपालले बोलाउनै पर्दछ । यसमा सकेसम्म सबैलाई उपस्थित गराउने प्रयत्न गर्नुपर्दछ । सम्भवतः भारत बाहेक अरु छिमेकी मुलुक यसमा उपस्थिति र सहभागी हुने निश्चित जस्तै छ । बेला आउँछ  पर्खदैन भने जस्तै अहिले नेपालका लागि यो ठूलो अवसर छ । यो राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वको विषय पनि छ । तर के गर्ने दुःखको कुरा ‘आफँै त महादेव लम्पसार अब कसले देला वरदान ।’ अर्थात् प्रम ओली सत्ताबाट बाहिरिने आज हो कि भोलि दिन गन्ती हुँदैछ, यसप्रति उनको ध्यान कसरी पुगोस् । त्यस्तै ने.का. सभापति देउवा फेरि प्रधानमन्त्री पद झर्ला र खाउँला पनि मुख मिठ्याउँदै बसेका छन् । अर्का नेता प्रचण्ड पनि त्यस्तै कहिले ओलीलाई झम्टी देउवालाई मख्ख पार्छन् भने कहिले लाजै नमानी ओलीलाई भेटी देउवालाई तर्साउन थालेका छन्  । यसरी यस्तै अन्तर्राष्ट्रिय आपसी द्वन्द्व त सवालहरुमा सबै चुप लागि घुमाई फिराई भारतीय शासकहरुलाई साथ दिने काम गरिरहेका छन् । तर भविष्यमा यस्तै समस्या नेपालमाथि पर्दा के गर्ने बल्ल बुझ्ने छन् । तर राष्ट्रघाती दलालहरुलाई देशको राष्ट्रियता, स्वाभिमान र स्वतन्त्रप्रति के माया ? लेण्डुपे बन्न पनि पछि पर्ने छैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij