२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्याउलीवाङलाई कृषि पर्यटनसँग जोड्दै नौबहिनी

स्याउलीवाङलाई कृषि पर्यटनसँग जोड्दै नौबहिनी

स्याउलीवाङलाई कृषि पर्यटनसँग जोड्दै नौबहिनी

स्याउलीवाङलाई कृषि पर्यटनसँग जोड्दै नौबहिनी

स्याउलीवाङलाई कृषि पर्यटनसँग जोड्दै नौबहिनी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
भुसाल प्यूठान जिल्ला संवाददाता हुन।
शुक्रवार, बैशाख २६ २०८२
शुक्रवार, बैशाख २६ २०८२
  • प्यूठान
    स्थानीय तहहरुले पर्यटकीय ठाउँलाई उत्पादनसँग जोड्ने प्रयास थालेका छन् । प्यूठानको नौबिहिनी गाउँपालिकाले स्याउलीवाङ क्षेत्रलाई कृषि पर्यटनको रूपमा विकास गर्न थालेको हो । 


    जिल्लाका स्वर्गद्वारी, गौमुखी, ऐरावती, झाँक्रीस्थानपछिको महत्वपूर्ण पर्यटकीय तिर्थस्थल नौबहिनीको काखमा रहेको स्याउलीवाङको उत्पादनले जिल्लाकै ध्यानकेन्द्रित गर्ने गर्दछ । नौबहिनी गाउँपालिका वडा नम्बर १ मा अवस्थित धार्मिक पर्यटकीय स्थल नौबहिनी झरना पनि स्याउलीवाङ गाउँको नजिकै रहेको छ । धार्मिक पर्यटकीय स्थल नौबहिनी र कोठिभिर आउने पर्यटकहरुलाई स्याउलिवाङको स्थानीय उत्पादनलाई कोसेली स्वरुप पर्यटकलाई बिक्री गर्ने योजना रहेको नौबहिनी गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापाले बताए  । कोदो, मकैको परिकार, रातोसाग, आलु, सिमीलगायतका स्थानीय उत्पादनको स्वाद चाख्ने व्यवस्था मिलाउँदै उक्त क्षेत्रको कृषिसँगै पर्यटन क्षेत्रको विकास गर्ने अध्यक्ष थापाको भनाइ छ । 


    पर्यटकीय दृष्टिकोणले स्याउलिवाङ क्षेत्र निकै सुन्दर ठाउँ मानिन्छ । यतिबेला बाहानेबाट स्याउलिवाङ जाने बाटो स्थरउन्नति भइरहेको हुँदा स्याउलीवाङ जाने पर्यटकहरुलाई थप सहज हुने उनले बताए । ‘खेलेसीवाङदेखि स्याउलीवाङसम्म पर्यटकहरुलाई पद यात्राको लागि गोरेटो बाटो निर्माण भएको छ,’ अध्यक्ष थापाले भने–‘सबैभन्दा बढी लगानी नौबहिनी र स्याउलिवाङमा भएको छ ।  कृषि पर्यटनको रुपमा विकास गर्न हामीले त्यस क्षेत्रलाई प्राथामिकतामा राखेका छौँ ।’
    पर्यटकीय स्थल नौबहिनीको नामबाटै गाउँपालिकाको नामाकरण समेत नौबहिनी राखिएको छ । रोल्पा र बाग्लुङ्ग जिल्लाको सिमानामा पर्ने यो क्षेत्रले पर्यटकहरुलाई पर्खिरहेको छ ।


    जिल्लाकै दुर्गम क्षेत्रमा अवस्थित नौबहिनीका विषयमा धेरै चर्चा गरेको पाइन्छ । नौबहिनीको किम्बदन्ती नै फरक छ । यस क्षेत्रमा नौबहिनीहरुसँगै बसेको भन्ने सुन्न सकिन्छ । नौबहिनी बस्नका लागि गुफा, खेत उत्पादनका लागि खेतका गहरा, नौबहिनी नुहाउने पँधेरो देख्न सकिन्छ । नौवटा बहिनी बसेको ठाउँ भएर यस ठाउँको नाम नौबहिनी राखिएको भन्ने किम्बदन्ती पाइन्छ । 


    नौबहिनी क्षेत्रभित्र रहेका धार्मिक तथा पर्यटकीय महत्व बोकेका सम्पदाको प्रवर्धनका लागि काम भइरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताए । मुख्य गरी नौबहिनी, खलेसीवाङ, कोठीभिर, स्याउलिवाङ, झुलेनी, त्रिकुटा मन्दिर, बाहुनपोले शिवमन्दिर र माक्रे मन्दिरलाई प्राथमिकतामा राखेको प्रमुख पौडेलले बताए । 


    ‘अहिलेसम्म पालिकाले पर्यटन क्षेत्रमा गरेको लगानीबाट आर्थिक रुपमा प्रतिफल आएको छैन,’ उनले भने–‘स्थानीय तहले कृषि पर्यटनलाई जोड्दै आर्थिक विकासमा टेवा पुग्नेगरी लगानी गर्नु पर्छ ।’ कुनै पनि जाति विशेषका ऐतिहासिक कुलघरहरुमा लगानी गर्न उचित नहुने उनले बताए । सबै ठाउँमा बजेट खर्च गर्नुभन्दा जिल्लास्तरको धार्मिक तथा पर्यटकीय स्थललाई अलि बढी महत्व दिने र स्थानीय तहले पालिकास्तरको एउटा ठाउँलाई मात्र राम्रो पर्यटकीय गन्तव्य बनाउनु पर्ने उनको भनाइ छ । 


    हालसम्म पालिकाले पर्यटन क्षेत्रमा करिब २ करोड बजेट लगानी गरेको समेत उनले जानकारी दिए ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij