२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विश्व प्रसिद्ध ट्रायम्फ बाइकको शोरुम बुटवलमा उद्घाटन

विश्व प्रसिद्ध ट्रायम्फ बाइकको शोरुम बुटवलमा उद्घाटन

विश्व प्रसिद्ध ट्रायम्फ बाइकको शोरुम बुटवलमा उद्घाटन

विश्व प्रसिद्ध ट्रायम्फ बाइकको शोरुम बुटवलमा उद्घाटन

विश्व प्रसिद्ध  ट्रायम्फ  बाइकको शोरुम बुटवलमा उद्घाटन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, बैशाख २६ २०८२
शुक्रवार, बैशाख २६ २०८२
  • बुटवल । ट्रायम्फ ब्राण्डको बाइकको विक्रि बुटवलबाट शुरु भएको छ । ट्रायम्फ नेपालले शुक्रबार बुटवलको कालिकानगरमा आधिकारिक डिलर बश्याल अटो कर्पको शोरुम उद्घाटनसंगै विक्रि वितरण शुरु गरेको हो । 
    शोरुमको उद्घाटन बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्यालले गरेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष अर्यालले लुम्बिनी प्रदेशकै आर्थिक केन्द्र बुटवलबाट विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फको डिलर सञ्चालनले मोटरसाइकल पारखीहरुलाई खरिद गर्न सहज हुने बताए । 
    ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले स्क्र्याबलर ४०० एक्स र स्पीड ४०० गरी दुई मोडेलका बाइकहरु इन्जिन, पिकअप र बीएचपीमा अन्य बाइक भन्दा बलिया, उत्कृष्ट इन्जिनियरिङ र सुरक्षित भएको बताए । 
    ६ गियरसहितको इन्जिन,३७.५ न्युटन मिटर टर्कसहित पिकअप क्षमता र ब्रेक हर्स पावर ३९ रहेकाले जस्तोसुकै सडकमा सहजरुपमा चलाउन सकिने थापाले बताए । बाइकमा इमोबिलाइजर यन्त्र जडान भएकाले कसैले चोरेर लैजान नसक्ने  थापाले बताए । स्क्र्याबलर ४०० एक्सको सिट हाइट ८३५ एमएम र  स्पीड ४०० को सिट हाइट ७९० एमएम रहेको उनले बताए । दुबै मोडेलका बाइकमा १३ लिटर पेट्रोल ट्यांकी रहेका छन् ।  स्क्र्याबलर ४०० एक्स चार रंगमा र स्पीड ४०० तीन रंगमा उपलब्ध रहेका छन् । शो रुम उद्घाटनको पहिलो दिनमै १५ वटा मोटरसाइकल विक्रि भई डेलिभरी भएसँगै स्थानीय ग्राहकको अत्यधिक उत्साह झल्किएको बश्याल अटोकोर्पका सञ्चालक आकर्षक बश्यालले बताए । 
    पहिलो दिनमै बाइक राइडरहरूले ट्रायम्फ बाइकलाई अत्यधीक रुचाएर सकारात्मक प्रतिक्रिया दिएपछि आफूहरु उत्साहित भएको उनले बताए ।  
    शोरुममा दक्ष जनशक्तिसहित सेल्स, सर्भिस र स्पेयर पाट्र्सको सहज उपलब्धताले अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा महसुस हुने उनले बताए । शोरुम उद्घाटनमा बश्याल अटो कर्पका अध्यक्ष गोपाल बस्याल,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बोल्दै विश्व प्रसिद्ध ब्राण्डको शोरुम बुटवलमा सञ्चालनमा आउनुले यहांको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए । बेलायतबाट शुरु भएको ट्रायम्फ बाइक पछिल्लो समय भारतबाट उत्पादन र पश्चिम नवलपरासीको भूमहीमा एसेम्बल भइरहेको छ ।    

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij