२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बस व्यवसायी र चालकलाई पहिलोपटक सवारी ऐनबारे प्रशिक्षण

बस व्यवसायी र चालकलाई पहिलोपटक सवारी ऐनबारे प्रशिक्षण

सार्वजनिक सवारी साधन गुडाएको प्रत्येक चार घण्टामा चालकले केही समय आराम गर्नुपर्ने र लामो दूरीका बसमा प्रत्येक ६ घण्टामा चालक परिवर्तन गर्नुपर्ने ऐनमा व्यवस्था भएपनि कार्यान्वयन नभएको सहन्यायाधिवक्ता सोमकान्ता भण्डारीले औंल्याए ।

लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, बैशाख २६ २०८२
शुक्रवार, बैशाख २६ २०८२
  • बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक र चालक–सहचालकहरुलाई सवारी ऐन, कानून र नियमावलीबारे प्रशिक्षण दिइएको छ । 
    ‘समुदायमा सरकारी वकील कार्यक्रम’ अन्तर्गत उच्च सरकारी वकील कार्यालय बुटवलले प्रालिकै सभा हलमा उनीहरुलाई सवारी ऐन तथा नियमावली सम्बन्धी जानकारी गराएको हो । 
    कार्यक्रममा सरकारी वकीलको संगठन र काम कारवाहीबारे उच्च सरकारी वकील कार्यालय बुटवलका सहन्यायाधिवक्ता सोमकान्ता भण्डारीले जानकारी गराएका थिए । 
    सवारी ऐन तथा नियमावली सम्बन्धी उप–न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले  जानकारी गराए । उनले सार्वजनिक सवारी साधन गुडाएको प्रत्येक चार घण्टामा चालकले केही समय आराम गर्नुपर्ने र लामो दूरीका बसमा प्रत्येक ६ घण्टामा चालक परिवर्तन गर्नुपर्ने ऐनमा व्यवस्था भएपनि कार्यान्वयन नभएको औंल्याए । 
     
    कार्यक्रमको उद्देश्य माथि सहायक न्यायाधिवक्ता बसन्तराज पोख्रेलले प्रकाश पारेको कार्यक्रममा प्रा.लि.का अध्यक्ष दधिराम खरेलले बदलिंदो समयसापेक्ष सवारी ऐन बन्नुपर्ने र भएका कानूनको सही ढंगले पालना हुनुपर्ने बताए । 
    प्रालिका दुर्घटना न्यूनीकरण  कार्यक्रम संयोजक नारायण प्रसाद घिमिरेले संस्थाले चालक,सहचालकलाई दुर्घटना न्यूनिकरण र असल व्यवहारसम्बन्धी नियमित प्रशिक्षण दिइरहेकोमा पहिलोपटक  सवारी ऐन, नियमावलीबारे प्रशिक्षण दिइएको बताए । प्रशिक्षण अभियान एकदमै प्रभावकारी भएको र दुर्घटना न्यूनिकरण भएको घिमिरेले बताए । 

    राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, लुम्विनी प्रदेशका प्रहरी निरीक्षक इश्वरी अधिकारीले ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण दिंदै अधिकांश दुर्घटनामा चालकको लापरवाही,तीब्र गति,सवारी साधनको यान्त्रिक गडबडी, सडकको अवस्था लगायत रहेको बताए । कार्यक्रममा उच्च सरकारी वकिल कार्यालय बुटवलका कम्प्युटर अधिकृत बुद्धिराम पराजुलीले समेत आफ्ना धारणा राखेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij