सुनवल । सुनवल–४, नवलपरासीस्थित विद्यालय सुनवल युनाइटेड अंगे्रजी आवासीय मा.वि मा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । शिविरमा सबै विद्यार्थी, अभिभावक र शिक्षक ६ सय ४२ जनाको आँखा, दाँत, नाक, कान, घाँटी र पेट सम्बन्धी रोगको चेकजांच गरिएको विद्यालयले जनाएको छ । रुपन्देही देवदह मेडिकल कलेजका चिकित्सक एव स्वास्थ्यकर्मीहरुको टोलिले स्वास्थ्य शिविरमा प्राविधिक सहयोग गरेको थियो । स्वास्थ्य शिविरको आयोजनाबाट विद्यार्थीहरुको आधारभूत स्वास्थ्य समस्या पहिचान गरी समयमै अभिभावकलाई अवगत गराउँदा भविश्यमा ठुलो स्वास्थ्य समस्या नआओस् भन्ने उद्देश्यले निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको विद्यालयका प्राचार्य धनराज चापागाईले बताए ।




