२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भ्रष्टाचारीलाई कारबाही गरेर विमानस्थल चलाउनु पर्छ : लिङदेन

भ्रष्टाचारीलाई कारबाही गरेर विमानस्थल चलाउनु पर्छ : लिङदेन

कमिशन खान र भ्रष्टाचार गर्नठूला योजना बन्ने गरेका आरोप लगाउँदै उनले व्यवस्थामा सुधार नगरेसम्म परिवर्तन नआउने बताए ।

भ्रष्टाचारीलाई कारबाही गरेर विमानस्थल चलाउनु पर्छ : लिङदेन

भ्रष्टाचारीलाई कारबाही गरेर विमानस्थल चलाउनु पर्छ : लिङदेन

कमिशन खान र भ्रष्टाचार गर्नठूला योजना बन्ने गरेका आरोप लगाउँदै उनले व्यवस्थामा सुधार नगरेसम्म परिवर्तन नआउने बताए ।

भ्रष्टाचारीलाई कारबाही गरेर विमानस्थल चलाउनु पर्छ : लिङदेन
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • भैरहवा ।   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले भ्रष्टाचारीलाई कारबाही गरेर भैरहवा र पोखराका विमानस्थल चलाउनु पर्ने बताएका छन् । 


    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले गरेको छलफलमा बोल्दै अध्यक्ष लिङदेनले उत्साह बाँडेर एयरपोर्टको योजना ल्याउने अनि ४१ अर्ब ऋणको भारी बोकाएको बताए । ‘नचल्ने एयरपोर्ट कसले बनायो ?’– प्रश्न गर्दै उनले भने–‘एयरपोर्ट पनि चल्नु पर्छ र तिनीहरुलाई कारबाही पनि हुनु पर्छ ।’  उद्घाटन भएको ३ वर्ष हँुदा पनि किन सञ्चालन आएन भन्ने कुराको उठानले नै छानबीन समिति बनेर अनियमितता र कसरी सञ्चालन गर्ने कुराको विषयमा काम हुने उनले जनाए । 


    सार्वजनिक लेखा समितिको सदस्य समेत रहेका लिङदेनले भैरहवा विमानस्थलको छानवीन उपसमिति संयोजक माथि नै प्रश्न उठेपछि नयाँ संयोजकबाट काम अघि बढ्ने बताए । व्यवसायिक योजना नै नबनाई ४१ अर्बको ऋणको भार लिएर विमानस्थल बनाउनुका पछाडि कमिशन खाने र भ्रष्टाचार गर्ने योजना लुकेको आरोप लगाए । ‘पैसा खानकै लागि योजना बनाएको हो यो सबैले बुझनुपर्छ, ठूलो योजना ल्याएपछि ठूलै कमिशन एकै चोटि खान मिल्छ, आवश्यकताभन्दा बढी खर्च गर्नुको कारण पनि खानकै लागि बनाइएको योजना हो,’ उनले आरोप लगाउँदै भने–‘त्यो गर्ने सबैलाई कारबाही हुनुपर्छ र विमानस्थल पूर्ण रुपमा चल्नु पर्छ ।’ 


    दुईवटा विमानस्थलको नाममा साह्रै ठूलो अंकको भ्रष्टाचार भएको उनले बताए । पोखरा र भैरहवामा बनेको विमानस्थलको प्रारम्भिक अध्ययनले भैरहवाको सञ्चालनमा आउन सक्ने तर प्राविधिक कारणले पोखरामा व्यवसायिक उडानको धेरै कम सम्भावना समेत रहेको उनले औंल्याए ।  

    lingden (2).JPG


    विमानस्थल बनाउनुभन्दा अगाडि नै सिमासँग नजिक भएकोले भारतसंग एअर रुटको स्वीकृत लिएर बनाउनु पर्नेमा कमि कमजोरि भएको उनको भनाइ छ । 


    चौतर्फ दबाब दिएर एयरर्पोट सञ्चालनमा आए पनि वैदेशिक रोजगारमा जानेले मात्रै यो विमानस्थल नचल्ने भन्दै उनले बौद्ध धर्मावलम्बी देशबाट ठूलो संख्यामा पर्यटक भित्राउने योजना बनाउनुपर्ने औंल्याए । लिङदेनले निजी क्षेत्र सबल भएमात्र अर्थतन्त्र सुदृढ हुने बताए । 


    उद्योग–व्यवसाय मैत्री वातावरण नभएको,  उद्योग–व्यवसाय दर्ता गर्न कमिशन दिनुपर्ने,  शेयर दिनुपर्ने  र कर तिर्न पनि घुस दिनुपर्ने अवस्था रहेको बताउँदै उनले निजी क्षेत्रलाई मजबुद नबनाए सम्म देश बलियो नहुने बताए । 


    उद्योगी व्यवसायीलाई सरकारले अभिभावकत्व दिन सक्नुपर्ने उनले बताए अहिलेको व्यवस्था र प्रणालीमा परिवर्तन नगरेसम्म अवस्थामा सुधार हुने कम सम्भवना रहेको उनले बताए ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij