२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

शालिग्राम महोत्सवको सन्देश

शालिग्राम महोत्सवको सन्देश

शालिग्राम महोत्सवको सन्देश

शालिग्राम महोत्सवको सन्देश

शालिग्राम महोत्सवको सन्देश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • कालीगण्डकी नदीमा मात्रै पाइने शालिग्रामको बारेमा प्रचारप्रसार गरी धार्मिक र पर्यटकीय प्रवर्धन गर्न रूरू क्षेत्रको रिडीमा शालिग्राम महोत्सव आयोजना हुनु सकारात्मक छ । शालिग्राम हिन्दु समुदायले पुज्ने प्रचलन छ । हिन्दु धर्मावलम्बीलाई कालीगण्डकी र रिडीमा आकर्षित गर्न शालिग्राम महोत्सव गरेर लुम्बिनी प्रदेश सरकारले धार्मिक पर्यटन प्रवर्धनको पहलकदमी लिएको छ ।


    गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगममा रहेको रूरूक्षेत्र हिन्दू धार्मिक ग्रन्थ बराह पुराणमा यस स्थानको पौराणिक इतिहासका बारेमा उल्लेख छ । नेपालमा रहेका हिन्दू धर्मावलम्बीहरूको चार वटा धार्मिक क्षेत्रहरूमध्ये रुरुक्षेत्र एक हो । अरु तीन बराह क्षेत्र, पशुपति क्षेत्र र मुक्ति क्षेत्र हुन् । नेपालका चार क्षेत्रमध्ये एक रूरू क्षेत्र पुग्दा शालिग्राम देख्न र पूजा गर्न समेत पाइने भएकोले यसको महत्व धेरै रहेको छ । शालिग्राम भगवान विष्णुको साक्षात प्रतीक मानिने भएकाले यसको पूजा विशेष रूपमा वैष्णव परम्परामा गरिन्छ । शालिग्राम बिना तुलसी विवाह, विष्णु पूजा, लक्ष्मी पूजा, र पितृकार्य अपूर्ण मानिन्छ । हिन्दू समाजमा शालिग्रामलाई घरमा राखेर दैनिक पूजा गर्ने चलन छ । यसको उपस्थितिले घरमा सकारात्मक ऊर्जा, समृद्धि र शान्ति ल्याउने विश्वास छ । धार्मिक दृष्टिकोणले शालिग्राम कुनै मूर्ति होइन, साक्षात शालिग्रामशिला हो । जसलाई बिना प्राणप्रतिष्ठा पनि पूज्न सकिन्छ ।


    महोत्सवमा १ हजार ८ शालिग्रामको पूजन, बिक्री वितरण, ऋषिकेशवको रथयात्रा, झाँकी ¥यालीलगायत भजनकिर्तन, कालीगण्डकीमा सन्ध्याकालीन आरती गर्ने कार्यक्रम भए । लुम्बिनी प्रदेश सरकार स्थापना पछि रूरू क्षेत्रको प्रचार प्रसार र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । बृहत रूरू क्षेत्र गुरुयोजना तयार गरेर पूर्वाधार विकासको काम अघि बढाइएको छ । यद्यपी रूरू क्षेत्र गुरुयोजनाको काम अपेक्षित रुपमा अघि बढेको छैन । पर्याप्त बजेटको अभावमा काम सुस्त छ ।
    रूरू क्षेत्रको धार्मिक तथा साँस्कृतिक महत्व भएकाले भारतसहित नेपालका विभिन्न स्थानबाट दर्शनार्थी यहाँ आउँछन् । अहिलेको संख्यालाई अझैँ बढाउन सकिन्छ । सोह्रौ शताब्दीका पाल्पाका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान ऋषिकेशवको मूर्ति फेला परेको र सोही मूर्तिलाई प्रतिस्थापन गरेको भन्ने भनाइ छ । यहाँ नुहाएर ऋषिकेशवको दर्शन गर्दा पून्य प्राप्त हुने विश्वास छ । हिन्दु समुदायमा कालीगण्डकी, शालिग्राम र ऋषिकेशवको महत्वका बारेमा प्रचार अझैँ बढाउन आवश्यक छ । शालिग्राम महोत्सव प्रचारको एउटा कडी हो ।


    अब रिडीमा शालिग्राम संग्रहालय बनाउनुपर्छ । जहाँ विभिन्न स्वरुपमा शालिग्राम देख्न पाइयोस् । ऐतिहासिक र साँस्कृतिक दृष्टिले महत्वपूर्ण रिडीमा भारतीय हिन्दु श्रद्धालुको आगमन बढाउन सके आर्थिक रुपमा पनि हामीले फाइदा लिनसक्छौं । त्यसका लागि गुरुयोजनाअनुसारको काम हुनुपर्छ । निरन्तर प्रचारप्रसार हुनुपर्छ । अहिले गरेको शालिग्राम महोत्सवले धेरै सिकाइ भएको हुनुपर्छ । यही सिकाइबाट फराकिलो बाटो बनाउँदै अघि बढ्नुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij