२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विवाह नगरी बसेका  महिला र पुरुषहरू सम्मानित

विवाह नगरी बसेका  महिला र पुरुषहरू सम्मानित

विवाह नगरी बसेका  महिला र पुरुषहरू सम्मानित

विवाह नगरी बसेका  महिला र पुरुषहरू सम्मानित

विवाह नगरी बसेका  महिला र पुरुषहरू सम्मानित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • पाल्पा  । 
    रिव्दीकोट गाउँपालिका वडा नंं १ ख्याहा  पाल्पाले  फरक फरक प्रकृतिका काम गरेर चर्चामा जोडिने गरेको छ । गाउँबाट गोरु पालन हराउदै गएको समयमा, गाउँ गाउँमा गोरु पालन अभियान, घर घरमा सालको टपरी निर्माण,  एक सन्तानमा सिमित भएका दम्पत्तीहरुलाई ३ वटा सन्ताउन जन्माउ, पुरस्कार पाऔ, घर बनाईदिन्छौ , जन्मघर फर्किआउ जस्ता फरक प्रकृतिका काम गर्दै आएको वडाले विवाह नगरी बसेका लाई सम्मान गरेको छ । वडा कार्यालयले वडा भित्रका एकल रुपमा बस्दै आएका १५ जना महिला तथा पुरुष लाई नगद ५ हजार रुपैयाले सम्मान गरेको छ  ।

    विवाह नगरी बसेका ३५ बर्ष भन्दा बढी उमेरका महिला र ४० बर्ष भन्दा माथिका पुरुषहरुको साथै  विवाह भई श्रीमान गुमाएका  ६० बर्ष भन्दा कम उमेरका एकल महिला र श्रीमती गुमाएका ७० बर्ष भन्दा कम उमेरका एकल पुरुषहरुलाई  पुरस्कृत गरेको वडा अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । 


     परिवारमा दाजु भाई नभएका तर विवाह नगरी वावा आमा संग बस्दै आएका एकल महिला, विवाह नगरेका पुरुष, श्रीमान तथा श्रीमती गुमाएका महिला तथा पुरुषहरु सम्मानित कार्यक्रममा नेपालमै नयाँ अभ्यास भएको वडावासीले बताएका छन ।


      श्रीमतीको १४ बर्ष अघि मृत्यु भयो, छोरा छोरीको हेरचाहको लागी दोस्रो विवाह गरिन, अहिले नत छोरा छोरीले हेरे, नत आफन्त र  सरकार हेरे, आज वडा कार्यालय बाट हामी जस्ता दुःख पाएका व्यक्तिहरु लाई नगद सहित सम्मान गरेकोमा खुसी लागेको वडा नंं १ ख्याहा जोगीथुमका  एकल पुरुष केशव कुमालले बताए । 


     एकल महिला पुरुष भने राज्यको कुनै पनि निति नियम तथा संरचनामा नपरेका एकल महिला तथा पुरषहरुलाई  रिव्दीकोट १ ख्याहा वडा कार्यालयले सम्मान गरेको हो । मेरा कुनै दाजुभाई छैनन, म बाबा आमा लाई पालेर बसेकी थिए ,बाबा आमाको मृत्यु पछी म एकल जिवन विताउदै आएकी छु । एकल रुपमा भएपनि समाजमा आफ्नो काम गरेर जिविकोपार्जन गरेकी छु ।सम्मान स्वरुप पाएको रकम  औषधी उपचारमा तथा आपत विपतमा  खर्च गर्ने  एकल महिला बन्दना सुनारले बताईन ।  


    वडा कार्यालय बाट गाउँमा बसेका जनता संग जोडिने काम भएका छन । राज्य बाट कहि कतैबाट सम्वोधनमा नपरेका हामी जस्ता एकल महिला पुरुष लाई सम्मान गरेर हौसल्ला बढाएको छ । एकल महिला तथा पुरुषको विषयमा राज्यको निति परिमार्जन गर्नुपर्ने हामीजस्ता एकल महिला पुरुषहरु लाई सो परिभाषमा समवेश गर्नुपर्ने  एकल महिला शारदा सुनारले बताईन । 


     स्थानीय सरकार घरदैलोको सरकार भएकोले  जनता संग प्रत्यक्ष जोडिने स साना कामहरुको सम्वोधन गर्नु नै मुख्य काम हो । 
    रिव्दीकोट ख्याहा वडा कार्यालयले जनता संग प्रत्यक्ष जोडिने, गाउँघरका परम्परा, आयआर्जन, संघ र प्रदेश सरकारबाट ध्यान नपुगेका कामहरु लाई प्राथमिकता दिएर काम गरेकोमा वडाबासीले घरदैलोमै सरकार रहेको महशुस गरेका छन । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij