२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिलोत्तमामा स्केट खेलाडीका लागि सामुदायिक पुस्ताकालय

तिलोत्तमामा स्केट खेलाडीका लागि सामुदायिक पुस्ताकालय

तिलोत्तमामा स्केट खेलाडीका लागि सामुदायिक पुस्ताकालय

तिलोत्तमामा स्केट खेलाडीका लागि सामुदायिक पुस्ताकालय

तिलोत्तमामा स्केट खेलाडीका लागि सामुदायिक पुस्ताकालय
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • बुटवल । रूपन्देहीको तिलोत्तमास्थित स्केट एड नेपाल सामुदायिक पुस्ताकालय भवनको शनिबार उद्घाटन गरिएको छ । पुस्तकालयको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले एक समरोहकाबिच उद्घाटन गरेका हुन । स्केट एड नेपालले तिलोत्तमा नगरपालिका वडा नं. ४ डिङगरनगरमा स्केट खेलाडीहरुलाई मध्यनजर गरी पुस्तकालय निर्माण गरेको हो । सामुदायिक पुस्तकालय भवन उद्घाटन गर्दै नगरप्रमुख खाँणले स्केट एड पार्कले तिलोत्तमाको पहिचान गराउने विश्वास व्यक्त गरे । 
    उनले स्केट एड साहसी खेलका रुपमा विश्वमा परिचित रहेको बताउँदै सामुदायिक पुस्तकालयले खेलाडीहरुलाई थप अनुशासित बनाउने बताए । नगरप्रमुख खाँणले तिलोत्तमाको नदी उकासमा बनाइएको स्केटपार्क र सामुदायिक पुस्तकालय भवनको विकासमा लागि स्थानीय सरकारका रुपमा आफूहरु साथमा रहेको जनाए । 


    यस्तै संविधानसभा सदस्य विनोद पहाडीले स्केट पार्क मार्फत तिलोत्तमाले नयाँ पहिचान बनाउन सक्ने बताउँदै अन्र्तराष्ट्रियस्तरमा समेत चिनाउने गरी पूर्वाधार बनाउनुपर्नेमा जोेड दिए । उनले स्केट पार्क बनेसँगै रुपन्देहीको तिलोत्तमा र बुटवल क्षेत्रका खेलाडीहरु अन्तर्राष्ट्रियस्तरको खेलमैदानमा पुगेको बताउँदै सबैको साथ सहयोग गर्नुपर्नेमा जोड दिए । 


    यस्तै सामुदायिक पुस्तकालयको भवन उद्घाटनमा स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले दक्षिण एसियालीमै नमूना स्केट पार्क बनाउने उदेश्य अनुसार दोस्रो चरणमा सामुदायिक पुस्ताकालय भवन बनाइएको बताए । उनले स्केटपार्क र सामुदायिक पुस्तकालय भवन बनाउन स्थानीय सरकार, वडा कार्यालय सहित स्थानीय समुदायको सहयोप्रती आभार व्यक्त गरे । 


    जापानीज स्केटर तथा युटुबर सिमन ईवाजावाले पुस्तकालयय बनाउन आर्थिक सहयोग जुटाउन अभियान चलाएका थिए । पुस्तकालयले बालबालिकाहरूलाई खेलसँगै अतिरिक्त ज्ञानवृद्धिमा सहयोग गर्ने विश्वास लिइएको छ । 


    पुस्ताकालयमा विश्वभरका खेल र अन्य ज्ञानसँग सम्बन्धित पु्स्तक तथा  पार्कमा स्केटका लागि आएका बालबालिकाहरूले इन्टरनेट समेत चलाउन पाईनेछ । 


    उद्घाटनका अवसरमा तिलोत्तमा नगरपालिका वडा न. ४ का पूर्व अध्यक्ष दीवाकार ढकाल, वडासदस्य मित्रलाल न्यौपाने, जपानीज यूटुबर सिमन इवाजावा, गौरव आचार्यले बोल्दै पुस्तकालयले खेलाडीहरुलाई ज्ञानवृद्धिमा ठूलो टेवा पुग्ने बताए । 


    स्केट पार्कमा हाल ४० जना बालबालिकाहरूले निशुल्क स्केटको सेवा लिइरहेका छन् । २०१९ देखि तिलोत्तमा स्थित स्केट पार्कमा स्केटबोर्डका निशुल्क प्रशिक्षण तथा विभिन्न प्रतियोगिता हुँदै आएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij