२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नगरप्रमुख अर्यालद्वारा पत्रकारलाई झोले भन्दै आपत्तिजनक टिप्पणी

नगरप्रमुख अर्यालद्वारा पत्रकारलाई झोले भन्दै आपत्तिजनक टिप्पणी

नगरप्रमुख अर्यालद्वारा पत्रकारलाई झोले भन्दै आपत्तिजनक टिप्पणी

नगरप्रमुख अर्यालद्वारा पत्रकारलाई झोले भन्दै आपत्तिजनक टिप्पणी

नगरप्रमुख अर्यालद्वारा पत्रकारलाई झोले भन्दै आपत्तिजनक टिप्पणी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • परासी  । सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालले सामाजिक संजालमा पत्रकारहरूलाई “झोले पत्रकार” भनेर गरेको टिप्पणीप्रति नवलपरासीका पत्रकारहरुले आपत्ति जनाएका छन।नगर प्रमुख अर्यालले सामाजिक संजालमा एक टिप्पणी दिदै पत्रकारलाई झोले पत्रकार आरोप लगाएकी छन । 

    नगर प्रमुख जस्तो सार्वजनिक पदको गरिमा विपरीत र प्रेस स्वतन्त्रतामाथिको तटस्थताको आधारमा प्रश्न उठाउने र समाचार लख्ने पत्रकारहरूलाई “पार्टीगत झोला बोकेका” जस्ता आरोप लगाउँदै प्रमुखले जिम्मेवारीबाट पन्छिन खोजेको नवलपरासीका स्थानीय सञ्चारकर्मीहरूको भनाइ छ।

    नेपाल पत्रकार महासघ नवलपरासीका पुर्व अध्यक्ष हरि शर्माले भने जनताको करबाट निर्वाचित जिम्मेवार व्यक्तिले पत्रकारप्रति यस्तो अवहेलना जनाउनु लोकतन्त्रको मर्ममाथि प्रहार हो। प्रमुखको टिप्पणी आपत्तिजनक र खेदजनक छ।

    प्रेस चौतारी नवलपरासीका अध्यक्ष गौरीशंकर जैसवाल भने प्रमुखसँग सार्वजनिक माफी माग्न र भविष्यमा यस्ता व्यवहार नगर्ने लिखित प्रतिबद्धता जनाउन माग गरेको छ।जैसवालले भने प्रेस स्वतन्त्रता माथि नाङ्गो हस्तपेक्ष हुने खालको गातिविधि सह्य नहुने भएकोले यस्ता गतिविधि बन्द गर्न सम्बन्धि निकायको ध्यानाकर्षण गराउँदछौ।

    यता  नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव  पराजुली,प्रेस यूनियन ,अध्यक्ष उमेश बि क र प्रेस सेन्टर नवलपरासीकी अध्यक्ष बिष्णु खनाले एक प्रेस बिज्ञप्ती जारी गदै नगर प्रमुख जस्तो सार्वजनिक पदको गरिमा विपरीत र प्रेस स्वतन्त्रतामाथिको तटस्थताको आधारमा प्रश्न उठाउने र समाचार लख्ने पत्रकारहरूलाई “पार्टीगत झोला बोकेको भन्दै ध्यानाकर्षण  भएको जनाएको छ । उनीहरूले यस्तो गरिमय पदियमा बस्ने यस्तो तुछ व्यहार देखाउने प्रेस स्वतन्त्रता नाङ्गो हस्तपेक्ष भएको बिज्ञप्ती भनिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij