२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

‘मदरसालाई मूलप्रवाहमा ल्याउनमा प्रयासरत’

‘मदरसालाई मूलप्रवाहमा ल्याउनमा प्रयासरत’

‘मदरसालाई मूलप्रवाहमा ल्याउनमा प्रयासरत’

‘मदरसालाई मूलप्रवाहमा ल्याउनमा प्रयासरत’

‘मदरसालाई मूलप्रवाहमा ल्याउनमा प्रयासरत’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • भैरहवा 
    लुम्बिनी प्रदेश सरकारले धार्मिक शिक्षालाई पछाडि पारिएकोले मुलप्रवाहीकरणमा ल्याउनेमा प्रयासरत रहेको बताएका छन् । 
    सामाजिक विकास मन्त्रालयको आयोजना तथा प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन समन्वय समिति लुम्बिनी प्रदेशको समन्वयमा भैरहवामा आयोजित मदरसा शिक्षाको विकास तथा मूलप्रवाहीकरणका लागि सरोकारवालाहरुसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले गुणस्तरीय शिक्षालाई सरकारले प्राथमिकतामा राखेर काम गर्दै आएको बताए ।


    नेपालमा १ हजार १ सय ७७ वटा धार्मिक विद्यालय रहेकोमा लुम्बिनीमा सबैभन्दा बढी ५१० वटा र रुपन्देहीमा मात्रै १३५ वटा विद्यालय सूचिकृत रहेको बताउँदै ति विद्यालय राज्य पक्षको कमजोरि, अर्थतन्त्रको कारण सोंचे अनुरुपको रुपान्तरण गर्न नसकेको बताए । संविधानको व्यवस्था अनुसार सबै शिक्षाको पहुँचमा हुनुपर्ने हँुदा मदरसा शिक्षालाई प्रविधिको प्रयोग गरी आधुनिक शिक्षामा रुपान्तरण गर्नुपर्नेमा जोड दिए । 


    राज्यले क्षमताअनुसार मूलप्रवाहमा ल्याउनमा प्रयासरत रहेको छ, यसमा तिनै तहको सरकारको सहकार्य जरुरी समेत रहेको उनले बताए ।  मदरसा शिक्षाको विकास, विस्तार र गुणस्तरीयतामा जोड दिँदै मन्त्री तिमिल्सिनाले आधुनिक शिक्षासँग जोड्दा बालबालिकाको पठनपाठन थप प्रभावकारी हुने जनाए । उनले गुणस्तरीय शिक्षालाई सरकारले प्राथमिकतामा राखेर काम गर्दै आएको बताए ।


    सामूहिक सोंच र सामूहिक धारणाका साथ अगाडि बढेर पछाडि परेका समुदायलाई शैक्षिक क्षेत्रमा अघि बढाउन मन्त्रालयले काम गरिरहेको उनले जनाए । ‘पछाडि परेका समुदायका बालबालिकालाई विद्यालयसम्म पु¥याउने, गुणस्तरीया शिक्षा प्रदान गर्ने र सक्षम बनाउने काम राज्यको हो’, उनले भने–‘यसैले हामीले मदरसा शिक्षाको स्तरीयकरण गर्न काम गरिरहेका छौं ।’


    उनले लैंगिक समानता र हकहीतका लागि शैक्षिक सुधार आवश्यक भएको जनाए । मुस्लिम समुदायका महिलाहरुको समानता र हकहीतमा विशेष ध्यान दिइएको उनको भनाइ छ । उनले शिक्षा क्षेत्रमा मुस्लिम समुदायका पछाडि पारिएका र पठनपाठनबाट वञ्चित भएकाहरुलाई मूलप्रवाहीकरणका ल्याउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने जनाए । उनले प्रदेश सरकारले मदरसा शिक्षाको विकासका लागि मदरसा बोर्ड गठन गरी काम गरिरहेको बताए ।


    शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त निर्देशक नारायणप्रसाद पोखरेलले मदरसा शिक्षाको विकास, ऐन कानून निर्माण, गुणस्तर सुधारलगायतका विषयमा केन्द्रित रहेर कार्यक्रम आयोजना गरिएको बताए । उनले अझैँसम्म पनि मदरसाहरु शिक्षाको मूलप्रवाहीकरणमा आउन नसकेको जनाउँदै नीतिगत सुधार गरेर भए पनि समेट्नुपर्नेमा जोड दिए । उनले मदरसा शिक्षालाई प्रभावकारी बनाउन जनशक्ति विकास गर्न जरुरी रहेको बताए ।


    कार्यक्रममा मदरसा बोर्ड लुम्बिनी प्रदेशका उपाध्यक्ष नक्की खान, संविधानसभा सदस्य जन्नतुननिसा, मन्त्रालयको महाशाखा प्रमुख शारदा बस्याल बेल्बासेले मदरसा शिक्षालाई थप प्रभावकारी बनाउँदा विद्यालय बाहिर रहेका मुस्लिम समुदायका बालबालिका शिक्षाको पहुँचमा आउने जनाए । 


    यसका लागि मन्त्रालयले योजनाबद्ध काम गर्नुपर्नेमा उनीहरुको जोड छ । कार्यक्रममा रुपन्देही, पश्चिम नवलपरासी र गुल्मीका मदरसा शिक्षाका अगुवा तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।  कार्यक्रममा सहभागीहरुले दिएको सुझावलाई नीति तथा कार्यक्रममा लैजाने र केही समस्याहरु समाधान गर्ने योजना प्रदेश सरकारको छ । 


    मुस्लिम समुदायका बालबालिकाको शिक्षा पाउने अधिकारको सुनिश्चितता, स्थापित मदरसाहरूलाई आवश्यकताअनुसार समन्वय, सहजीकरण र सहकार्यका लागि मदरसा शिक्षा व्यवस्थापन समन्वय समिति गठन गरिएको छ ।


    २ वर्षे कार्याकाल रहेको समितिमा सामाजिक विकासमन्त्री अध्यक्ष हुने व्यवस्था छ । प्रतिष्ठित मुस्लिम व्यक्तिहरूमध्येबाट प्रदेश सरकारले एक जनालाई उपाध्यक्ष मनोनीत गर्ने गर्दछ जस अनुसार मोहम्मद नक्की खाँ भएका थिए । त्यस्तै गरी आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, प्रदेश योजना आयोगका सदस्य, सामाजिक विकास समितिका सचिव, मदरसा शिक्षा सञ्चालन गर्ने स्थानीय तहबाट मदरसा शिक्षामा योगदान पु¥याएका दुई महिलासहित सामाजिक विकास मन्त्रालयले पाँच जना सदस्य रहेको समति छ भने सदस्य सचिवमा शिक्षा विकास निर्देशनालयका निर्देशक रहने व्यवस्था  छ ।

     
    मुस्लिम समुदायका बालबालिकाको शिक्षा पाउने अधिकारको सुनिश्चितताको लागि वैकल्पिक माध्यमका रूपमा स्थापित मदरसाहरूको शिक्षामा मूल प्रवाहीकरणका लागि आवश्यक समन्वय, सहकार्य र सहजीकरण गर्ने र मुस्लिम समुदायको धार्मिक तथा परम्परागत शिक्षामा बालबालिकाको पहुँच सुनिश्चितता गरी समयानुकूलको गुणस्तरीय शिक्षा विकासमा टेवा पुर्याउने उक्त समितिको उद्देश्य रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij