२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी गुरुयोजना छिटो पूरा गर

लुम्बिनी गुरुयोजना छिटो पूरा गर

लुम्बिनी गुरुयोजना छिटो पूरा गर

लुम्बिनी गुरुयोजना छिटो पूरा गर

लुम्बिनी गुरुयोजना छिटो पूरा गर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • लुम्बिनीको योजनाबद्ध विकासको सुरुवात भएको ४७ वर्ष भयो । जापानी वास्तुविद् केञ्जो टांगेले १७ वर्षमा पूरा गर्ने गरी ४७ वर्षअघि बनाएको गुरुयोजना अझैँ पूरा नहुनु लुम्बिनीप्रति बेवास्ता हो । संयुक्त राष्ट्रसंघको पहलमा २०३५ सालमा जापानी वास्तुविद् प्रा. केन्जो टांगेले बौद्ध तीर्थस्थल र पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने परिकल्पना गर्दै लुम्बिनी विकास गुरुयोजना बनाएका थिए । यो गुरुयोजनाका काम १७ वर्षमा अर्थात् सन् १९९५ मा सम्पन्न भइसक्नुपर्ने किटान गरिएको थियो ।


    गुरुयोजना सुरु हुँदायता बारम्बार सरकार फेरिए, त्यतिमात्रै होइन्, व्यवस्था नै फेरिए । पञ्चायती व्यवस्था थियो, गुरुयोजना सुरु हुँदा । अहिले लोकतान्त्रिक गणतन्त्र छ । पञ्चायत ढल्यो, संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्था आयो । त्यो पनि टिकेन्, ढल्यो । गणतन्त्र आयो, संविधान बन्यो । संघीय लोकतान्त्रिक गणतन्त्र विधिवत रूपमा स्थापित भयो । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पूर्वाधार विकासको बलियो जग बसेको छ । पूर्वाधार विकासले फड्को मारिरहेको बेला लुम्बिनी गुरुयोजना अझैँ ३० प्रतिशत बाँकी रहनुले ‘माल पाएर चाल नपाएको’ बुझ्नुपर्छ । 


    लुम्बिनीको विकासले फड्को मार्दा यो क्षेत्रले मात्रै लाभ पाउने नभई राष्ट्रिय लाभसँग जोडिन्छ । संसारभका बौद्धमार्गीलाई यहाँ आउने वातावरण बनाउन सक्दा मुलुकले पर्यटन प्रवर्धनबाट लाभ पाउनसक्छ । आज संसारभरका बौद्धमार्गीका लागि जीवनमा एकपल्ट लुम्बिनी आउन पाउनु उनीहरुका लागि गौरवको विषय हो । ती बौद्धमार्गीसहितका पर्यटकलाई आकर्षित गर्न लुम्बिनी गुरुयोजना पूरा गर्न अब ढिलाइ हुनुहुन्न । लुम्बिनीको पर्यटन प्रवर्धनका लागि सरकारले भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको छ । यो विमानस्थलले उडानका लागि व्यग्र प्रतिक्षा गरिरहेको छ । भैरहवा–लुम्बिनी सडक पनि चार लेनको तयार भएको छ । त्यसो त पछिल्लो दुई दशक गुरुयोजनाका केही महत्वपूर्ण काम भए । सरकारले अहिले जति काम गरेको छ, त्यो अझैँ बढाउनुपर्छ भन्ने हो ।


    लुम्बिनी विकासका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्ने एउटा पक्ष हो, अर्कोतिर लुम्बिनी विकास कोषको काम गर्ने शैली नबदलिनु अर्को समस्या हो । पर्याप्त बजेट विनियोजन गरेको बेला कोषको काम गर्ने क्षमता विस्तार नभएको देखिन्छ । संसदले लुम्बिनी गुरुयोजना पूरा गर्नका लागि संकल्प प्रस्ताव पारित गरेको पनि एक दशक बितिसक्यो । संसदले संकल्प प्रस्ताव पारित गरेको विषयमा सरकारले पर्याप्त बजेट विनियोजन गर्न कञ्जुस्याँई गर्न हुन्न ।

    लुम्बिनीको विकासका लागि एकमत भएको बेला बजेट विनियोजन गरी अघि बढ्नुपर्छ । लुम्बिनी गुरुयोजना पूरा हुनुभनेको नतिजामुखी र प्रतिफलमुखी आयोजना हो । नतिजाविहीन विभिन्न क्षेत्रमा भइरहेको खर्चलाई नियन्त्रण गरी लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारले प्राथमिकता दिनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij