२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चोरमाराको पुल पनि भाँचियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्द

चोरमाराको पुल पनि भाँचियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्द

चोरमाराको पुल पनि भाँचियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्द

चोरमाराको पुल पनि भाँचियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्द

चोरमाराको पुल पनि भाँचियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्द
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२

  • नवलपुर । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको चोरमारा रहेको गिरुवारी खोलाको पुल भाँचिएको छ । पुल भाँचिएपछि पुर्व पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।


    घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालका अनुसार पुल केही भासिएकोले भर्मत नगरी यहि पुलबाट गाडी चलाउन सक्ने अवस्था छैन ।


    डाईभरसनको प्रयास भईरहेको तर भोलि बिहानसम्म डाईभर्सनको सम्भावना नरहेको उनले बताए । पुल भाँचिएको ठाउँमा तत्काल डाईभर्सन गर्ने ठाउँ नभएको र नयाँ पुल पनि नबनेकाले लामो समय यातायात अवरुद्ध हुनसक्ने देखिएको छ ।


    पुलमा म.प्र.०३-००१ क ३१६३ नं.को (१८ चक्के टेलर) किलिङ्गर (कच्चा पदार्थ) बोकी होङ्सी सिमेन्ट कम्पनीबाट बिरगंजतर्फ जादै गरेको टेलर पुलमा हिदै गर्दा पुल भासिए पछि यातायात अवरुद्ध भएको हो।


    झन्डै तीन वर्षअघि पनि सोही पुलमा प्वाल परेको थियो। हाल पुनः समस्या देखिएपछि यात्रुहरू अलपत्र परेका छन् भने सवारी साधनलाई आवागमनमा थप समस्या भएको छ।
    पुल कमजोर बन्दै गएपछि जोखिम कम गर्न डाईभर्सनमार्फत यातायातलाई एकतर्फी बनाउने प्रयास भईरहे पनि तत्काल सम्भव नरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका पमुख, प्रहरी निरीक्षक जनक बन्जराले बताए ।


    प्रहरीले यात्रु र चालकलाई सजग रहन आग्रह गरेको छ। पुल पूर्ण रूपमा बन्द भएपछि अन्य कुनै वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । स्थानीयले पुलको तत्काल मर्मत आवश्यक रहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएका थिए।


    गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासस्थित बिनयी खोलाको पुल पनि भाँचिएको थियो । पुल भाँचिएपछि बनाइएको डाईभर्सन पनि दुई पटकसम्म खोलाले बगाउँदा यातायात आवागमनमा समस्या भएको थियो ।


    यसअघि नवलपुरको गैँडाकोटको जय श्री पूल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला पुल भाँचिएका थिए । जीर्ण अवस्थामा रहेका यि पुलहरु विगत १० बर्षदेखि मर्मत गर्दै सञ्चालन गर्दै आइरहेको छ ।


    नारायणघाट– बुटवल सडक विस्तारपछि नयाँ पुल बन्ने कारण देखाउँदै अहिले पुरानै पुलबाट सवारी साधनहरु सञ्चालन गर्ने गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij