२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आशा जगाउने काम

आशा जगाउने काम

आशा जगाउने काम

आशा जगाउने काम

आशा जगाउने काम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • मुलुक आर्थिक संकट चुलिएपछि सरकारले चालेका कदमले मुलुकमा सकारात्मक नतिजा आइरहेका छन् । ती नतिजाले  आशा जगाउने काम गरेका छन् ।  अहिले सुधारको लागि चालेका कदम सही दिशातिर अघि बढेका छन्, त्यसलाई सकारात्मक मान्नुपर्छ ।


    गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राजस्व केही वृद्धि भएको छ । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा ६४ प्रतिशत राजस्व संकलन भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ प्रतिशतको वृद्धि हो । विदेशी मुद्राको सञ्चिति पछिल्लो एक वर्षदेखि निरन्तर बढ्दो छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालको विदेशी मुद्रा सञ्चितिमा अमेरिकी डलर अत्यधिक बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, चालु आर्थिक वर्षको ९ महिनामा विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भई चैत मसान्तमा २४ खर्ब २६ अर्ब ८४ करोड बराबर पुगेको छ । अहिले नेपालमा रहेको विदेशी मुद्राले साढे १७ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात धान्ने अवस्था छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा चालु खाता २१० अर्ब २२ करोडले बचतमा छ ।

    अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १७९ अर्ब ८३ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५५ करोडले बचतमा छ । अहिले बैंकहरूमा तरलता वृद्धि भएको, व्याजदर घटेको र लगानी वृद्धि हुन थालेको छ । बैंकिङ प्रणालीमा करिब ६ खर्ब बढीको तरलता लगानी योग्य रहे पनि लगानी हुन सकेको छैन ।   राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिनामा कुल आन्तरिक कर्जा २ दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १ दशमलव ८ प्रतिशतले बढेको थियो ।  काम गरेको आयोजनाको भुक्तानी नपाएको भन्दै सडक आन्दोलन गरेका निर्माण व्यवसायीहरू अहिले सरकारले भुक्तानी दिएको भन्दै खुशी भएका छन् । गत आर्थिक वर्ष २८ अर्ब भुक्तानी बाँकी रहेकोमा चालु आबमा अधिकांश भुक्तानी भइसकेको छ ।


    मुलुकमा निराशाको खेती छ । केही भएन्, अब केही हुँदैन, मुलुक ओरालो लाग्यो भन्ने भाष्य निर्माण गर्दा समाज झनै निराश भएको छ । समाजलाई आशा जगाउने सरकार, राजनैतिक दल, चेतनशील नागरिक समाज र सञ्चारमाध्यमले हो । अर्थतन्त्रका सूचकमा आएको सुधारले आशा जगाएको छ । अब निराशालाई चिर्दै अघि बढ्नुपर्छ । अर्थतन्त्रमा आएको सुधार केपी ओली नेतृत्वको सरकारले लिएको सही नीतिका कारण हो भन्ने बुझ्नुपर्छ । केही हुँदैछ, आशा गरौँ । मुलुकको समृद्धिका लागि आन्तरिक उत्पादन बढाउनुपर्नेछ, रोजगारी श्रृजना ठूलो संख्यामा गर्नुपर्नेछ । त्यो दिशामा बढ्ने गरी आगामी आबको बजेट आउने प्रतीक्षा गरौँ । मुलुक संकटको खाडलबाट माथि निस्केको छ । अब तीब्र आर्थिक वृद्धिको बाटोमा बढ्ने आधार तय भएको छ । यो मुलुकको समृद्धिको लागि सुखद पक्ष हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij