१.१ नेपाली राजनीतिको अस्थिर खेलबाट वाक्क–दिक्क भएर नेपाली जनता यसरी गुनासो गर्दै तिजी लयभाकामा र लोक लयभाकामा गुनासो गर्न बाध्य छन् ।
१.२ छायाँ दियो माया दियो पिपलको छायाँले
खोइ त मलाई के दियो तिम्रो मायाले ?
खान दियो सिँचाइ ग¥यो गाउँकै ढुङ्गेधाराले
खोइ त मलाई के दियो तिम्रो धाराले ?
कस्ता रैछन् ? तिम्रा धारा घारा भन्दा नालायक
संविधानको धाराभन्दा घारा लायक ।
कलम थेन पहिले पहिले बाँसले लेख्थे आखर
छिः छिः तिम्ले किन गिद्धे आखर ।
स्थिर छैन राज्य भयो सधैँ अस्थिर
दिन दिनै दिलभित्र बढ्दैछ झन् पिर
विदेशतिर टोपी पाल्दा यहाँ धोती फाल्दछन्
बुङ्गै भा’को पतो छैन शिलोक हाल्दछन्
विकास र सुशासनको शिलोक कति सुन्ने हो ?
सधैंभरि इन्द्रजाल कति बुन्ने हो ?
पराइकै इशारामा चल्ने हिंड्ने बानीले
हैरान पारे विदेशीको कलो खानेले
धाराभन्दा घारा बरु माया लाग्ने भइसक्यो
अस्मिता र अस्तित्व त कता गइसक्यो ?
३.सुुन्दर देश निर्माण गर्ने भनेर, समृद्ध देश र समतामूलक समाज निर्माण गर्ने भनेर अनि जनतालाई अधिकार सम्पन्न बनाउने भनेर पटक–पटक आम्दोलन गरियो । सुपतहरुले आफ्नो प्यारो शरीरको दान दिए ।
४. त्यसैबाट प्राप्त मिठो फल डकारिरहेछन् । हामीले खाएको आटोपिठो ढिंडोमा पनि उनीहरुको सुवास छ । तर त्यस खाले प्राण स“ुघन सक्ने शक्ति चोट्टा नेतामा रहेको पाइँदैन ।
५.आफ्नो र आफ्नाको हित भलो भए सम्पूर्ण चोट्टा महोदयको ध्यान गयो ।
६.राज्य सञ्चालन गर्ने समग्र प्रक्रियालाई राजनीति भनिन्छ । राजनीति गर्नेहरु क्रमशः नेता, कार्यकर्ता, जनप्रतिनिधिहरुलाई (प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायक मन्त्री) भनिन्छ । सांसद पनि यसैभित्र पर्छन् ।
७. प्रधानमन्त्रीदेखि पियनसम्मलाई कर्मचारी भनिन्छ ।
८. कर्मचारीले आफूलाई कर्मचारी मात्र भनेको रुचाउन्न । त्यही भएर राष्ट्रसेवक कर्मचारी उनीहरुलाई भन्ने गरिन्छ ।
९. कर्मचारी सञ्जालभित्र पनि निजामती जंगी, सुरक्षाजस्ता निकाय छन् ।
१०.कर्मचारी सञ्जाललाई स्थायी सरकार भनिन्छ ।
११.जनप्रतिनिधि सञ्जाल निर्वाचिन सञ्जाल हो । नीति निरुपणको अध्यक्षता जनप्रतिनिधिले गरेका हुन्छन् र कर्मचारी सञ्जालले आफूलाई विशेषज्ञको हैसियतमा प्रस्तुत हुँदै भूमिका निर्वाह गर्दछन् ।
१२.हाम्रोे देशमा २००४ सालमा राणा प्रधानमन्त्री पद्म शमशेरले जनतामा छारो हाल्नकै लागि भए पनि एउटा संविधान जारी गरे । २००७ सालको परिवर्तनपछि अन्तरिम कालमा राजा त्रिभुवनबाट जारी अन्तरिम संविधान, २०१५ सालमा महेन्द्रबाट बाट जारी भएको नेपालको संविधान, संसदीय व्यवस्थाको अन्त्यपछि २०१९ सालमा, राजा महेन्द्रले जारी गरेको संविधान, २०४६ सालको परिवर्तनपछि २०४७ सालमा राजा वीरेन्द्रले जारी गरेको संविधान, २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनपछि जारी अन्तरिम संविधान, अनि २०७२ सालमा आश्विन ३ गते संविधान सभाले निर्माण गरी जारी गरिएको संविधान हुन् ।
१३.यसरी नै १९१० मा जंगबहादुरद्वारा जारी भएको नेपालको नयाँ मुलुकी ऐन नेपालको पहिलो कानून हो ।
१४.संविधान र ऐन त नेपालमा कति जारी भए भए, गनिसाध्य छैन, भनिसाध्य छैन । नभएको त सुप्रशासन, सुव्यवस्था, विकास समृद्धि र निकास हो ।
१५.शासकहरुमध्ये राणा गए, शाह गए, इतिहास भए ।
१६.तर हाम्रो अवस्था उस्तै उस्तै छ । अछुत भनिएकाहरु अछुैत नै छन् र छुत भनिएकाहरु छुतै छन् । समाजले खबरदार भनिरहेका छन् ।
१७. वेद पुराणहरुले स्वर फिराएर ऋचा वाचन गरिरहेका छन् ।
गाउँदै छन्, जसले अर्काको सम्पत्तिमाथि इश्र्या, ढाहा गर्छ, उनीहरु पापी हुन् । ती पापीहरु कदापि मुक्त हुन सक्दैनन् ।
१८.उनीहरुका लागि बैकुण्ठको ढोका बन्दछ । बैकुण्ठको ढोका खोल्ने मन भए यथास्थानमा आफू रहन प¥र्याे । यथास्थानमा रहन सिक ।
१९.राजनीतिक क्षेत्रतिर हेर्ने भने अस्थिरताको पराकाष्ठा छ । सधँै उथलपुथल र उलटफेर गर्ने, शङ्खघोष छ, शङ्ख ध्वनि गुजिरहेको छ ।
२०.विकास र समृद्धिको लागि चाहिने बजेट संघीय तह सरकार, प्रदेश तह सरकार, उता के के हुन्, नाम भन्न पनि गाह्रो छ आयोग नियोग तिरै गएको छ । धाराको पानी गाग्री वा हत्तरमा भरेर घर लैजान सकिन्छ, तर त्यही धारालाई अन्तै सोझाएपछि घरतिर पानी जाँदैन । पानी लैजान सकिन्न । यस्तै भएर जनताको हत्तर वा गाग्री खाली भएको छ ।
२१. प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट एमालेलगायत पार्टीहरु बाहिरिएपछि र विश्वास छैन, अब तपाईं प्रचण्डले राष्ट्र जनतामा तात्विक असर पर्ने कुनै निर्णय नगर्न भनी आह्वान गरिसके पछि स्यालले भैंसीका आँडो कुरे झैं कुर्नुको कुनै अर्थ छैन । तर एक दिन भए पनि कुर्सीमा टिक्ने मोहले गाँजेको छ ।
कठै कुर्सी भोक !
२२. अन्त्यमा मित्रहरु कांग्रेस एमालेको नयाँ समीकरणले संविधानको निर्वाचन सम्बन्धी धारा परिमार्जन गर्ने भन्ने जुन उद्घोष गरेको छ भने जस्तै गरोस् । ढाँट छल प्रपञ्च नहोस्, ।
२३.संविधान परिमार्जन गरिरहँदा जनताका अधिकारमा कटौती, घटौती गर्ने होइन बढौती मात्र होऊन् । अनावश्यक रौं काटेर छाँटेर मानव जाति सभ्यताको युगतिर अघि बढेझैं होस्, शुभकामना !




