२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

खोई रूरूक्षेत्र गुरुयोजना कार्यान्वयन ?

खोई रूरूक्षेत्र गुरुयोजना कार्यान्वयन ?

खोई रूरूक्षेत्र गुरुयोजना कार्यान्वयन ?

खोई रूरूक्षेत्र गुरुयोजना कार्यान्वयन ?

खोई रूरूक्षेत्र गुरुयोजना कार्यान्वयन ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ १ २०८२
बुधवार, जेठ १ २०८२
  • रिडी हिन्दु धर्मावलम्बीहरुका लागि पवित्र ठाउँ हो । ऋषिकेशव मन्दिर र कालीगण्डकी नदीको महिमा एकातिर छँदैछ, त्यससँगै जोडिएका विषय र संस्कृतिले यो क्षेत्रलाई समुन्नत बनाएको छ । पौराणिककालदेखि रिडी अर्थात् रूरूक्षेत्रका बारेमा चर्चा भएको पाइन्छ । त्यसपछि नेपाल एकीकरण पूर्वको शक्तिशाली पाल्पा राज्यका राजा मणिमुकुन्द सेनको पालामा यो क्षेत्रको चर्चा अझैँ विस्तार भएको पाइन्छ । यहाँ रहेका ऋषिकेशव मन्दिर सहितका एक दर्जन पूराना मन्दिरलगायतका संरचना धार्मिक र साँस्कृतिक दृष्टिले निकै महत्वपूर्ण छन् ।


    धार्मिक, ऐतिहासिक र साँस्कृतिक दृष्टिले महत्वपूर्ण स्थल रिडीको विकासलाई पर्यटन प्रवर्धनसँग जोडेर जान सके यहाँको भविष्य उज्ज्वल छ । केही दशकअघिसम्म रिडीलाई जुन ढंगले महत्व दिइयो, त्यो क्रमशः ओझेलमा प¥यो । ओझेलमा पर्दै गएपछि सरकारले पनि विकास र प्रवर्धनमा महत्व दिएन् । नेपाल एकीकरणअघि सेनकालमा रिडीको महिमा र महत्व जसरी प्रकट भयो, त्यसपछि पनि शासकहरुले महत्व नै दिए । राणाहरुले पनि रिडीको महत्वलाई धेरै नै महत्व दिए । श्री ३ जुद्ध शमसेरले शासन सञ्चालन हस्तान्तरण गरेर रिडी नजिकैको अर्गलीमा दरबार बनाउन लगाई पूजापाठ गरी बसे । श्री ५ त्रिभुवनको निधनपछि उनको अस्तु रिडी ल्याएर कालीगण्डकीमा विर्सजन गरिएकाले पनि तत्कालीन अवस्थामा रिडीलाई महत्व दिइन्थ्यो भन्ने सहजै अनुमान गर्न सकिन्छ । समय बित्दै जाँदा ओझेलमा परेको रिडीको महत्व उजागर गरी पर्यटकीय लाभ लिन आवश्यक छ ।


    एकातिर रिडीको साँस्कृतिक र ऐतिहासिक विषयको प्रचारलाई प्राथमिकता दिनुपरेको छ, अर्कोतिर पूर्वाधार निर्माणलाई पनि उत्तिकै जोड दिन आवश्यक छ । अहिले योजनाबद्ध नभए पनि प्रचारको कामले केही गति लिएको छ । रिडीलाई आकर्षक साँस्कृतिक र धार्मिक गन्तव्य बनाउने गरी लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलको पालामा गुरुयोजना बनाएर काम अघि बढेको भए पनि गुरुयोजनाअनुसार कार्यक्रम र बजेट विनियोजन गर्ने काम भएको छैन । रूरूक्षेत्र विकास गुरुयोजनाका ७९ वटा क्षेत्रमध्ये एउटा तटबन्ध गर्ने काम अघि बढेको भए पनि त्यसका लागि पर्याप्त बजेट विनियोजन हुन सकेको छैन । अरू आयोजना अघि बढाउनका लागि बजेट विनियोजनको आशा गर्नु त झनै व्यर्थ छ ।


    पर्यटन क्षेत्रको बजेट टोलका स–साना मन्दिर बनाउन खर्च गर्ने, तर यस्ता ऐतिहासिक र साँस्कृतिक विरासत बोकेका स्थलको प्रवर्धन गर्न चासो नदिने राजनैतिक नेतृत्वबाट मुलुकको विकास र  समृद्धिको आशा गर्नु मरूभूमिमा पानी खोज्नु झैं हो । श्रोत कमजोर भएको मुलुकमा मितव्ययी भएर शासन प्रणाली व्यवस्थापन गर्न आवश्यक गर्न जति आवश्यक छ, त्यति नै जनआकांक्षा पूरा गर्न पर्यटन प्रवर्धनका कार्यक्रमलाई अघि बढाउन ढिलाइ गर्न हुन्न ।


    पर्यटनका लागि हामीले चर्का कुरा गर्न आवश्यक छैन । कनिका छरेझैं छरिएको बजेटलाई सम्हालेर रिडी झैं साँस्कृतिक स्थलमा पूर्वाधार विकासमा खर्च गर्दा राज्य र समुदायले लाभ पाउँछ । रिडीको विकासका लागि तयार गरिएको रूरूक्षेत्र गुरुयोजना अनुसारको काम अघि बढाउन सरोकारवाला निकायको ध्यान जान आवश्यक छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij