२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अमुक देशलाई आतंकवादी करार गर्नु हुँदैन

अमुक देशलाई आतंकवादी करार गर्नु हुँदैन

अमुक देशलाई आतंकवादी करार गर्नु हुँदैन

अमुक देशलाई आतंकवादी करार गर्नु हुँदैन

अमुक देशलाई आतंकवादी करार गर्नु हुँदैन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जिसी साहित्यकार, वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीतिक तथा सामाजिक विषयमा विचार पोख्छन् ।
बुधवार, जेठ १ २०८२
बुधवार, जेठ १ २०८२
  • जम्मु कस्मिरमा भएको हत्या सन्दर्भः
    १. धर्मको बहाना बनाएर गरिने राजनीति अत्यन्त निचताको पराकाष्ठ हो । यो कुनै व्यक्तिको राजनीतिको भ¥याङ बन्न सक्छ । यही भ¥याङ वा लिस्नोलाई हाइ–हाइ गर्ने प्रवृत्ति हाम्रो समाजमा छ । यो हाइहाइ गर्ने प्रवृत्ति बढिरह्यो भने व्यक्ति त खास मतलबीका बिचमा लोकप्रिय बन्न सक्छ । तर अन्ततः यसले समाजलाई हानि सिवाय कुनै कल्याण गर्दैन ।
     
    २. धर्म भनेको मानवको कल्याण गर्नु हो । धर्मको अर्थ कर्तव्यपराणयता हो । मानव र मानवीय वातावरण, प्रकृति समेतको संरक्षण गर्नु हो । बोटबिरुवा मात्र होइन, सबै प्राणीहरु बाघ, भालु, सर्प, मृग, खरायो, जरायो, वानर अनि सबै खाले पंक्षी जगत विच्छी, किटादि यहाँसम्म कि झिंगासमेतको  समुचित र सन्तुलित मात्रामा संरक्षण गर्नु पनि हो ।
     
    ३. यी सबै बाँचे भने मात्र हावापानी स्वच्छ हुनेछ । अनि पनि बुद्धिमान र जान्ने बुझ्ने र सभ्य ठानिएको मानवको हित भलो हुनेछ ।
     
    ४. आजकाल  सामान्यतया मान्छेले धर्म भनेको हिन्दू, इस्लाम, क्रिस्यिनिटी शिख, वहाई आदिलाई बुझ्ने गरेको पाइन्छ । 
    त्यही बुझाइअनुसार मानिसहरु त्यस्तै मतमा आबद्ध भएको पाइन्छ । आफूले मानिआएको मतलाई सर्वश्रेष्ठ ठान्ने र अरु माने गरेको मत वा मतालम्बीलाई निकृष्ठ ठान्ने प्रवृत्तिले अनावश्यक द्वन्द्वको सिर्जना भएको पाइन्छ ।
     
    ५. पौराणिक महाभारत युद्ध पनि त्यस्तै हो । हाम्रो भेकतिर कृष्ण र पाण्डवको पक्षमा र दुर्याेधन र कौरवको विपक्षमा विचारधारा निर्माण भएको पाइन्छ । 
     
    ६. पौराणिक कथा वा रामायण कथाको प्रसङ्ग पनि त्यस्तै छ । राम पनि हिन्दु र रावण पनि हिन्दु भएको बताइन्छ । तर यो कथाको शीर्षक नै रावायण नराखेर रामायण राखिएको छ । शीषर्कमै कथाकार वा महाकाव्यकार ऋषि वाल्मिकीले रामायण राखेर राम पक्षको पृष्ठपोषण गरेका छन् र रावणप्रति घृणा जगाइएको छ । शिवका सच्चा उपासक रामभन्दा त रावण नै देखिन्छन् । तर रावणप्रति घृणा जगाउने कथाकुथुङ्गी काव्य महाकाव्यको सिर्जना गरेका छन् । कथामा रावणलाई राक्षस र रामचन्द्रलाई मर्यादा पुरुष विष्णुको अवतार, साक्षत भगवान बनाइएको छ । धन्य हो कलमको टुप्पो !
     
    अनि त्यसैअनुसार हाम्रो दिल दिमागभित्र पनि राम भनेका असल पात्र र रावण भनेको खराब पात्र हुन भन्ने छाप परेको छ । त्यही अनुसार भजनर्कितन हुने गरेको छ । लेखा जोखा कसले गर्ने ? कहिले गर्ने ?
    ७. एउटै धार्मिक मत मान्ने सम्प्रदायभित्र पनि यस्ता काटमार छन् । यो हिन्दुमा मात्र होइन । 
     
    ८. इस्लामतिर हेर्ने हो भने सिया र सून्यीको त्यस्तै द्वन्द्व छ । इसाइ धर्मतिर पनि प्रोटेस्स्याम्ट र क्याथेलिक आदि इत्यादि ।
     
    ९. हिन्दुभित्र त फेरि अझ कति हो कति ! ओम शान्ति, फेरि कृष्णाप्रणयामी आदि इत्यादि ३०औं सम्प्रदाय जन्मदै छन् । आफ्नै मत सर्वश्रेष्ठ आफैँ ठूलो भन्ने मतले समाजलाई भाँडेको छ ।  धर्मले भाँड्यो भन्ने हो भने जिब्रो थुतिन के बेर ? तैं चुप मै चुप ! 
     
    १०. स्मरण गरौं, हालै जम्मु कस्मिर गएका  पर्यटकहरुलाई कुन धर्म सम्प्रदाय वा राजनीतिक विचार दृष्टिकोणबाट प्रेरित भई अथवा चल्तेचलातेमा २६ जनाको हत्या गरियो । यस दुःखद् घटनामा हाम्रो बुटवलका एक जना सुदीप न्यौपानेको पनि हत्या भयो ।
     
    ११. घटनाको दृश्य भिडियोमा एक जना महिलाले हामीलाई पनि हत्या गर भनेर ठाडो चुनौती दिइन् । 
    ती नाम थाहा नभएका कथित हत्यारा भनिएका त्यो जत्थाललाई केही महिलाहरुले हाम्रो पनि हत्या गर भनेर चुनौती दिए । त्यो जत्थाले हामीले तिमीलाई हत्या गर्दैनौैं ! हामीले किन हत्या ग¥यौैं, तिम्रो मोदीलाई गएर सोध भनेको सुनियो । दृश्य र श्रव्य यही थियो । तिम्रो मोदीलाई गई सोध भनेर जत्थाले भने । यो एउटा गम्भीर प्रश्न हो ।
     
    १३. जम्मु कस्मिर हत्याकाण्डको जतिसुकै भत्र्सना र खेद प्रकट गरे पनि कमी नै हुनेछ । किनकि लुकेर छिपेर विना कारण हत्या जस्तो जघन्य अपराध हुनु आतंककारी पराकाष्ठा हो ।
     
    १४. घटनापछि भारत जस्तो क्षेत्रीय शक्तिशाली देशले पाकिस्तानका विरुद्ध सिन्दुर अपरेशन गर्ने घोषणा गरेको छ । सिन्दुर अपरेशन भने पनि सिम्रिक अपरेशन भने पनि सैन्य अपरेशन नै हो । जम्मु कस्मिरको आम हत्या घटनालाई पाक सरकारले सञ्चालन गरेको भन्ने कुनै ठोस आधार छैन र थिएन ।
     
    १५. भारतले सिन्दुर अपरेशनको नाममा फाइटर र ड्रोन पाक क्षेत्रमा प्रहार गर्न थालेपछि पाकिस्तान पनि के कम ? उसले पनि फाइटर ड्रोन भारततर्फ प्रहार गर्न सुरु गरेको छ । टिट फर ट्याटको व्यवहार राम्रो होइन । 
     
    १६. तनाव ! तनाव !! महा तनाव सुरु भएको छ । भारत पाकिस्तान उत्तेजित भएर होइन संयमित भएर तनाव कम गर्न लाग्नु क्षेत्रीय शान्ति बनाइ राख्ने आधार हुने हुँदा संयमित होऊन् भन्ने सार्क राष्ट्रहरुको अध्यक्ष नेपालको आह्वान पनि छ ।
     
    निचोडः
    नेपालको परराष्ट्र नीतिको आधार  असंलग्न परराष्ट्र  नीति नै हो । गुट पक्षधर नेपाल हुन सक्दैन । निरपेक्षताका आधारमा बुद्धको संयक् दृष्टिका साथ शान्ति कायम गर्न लाग्नु नेपाल राज्य र नेपाली जनताको कर्तव्य हो ।
    स्मरण रहोस् बाबरी मस्जिद वा राम जानकी मन्दिर अयोध्यामा छ त भनेर उत्खनन् गर्दै जाँदा अध्योयामा अन्ततः बुद्धका प्रतिमाका भग्नावेश प्राप्त भए झैं नै हुनेछ भन्ने लेखकको विश्वास छ । त्यसैले म शतप्रतिशत ठीक, ऊ  शतप्रतिशत गलत भनेर दाबी गर्नु कसको हितमा छैन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij