बुटवल । बुटवल उपमहानगरपालिका १९ अन्तरगत एक बिद्यालयकी ३१ वर्षिया शिक्षिका कविता(नाम परिवर्तन) सामाजिक सञ्जाल फेसबुकमा चिनजान भएको २७ वर्षिय पुरुष साथी दिपक(नाम परि वर्तन)संग खाजा खान रेस्टुरेन्टमा भेट्छीन् । चिनजान र कुराकानीको आधारमा भेट भएका उनीहरु खाजा खाएपछि दिपकले कवितालाई सम्झनाको लागि भन्दै चुम्मन गर्न कर लगाएर फोटो खिच्छन् ।
आफु शिक्षक भएपनि साथीलाई विश्वास गर्दै कविता रेस्टुरेन्टबाट फर्किन्छिन् । त्यसको केही दिनसम्म त्यो फोटो देखाउँदै आफुसंग नग्न भिडियो समेत रहेको दाबी गर्दै आफुलाई ३–४ लाख रकम दिन भन्दै धम्की दिन्छन् ।
दिपकले आफुले मागेको रकम आफुलाई नदिएमा फोटो र भिडियो भाईरल बनादिने धम्की दिनथालेपछि कविताले आफ्नो आर्थिक अवस्था मध्यम रहेको र आफुले कुनैपनि रकम दिन नसक्ने भएको बताउँदै ब्ल्याकेमल नगर्न आग्रह गर्छिन् । तर दिपकले मान्दैन् । उल्टै दिपकले कविताको श्रीमानलाई ह्वाटसपमा फोटो पठाउँदै भिडियो समेत रहेकोले रकम छिटो पठाउन धम्की दिन्छन् ।
केही समययमा पोर्चुगलमा रहेकी कविताकी आफन्तलाई समेत फोटो पठाएपछि कविता र कविताको श्रीमान रकम दिन तयार हुन्ँछन् । एक त शिक्षिका र विवाहित भएकोले समाजको इज्जतको डरले ४ महिनामा ४ पटक गरि १ लाख ६९ हजार रकम दिपकको खातामा राखिदिन्छन् । र चौथो पटक पश्चात अब रकम पठाउन नसक्ने बताएपछि पैसा पठाउन नरोके दिपकले सामाजिक सञ्जालमा नै सार्वजनिक गरिदिने धम्की दिन्छन् ।
पटक पटक रकम दिएपनि अझै ब्ल्याकमेलिङ नरोकिएपछि कविताले ईलाका प्रहरी कार्यालय बुटवलमा उजूरी दिन्छिन् । गुल्मी घर भएका दिपकलाई प्रहरीले नियन्त्रणमा लिएर सबै रकम फिर्ता तथा फोटो डिलिट गर्नुका साथै भिडियो नभएको समेत प्रष्ट पारि जिल्ला अदालतबाट अदालती प्रक्रिया अघि बढेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपि ईन्द्र रानाले बताए ।
उनले भने, ‘अहिले नजिकको प्रहरी कार्यालयबाट साईवरका घटनाको बारेमा अनुसन्धान हुने गरेको छ । यसले घटना दर्ता केही बढेका छन् । अझैपपिन अधिकांश घटनामा केन्द्रीय साईवर अपराध ब्युरोमै दर्ता हुने गरेको छ ।’
आर्थिक वर्ष २०८०।०८१ बाट विद्युतिय साईवर अपराध सम्बन्धी घटना जिल्ला प्रहरी कार्यालयहरुमा चल्ने गरेसंगै लुम्बिनी प्रदेशका जिल्लाहरुमा घटना दर्ता बढ्न थालेका छन् । साइवर अपराध अनुसन्धान ब्युरो काठमाण्डौबाट मात्रै साईवर अपराधका विषयमा घटना दर्ता गर्ने र गतिविधि हुँदा ससस्या भोगीरहेका स्थानीय आफ्नै जिल्ला प्रहरीबाट दर्ता हुँदा घटनाहरु बाहिँरिँदै आएका छन् ।
प्रदेश प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी तुल्सीराम अर्यालले जिल्लागत रुपमा घटना दर्ता हुन थालेपछि साईवर अपराध सम्वन्धी घटनाहरु दर्ता हुनेक्रम बढीरहेको बताउँछन् । उनले आ.व २०८०।०८१ बाट विद्युतिय अपराध सम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालयहरुमा चल्ने गरेको बताउँदै यसले घटना लुकाउने भन्दा पनि दर्ता गरेर अनुसन्धानन हुनेक्रम बढ्न थालेको बताए ।
उनले अझै दुईवटा आर्थिक वर्ष नसकिरहेको अवस्थामा पनि ४१ वटा घटना दर्ता भएको बताए । उनका अनुसार साईवर अपराध सम्बन्धी मुद्धामा अधिकांश पुरुष रहेको बताउँदै युवा पुरुषहरु रहेका छन् । उनले भने – ‘करिब २ वर्षको अवधिमा लुम्बिनीका १२ जिल्लामा ४१ वटा घटना दर्ता भएका छन् । विद्युतिय अपराध सम्बन्धी मुद्दामा अधिकांश पुरुष रहेको जसको उमेर समुह २०– ३० रहेको छ ।’यस अन्तरगत मुख्य रुपमा कसुरको प्रकृती हेर्दा सामाजिक संजाल दुरुपयोग र अनलाइन ठगीहरु बढि रहेको उनले बताए ।
यस्तो छ जिल्लागत अवस्था
लुम्बिनीका दुई जिल्लामा साईवर अपराध सम्वन्धी घटना दर्ताको अवस्था उच्च रहेको छ भने तीन जिल्लामा शून्य रहेको छ । आर्थिक वर्ष २०८० /०८१ मा र आर्थिक वर्ष २०८१/०८२ बैशाख सम्मको तथ्यांक हेर्दा सबैभन्दा धेरै दाङमा घटना दर्ता भएको प्रहरीले जनाएको छ । गत आव मा १३ वटा दर्ता भएको यहाँ यो वर्ष भने कुनै घटना दर्ता नभएको प्रहरीले जनाएको छ ।
यस्तै रुपन्देही जिल्ला दोस्रो नम्बरमा रहेको छ । यहाँ दुई वर्षको तथ्यांक हेर्दा १२ वटा घटना दर्ता भएको छ । यहाँ गत आव मा ९ वटा दर्ता भएकोमा अहिले ३ वटा घटना दर्ता भएका छन् । तराईका मुख्य जिल्लामध्ये रहेका दाङ र रुपन्देही सहित अन्य जिल्लाहरुमा समान्य घटना दर्तासंख्या रहेका छन् ।
कपिलबस्तुमा गत आव २०८० /०८१ मा १ वटा र आर्थिक वर्ष २०८१/०८२ बैशाख सम्म ३ गरि ४ वटा, रुकुम पूर्वमा गत आव २०८० /०८१ मा २ वटा र आर्थिक वर्ष २०८१/०८२ बैशाख सम्म१ वटा गरि ३ वटा घटना दर्ता भएका छन् भने बाँकेमा गत आव २०८० /०८१ मा १ वटा र आर्थिक वर्ष २०८१/०८२ बैशाख सम्म २ वटा गरि ३ वटा घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
यता पाल्लामा गत आव २०८० /०८१ मा र आर्थिक वर्ष २०८१/०८२ बैशाख सम्ममा १/१ गरि २ घटना दर्ता भएका छन् भने यो बर्दियामा चालु आर्थिक वर्ष २०८१/०८२ बैशाख सम्म २ वटा घटना दर्ता भएका छन् । यस्तै गुल्मीमा पनि चालु आबको आर्थिक वर्ष २०८१/०८२ बैशाख सम्म १ वटा मात्रै घटना छ भने रोल्पामा गत आव २०८० /०८१ मा १ वटा घटना दर्ता भएका छन् ।
यता नवलपरासी, अर्घाखाँची र प्यूठान जिल्लामा आव २०८० /०८१ मा र आर्थिक वर्ष २०८१/०८२ बैशाख सम्मको अवस्थामा जिल्ला प्रहरीकार्यालयमा कुनै घटना दर्ता नभएको प्रहरीले जनाएको छ । साईवर अपराध सम्वन्धी जिल्लागत मुद्दाका पिडकहरुलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा संबन्धीत जिल्ला अदातलबाट सजाय फैसला भई सजाय काटिरहेको प्रहरीले जनाएको छ ।




