२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बढ्दो बेरूजूः वित्तीय अनुशासनको कमी

बढ्दो बेरूजूः वित्तीय अनुशासनको कमी

बढ्दो बेरूजूः वित्तीय अनुशासनको कमी

बढ्दो बेरूजूः वित्तीय अनुशासनको कमी

बढ्दो बेरूजूः वित्तीय अनुशासनको कमी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ ३ २०८२
शुक्रवार, जेठ ३ २०८२
  • नेपालमा वर्षेनी बढ्दै गएको बेरुजूको दरले  वित्तीय अनुशासनमा नेपाल अझै कमजोर अवस्थामा रहेको देखिएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष २०८०-०८१ को वार्षिक प्रतिवेदनले सरकारी निकायको बेरुजू ७ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको देखाएको छ । आव २०८०-८१ मा ९१ अर्ब ५९ करोड रुपैयाँ बेरुजू थपिएको छ । ६१औं प्रतिवेदनमा ६ खर्ब ६९ अर्ब ८६ करोड बेरुजू कायम भएको थियो । सरकारी कारोबारमा हरेक वर्ष बेरुजू बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण अवस्था हो ।  सुशासन कायम गराउन सरकारी कोष सञ्चालन गर्ने सम्बद्ध सबै पदाधिकारीलाई थप जिम्मेवार र जवाफदेही बनाउने सन्दर्भमा महालेखा परीक्षकको भूमिका महत्वपूर्ण हुन्छ । बढ्दो बेरुजू घटाउन र आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व अभिवृद्धि गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार र जवाफदेही बन्नु आवश्यक छ । 


    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था रहेकोमा पहिलो त्रैमासिक अवधिमा ११ अर्ब ६४ करोड ७ लाख रुपैयाँ (कूल रकमान्तरको ४.५४ प्रतिशत) रकमान्तर हुनु आर्थिक अनुशासन उल्लंघन हो । बजेट वक्तव्यमा राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेट राष्ट्रिय गौरवका आयोजनाबाहेक अन्यत्र रकमान्तर गर्न नपाइने उल्लेख भएकोमा ८ राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेटबाट ५ अर्ब २८ करोड ५० लाख रुपैयाँ राष्ट्रिय गौरव बाहेकका अन्य आयोजनामा रकमान्तर गरिएको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहहरूले ऐनविपरीत पदाधिकारीको अतिरिक्त सुविधामा १४ करोड ६ लाखभन्दा बढी रकम खर्च गरेको पाइएको छ । स्थानीय तहहरूले ऐनविपरीत चाडपर्व खर्च, पोशाक भत्ता, यातायात खर्च र इन्धनलगायतका सुविधा लिनु पनि आर्थिक अनुशासन उल्लंघन हो । प्रदेशसभाले जारी गरेका कानुनअनुसार स्थानीय तहका पदाधिकारी र सदस्यले मासिक सुविधा मात्र पाउने व्यवस्था छ । 


    बेरुजू कम गर्न खरिद प्रक्रियामा पारदर्शिता, जवाफदेहिता र मूल्य यथार्थता कायम गर्न ऐन संशोधन गर्नुपर्ने देखिन्छ । ‘डिजाइन एन्ड बिल्ड’ विधिबाट हुने खरिद सम्झौतामा मूल्य समायोजनको व्यवस्था कानूनमै स्पष्ट गर्नुपर्ने उल्लेख छ । यसबाहेक, सम्झौता र कार्यतालिकाअनुसार काम नगर्ने निर्माण व्यवसायी र कर्मचारीलाई जिम्मेवार बनाउनुपर्छ । खरिद सम्झौताको म्याद थप गर्दा वस्तुनिष्ठता र तथ्यमा आधारित मूल्यांकन अनिवार्य गर्नुपर्छ । एउटै प्रकृतिको कामलाई टुक्राएर सोझै खरिद गर्ने र अनुमानयोग्य काममा यथार्थ लागत अनुमान नगरी भेरिएसनको बहानामा थप काम गराउने प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्छ ।  भन्सार विन्दुमा घोषणा गरिएको मूल्यलाई आधार मानेर महसुल, कर, ढुवानी, लगानी आयजस्ता खर्च जोडी मालसामान खरिद गर्न मिल्ने कानूनी व्यवस्था आवश्यक छ ।


    त्यस्तै, प्रतिस्पर्धा नगरी वार्षिक मर्मत सम्भार सम्झौता गर्नुपर्ने सेवा खरिदमा खरिदकै बेला त्यसको स्पष्ट जानकारी राखी प्रतिस्पर्धा गराइनुपर्छ । प्रोप्राइटरी सामान खरिद गर्दा चाहिने मुख्य र सहायक सामग्रीको परिमाण, मूल्य र अवधिसमेत स्पष्ट गरी लागत अनुमान तयार गरेर प्रतिस्पर्धा गराउनु पर्छ । सार्वजनिक सम्पत्तिको प्रभावकारी उपयोग तथा खरिद प्रक्रियामा पारदर्शिता कायम गर्न नीति निर्माणदेखि कार्यान्वयन तहसम्म सुधार आवश्यक छ । परामर्श सेवामाहुने ठूलो खर्च नीतिगत भ्रष्टाचार हो । यसलाई रोक्न पनि उत्तिकै जरुरी छ । सम्भाव्यता अध्ययन, डिजाइन, गुरुयोजना तयार तथा निर्माण सुपरिवेक्षण गर्ने कार्यको लागि विभिन्न कार्यालयले परामर्श सेवाअन्तर्गत उक्त आर्थिक वर्षमा ४ अर्ब ५१ करोड ३६ लाख खर्च हुनु विडम्बना हो । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सहुलियतपूर्ण कर्जा कार्यक्रममा पनि अनियमितता हुने गरेकाले रोक्न जरुरी छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij