२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अन्तर साम्राज्यवादी द्वन्द्वको नयाँ मोड

अन्तर साम्राज्यवादी द्वन्द्वको नयाँ मोड

अन्तर साम्राज्यवादी द्वन्द्वको नयाँ मोड

अन्तर साम्राज्यवादी द्वन्द्वको नयाँ मोड

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, जेठ ३ २०८२
शुक्रवार, जेठ ३ २०८२
  • गत बैशाख २३ देखि २६ गतेसम्म चलेको भारत–पाकिस्तानबिचको युद्ध अचानक एकाएक रोकिएको छ । यसले धेरैलाई आश्चर्यचकित पारेको छ । भारतीय युद्धको हुँकारलाई पाकिस्तानले प्रतिवाद त ग¥यो, तर यसरी एकाएक भारत त्यसबाट पछि हल्ला भन्ने अनुमान कसैको पनि थिएन, यतिसम्मकि भारतीय मिडिया र भारतीय नेताहरुले यो भारत–पाकिस्तान युद्ध अबको अन्तिम युद्ध हो जसबाट पाकिस्तान सदाका लागि भारतसँग आत्मसमर्पण गरिरहने छ । तर यसरी एकाएक यो युद्ध रोकिनुका पछाडि  पाकिस्तानको आत्मसमर्पण हो वा भारतको ? बुझ्न अलि कठिन भइरहेको छ । खासमा यसका पछाडि के छ ? केही छोटो चर्चा गरौं । 


    यसभन्दा पहिले यसै विषयमा हाम्रा प्रधानमन्त्री केपी ओली कमरेडको एउटा भनाइप्रति पनि केही चर्चा गरौं । बुद्ध पूर्णिमाका दिन शान्तिका अग्रदूत गौतम बुद्धको महिमा गर्दै हालै भएको भारत–पाकिस्तानबिचको युद्धलाई हात हालाहाल गरेको भन्दै त्यसका लागि आफूले वार्ताको पहलकदमी गरी दुवै पक्षलाई सहमतिमा पु¥याएको प्रसंग उठाउँदा धेरै चकित भए । ओहो ! यति ठूलो भारत–पाकिस्तानबिचको विवाद र द्वन्द्व अनि युद्धलाई यसरी एकाएक हाम्रा प्रधानमन्त्रीको पहल कदमीमा रोकाउन सक्नु कस्तो महानता ? त्यो पनि विश्व शान्तिका अग्रदूत गौतमबुद्धकै जन्म दिनकै अवसरमा भनिएका यस्ता कुराहरुलाई नपत्याउने पनि कसरी ? किन कि बुद्धको सन्देश नै छ–झुटो नबोल । सदा सत्य नै बोल । प्रधानमन्त्रीको यो कुराले जो कोही नेपाली पनि खुसी हुने र गर्व नगर्ने कुरै भएन । विश्व शान्तिका अग्रदूत गौतमबुद्ध जन्मेको देश नेपाल र त्यसका हालका प्रधानमन्त्रीद्वारा भारत–पाकिस्तान मात्रै होइन यो सिंगो दक्षिण एसियाकै शान्तिका लागि गरिएको यो पहलकदमीले प्रम कमरेड ओलीको मात्रै होइन नेपालकै गरिमा बढाउँछ । तर पछि बुझ्दै जाँदा त यो प्रम ओलीको एउटा जोक–मजाक मात्रै पो रहेछ, कस्तो नमज्जा । 


    घिरौला जत्रो ठूलो भएको सबै नेपालीहरुको नाक यसले काटि बुच्चो बनाइदियो । अपसोच ! यो कमरेड ओलीको खाली एउटा जेक र मजाक मात्रै भए खाली हल्का रमाइलोमै सीमित रहला । तर यो राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय विषय नै बन्न गयो । विश्व शक्ति सम्पन्न राष्ट्र भारत अनि त्यसको प्रतिरोधमा उत्रिएको पाकिस्तानबिचमा युद्ध विरामका लागि सामन्जयस्ता गरी यस प्रकारको चालु युद्धलाई नै अन्त्य गराउने महत्वपूर्ण भूमिकाप्रति विश्व दुनियाँका शान्ति प्रेमी देश–जनता हाम्रा प्रम केपी ओलीप्रति यतिसम्मकि यसमा अमेरिका–चीन–रुस लगायत अन्य यूरोपियन राष्ट्रहरुले गर्न नसकेको भूमिका क. ओलीले गरेको भन्दै विश्व दुनियाँ आश्चर्य चकित हुन गयो । आखिर यो त क. ओलीको जोक र मजाक । यसको पनि एउटा सीमा र परिधि छ । त्यो नभए त्यो एउटा भद्दा लाजमर्दाे मजाकमा परिणत हुन्छ । यस्तै भद्दा र लाजमर्दाे मजाक प्रम ओली कमरेडबाट भएको छ । भन्नेलाई भन्दा हामी सुन्ने दुनियाँलाई लाज । जबकि भारत– पाकिस्तानबीचको यो युद्ध र यसको अन्त्यका पछाडि विश्व अन्तर साम्रराज्यवादी प्रतिस्पर्धा र कुटनीतिक चलखेल नै छ । तर यसलाई आफ्नो पक्षमा पार्ने दाउ गर्दा प्रम ओली अहिले चारैतिरबाट नाङ्गिएका छन् । ठग, झुट र फन्टुसमा गनिएका छन् । लंका डोल्ने हुनमान जस पाउने ढेडु ।


    भारत विश्वको चौथो ठूलो महाशक्ति राष्ट्रमा गनिएको छ । दक्षिण एसियाली राष्ट्रहरुले त भारत एक नम्बर शक्ति र सम्पन्न अझ भनौं दादा राष्ट्र नै हो । छिमेकी राष्ट्र सबैलाई हप्काई–दप्काई मात्रै होइन सीमा र भूभाग नै मिच्दै र अतिक्रमण गर्दै आइरहेको छ । यसैको उपज थियो अहिलेको यो पाकिस्तान माथिको भारतीय मिसाइल क्षेप्यास्त्र हमला । सुरु सुरुमा भारतले केकेन गरे भनेर ठूलठूलो स्वरमा त्यसलाई प्रचारप्रसारमा ल्यायो । अनेकौं आतंकवादी अखडा ध्वस्त पारेको थुप्रै आतंकवादीहरु मारिएको हल्ला ग¥यो । तर जब यसको प्रतिरोधमा पाकिस्तान उत्रियो तब भारत तिरमिरायो । पाकिस्तानी लडाकू विमानले भारतीय लडाकू विमानहरुलाई धुजाधुजा पारिदियो । एउटा मात्रै होइन पाँच पाँच वटा त्यस्ता विमान भटाभट खसालेपछि बल्ल भारतले चेत्यो अब के गर्ने ? कसलाई भन्ने र कसलाई गुहार्ने ? यी ठूला विमान मात्रै होइन पाकिस्तानले दर्जनौं साना लडाकू हेलिप्कटर अनि डोनहरु पनि खसाल्यो । भारतका विभिन्न ठाउँमा  यस्ता भग्नावेश देखिएको छ ।  अन्ततः भारत त्यो युद्धबाट पछि हट्न बाध्य भयो । उता पाकिस्तान पनि चिनियाँहरुको सल्लाहमा युद्ध बिरामका लागि सहमतिमा पुग्यो । यो सब जे भयो राम्र्रै भयो । भारत–पाकिस्तानबिचको युद्ध अहिलेलाई ट¥र्यो । यसले भारतीय घमण्ड र दादागिरीलाई त तोडेकै छ, त्यो भन्दा पनि बढी विश्व साम्रराज्यवादबीचको अन्तरसम्बन्ध र द्वन्द्वको नयाँ मोड र यसलाई नयाँ सिराबाट व्याख्या विश्लेषण गर्नु पर्ने भएको छ । 
    अहिलेको विश्व पहिलो र दोस्रो विश्व युद्धकै जमानामा छैन । नयाँ नयाँ विज्ञान र टेक्नोलोजीको विकास भएको छ । पहिले जस्तै धन–पैसा, फौज, जनसंख्या र हातहतियारले मात्रै युद्ध जितिने स्थिति छैन । अबको युद्धका लागि पनि नयाँ नयाँ सीप, ज्ञान, हातहतियार र टेक्नोलोजीको आवश्यकता छ ।  सानै रुपमा भए पनि त्यसको प्रयोग यो भारत–पाक युद्धमा भएको छ । भारतको आक्रोस र पाकिस्तानको धैर्यता अनि भारतले प्रयोगमा ल्याएको फ्रान्सको लडाकू विमान र इजरायली हातहतियारको प्रयोग त्यसको प्रतिकारमा पाकिस्तानले प्रयोग गरेको चाइनिज लडाकू विमान र हातहतियारबीच अहिले बढी चर्चा र मूल्यांकन हुँदैछ । यो युद्धले भारतको त के विश्व प्रमुख शक्ति राष्ट्र अमेरिकाको नै होस हवास उठेको छ । जसको फलस्वरुप अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प तत्काल चीनसँग उही पहिलेकै अवस्था अनुरुप व्यापार आदान प्रदान सन्धि सम्झौता गर्न बाध्य भएका छन् । जबकि यसभन्दा पहिले एकाएक अमेरिकाले चिनियाँ मालसमानमा एक सय चालिस भन्दा बढी प्रतिशत कर भन्सार लगाउने घोषणा गरिसकेको थियो । अब बल्ल विस्तारै अमेरिकी साम्राज्यवाद वा भनौं अमेरिकी राष्ट्रपति ट्रम्प खुम्चिदै जान थालेका छन् । एकातिर चीन–रुसबीचको गठबन्धनलाई ओझेलमा पार्न राष्ट्रपति ट्रम्प रुस–युक्रेन युद्ध अन्त्यका लागि रुस निकट देखिन थालेका छन् भने भारत–पाकको यो युद्धपछि भारत भन्दा पाकिस्तान निकट हुने संकेत देखिंदैछ । 


    यसरी अबको विश्व दुई विश्व साम्राज्यवाद अमेरिका र चीनबिच ध्रुवीकृत हुने देखिन्छ । रुस–भारतको हैसियत त देखि सकियो । युक्रेन युद्धले रुस र भारत–पाक युद्धले भारत यी दुवै एउटा अमेरिकी चुड्की अर्थात् एक कल अमेरिकी फोनले तत्काल उठबस गर्दाे रहेछन्, छर्लङ्ग भएको छ । यो भारत– पाकिस्तानबिचको युद्धले पहिलो कुरा भारतीय विस्तारवादको घमण्ड र सेखीलाई नराम्रोसँग परास्त पारेको छ भने चिनियाँ शस्त्रअस्त्र र हतियारको नमूना परीक्षणबाट अमेरिकाको  साम्रराज्यवाद समेत आतंकित भएको छ । 


    तर भारत भने अहिले पनि आफ्नै जितमा मख्ख छ । हारे पनि जितको बयानबाजी भारतीय विशेषता हो । पहिलेको भारत–चीन युद्धमा यसैगरी तत्कालीन प्रधानमन्त्री नेहरुले भनेका थिए–भारतीय सेना बहादुरीका साथ पछि हट्दैछ । अर्थात् भाग्नु पनि बहादुरिताका साथ । ठीक त्यस्तै अहिले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बहादुरीताका साथ भारत–पाक युद्धको अन्त्यको घोषणा गरेका छन् । अन्ततः साम्रराज्यवाद एउटा कागजी बाघ मात्रै हो भन्ने क. माओको भनाइलाई यो भारत–पाक युद्धले पनि पुष्टि गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij