२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सगरमाथा संवादको आज दोस्रो दिन : प्रधानमन्त्री ओलीद्वारा अतिथिलाई रात्रिभोज

सगरमाथा संवादको आज दोस्रो दिन : प्रधानमन्त्री ओलीद्वारा अतिथिलाई रात्रिभोज

सगरमाथा संवादको आज दोस्रो दिन : प्रधानमन्त्री ओलीद्वारा अतिथिलाई रात्रिभोज

सगरमाथा संवादको आज दोस्रो दिन : प्रधानमन्त्री ओलीद्वारा अतिथिलाई रात्रिभोज

सगरमाथा संवादको आज दोस्रो दिन : प्रधानमन्त्री ओलीद्वारा अतिथिलाई रात्रिभोज
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, जेठ ४ २०८२
शनिवार, जेठ ४ २०८२
  • बुटवल । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ आज दोस्रो दिन पनि काठमाण्डौमा चलिरहेको छ । हिजोदेखि शुरू भएको सम्मेलन भोलिसम्म चल्नेछ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादका अतिथिको स्वागत तथा सम्मानमा रात्रिभोज आयोजना गरे । सगरमाथा संवादमा विभिन्न देशका एक सय ७५ जना विदेशी पाहुना सहभागी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    स्वदेशी र विदेशी गरी तीन सय ५० जना भन्दा धेरै विशिष्ट व्यक्तित्व संवादमा सहभागी छन् । हिजो उद्घाटन समारोहपछि पूर्ण सत्र र समानान्तर सत्र सञ्चालन भयो ।

    सबै सत्र आज बेलुकासम्म सक्ने कार्यसूची छ । यो संवादले काठमाण्डौ घोषणा पत्र जारी गर्नेछ ।

    हिजोको संवादमा सहभागी सरोकारवाला विज्ञहरुले अन्तर्राष्ट्रिय जलवायु सङ्कट समाधानमा सामूहिक प्रतिबद्धतामा जोड दिएका छन् ।

    साथै हिमालदेखि महासागरसम्मको मुद्दालाई समेट्ने गरी जलवायु परिवर्तनबारे निरन्तर बहस आवश्यक रहेको औँल्याएका छन् ।

    त्यस्तै नेपालले हिमालहरु विश्वका विभिन्न वार्ताहरुमा उपेक्षित हुने गरेको भन्दै हिमाललाई नबिर्सिन विश्व समुदायसँग खबरदारी गरेको छ ।

    सरकारले जलवायु परिवर्तन न्यूनीकरणका लागि प्रतिबद्धतासहितको ‘तेश्रो राष्ट्रिय निर्धारित योगदान’ सार्वजनिक समेत गरेको छ ।

    नेपालले संरक्षणमा गरेका आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउने र जलवायु सङ्कट समाधानमा विश्वका असल अभ्यास तथा समाधानका उपाय सिक्नका लागि यो संवाद उपयोगी हुने विश्वास गरिएको छ ।

    नेपालले हरेक दुई वर्षमा सगरमाथा संवादको आयोजना गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij