२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

राष्ट्रिय महिला टोलीको घोषणा

राष्ट्रिय महिला टोलीको घोषणा

राष्ट्रिय महिला टोलीको घोषणा

राष्ट्रिय महिला टोलीको घोषणा

राष्ट्रिय महिला टोलीको घोषणा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, जेठ ४ २०८२
शनिवार, जेठ ४ २०८२
  • काठमाडौं । ३१ सदस्यीय राष्ट्रिय महिला टोलीको घोषणा गरिएको छ । शुक्रबार मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्यान्डसँग मैत्रीपूर्ण खेलका निम्ति ३१ सदस्य रहेको टोली घोषणा गरेका हुन् । 

    अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार टोलीमा गोलकिपरमा एन्जिला टुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ र लिला जोशी रहेका छन् । 

    रक्षकहरूमा गीता राना, निशाा ठोकर, अमृता जैशी, पुजा राना, बिमला बिक, मन माया दमाई, समीक्षा घिमिरे, प्रतिक्षा चौधरी र सविना चौधरी छन् ।

    मिड फिल्डरमा रेनुका नगरकोटे, प्रिती राई, सरु लिम्बू, सरस्वती हमाल, हिमा राउट, तुलसा बोहरा, बिला चौधरी, अनिता बस्नेत, सबिता राना मगर र सुष्मा तामाङ छन् । 

    स्ट्राइकरमा सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चण्ड्रा भण्डारी, अनिता केसी, मिना देउवा, ममता पुन र पुर्णिमा राई छन् । 

    योसँगै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको टोली पनि ३१ सदस्यीय बनेको छ । बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिएका छन् । आगामी मे ३० र जुन ३ मा नेपाल र थाइल्यान्डले मैत्रीपूर्ण खेल खेल्दैछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij