२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मान्छेको जीवनका लागि पानी

मान्छेको जीवनका लागि पानी

मान्छेको जीवनका लागि पानी

मान्छेको जीवनका लागि पानी

मान्छेको जीवनका लागि पानी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ ५ २०८२
आइतवार, जेठ ५ २०८२
  • जलवायु परिवर्तनले मान्छेको जीवन संकटमा पर्न थालेको छ । लामो समय खडेरी पर्ने, वर्षा भए पनि राम्ररी मुल फुट्ने गरी वर्षा नहुने, कतिपय ठाउँमा अधिक वर्षा हुने र कतिपय ठाउँमा न्यून वर्षा हुने प्रवृत्ति प्रकृतिमा देखिएको छ । अत्याधिक वर्षा, न्यून वर्षा र खडेरीको मारमा मानव जीवन आक्रान्त छ । 


    जलवायु परिवर्तनका कारण पानीको चरम संकट देखिन थालेको छ । पानीका मुहान सुक्दै गएपछि पहाडी बस्ती खानेपानी अभाव झेल्दै छन् । गएको हिउँदमा हिमालमा पर्याप्त हिउँ परेन् । हिमपात भएकाले हिमाली क्षेत्रका बासिन्दाको मुहारमा चमक आए पनि सेतै देखिने डाँडा उराठलाग्दा काला देखिए । डढेलोले तराई र पहाडको वन सखाप भयो । वनमा लागेको डढेलो बस्तीमा पस्दा धेरै गाउँबस्ती खरानी भए । 


    जलवायु परिर्वतनको भयङ्कर कठिन दिनको सामना गर्नुपर्ने चेतावनी वैज्ञानिकहरुले दिइरहेका बेला यतिखेर हामी त्यही कठिन दिन बिताउँदै छौं । गुल्मी र अर्घाखाँचीका ग्रामीण बस्ती हिउँदको मध्यतिरबाट खानेपानीको संकट सामना गर्दैछन् । पहिलेका कुवा र पँधेरा मासिए । घर–घरमा आएका धारामा पानी चुहिन छाड्यो । पुर्खाको मिहिनेत र लगनमा बनेका पँधेरा र कुवा समाप्त पार्दाको दुःख अहिले झेल्दैछन् । कुवा र पँधेरा गाउँका पहिचान थिए । मान्छेका लागि मात्रै नभएर अरु जीवजन्तुका लागि पनि पानीको स्रोत थिए । गाउँमा विकास पस्यो, एकघर एक धारा अभियान चल्यो, पँधेरा र कुवा मासिए । धारा जोडिए, तर खानेपानीको मुहान सुकेपछि धारामा पानी आउन सम्भव भएन् ।


    त्यसो त सम्भावित जोखिमको ख्याल गर्दै लुम्बिनी प्रदेश सरकारले गाउँ–गाउँमा रहेका पुराना पोखरी र पँधेरा पुनर्जीवित गर्ने गरी एक गाउँ एक पोखरी अभियान अघि बढायो । प्रदेश सरकारले दिन खोजेको सन्देश पोखरी जोगाउँ भन्ने हो, तर पोखरी र पँधेरा जोगाउन सरकारकै मुख ताक्ने प्रवृत्ति राम्रो होइन । समुदायले गाउँ–गाउँमा पोखरी जोगाउन सक्छन् । समुदायको परिचालनबाट पानीका मुहान जोगाउने, पोखरी खन्ने अभियान चलाउने र त्यो अभियानमा सरकार सहयोगी बन्न सक्छ । यो बेला पोखरी, पँधेरा र कुवालाई पुनर्जीवित गर्न र भएका पानीका मुहान जोगाउन तहगत सरकारले प्राथमिकता दिनुपर्छ । पानी नै जीवन हो । हरेक प्राणीको जीवन जोगाउन पानीका मुहान संरक्षण गरौैँ । पानीको सम्भावित संकटबाट पार पाउन पानीका मुहान जोगाउने र पुनर्भरण अभियान चलाउनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij