२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्युठानको स्थानीय तहको बेरुजु घट्दो क्रममा

प्युठानको स्थानीय तहको बेरुजु घट्दो क्रममा

प्युठानको स्थानीय तहको बेरुजु घट्दो क्रममा

प्युठानको स्थानीय तहको बेरुजु घट्दो क्रममा

प्युठानको स्थानीय तहको बेरुजु घट्दो क्रममा
अधिकारीले प्युठानमा रहेर समसामयिक विषयमा कलम चलाउछन।।
आइतवार, जेठ ५ २०८२
आइतवार, जेठ ५ २०८२
  • प्युठान।प्युठानका स्थानीय तहको बेरुजु घट्दो क्रममा देखिएको छ।२ नगरपालिका र ७ गाउँपालिका गरी नौ स्थानीय तह रहेको प्युठानमा महालेखा परीक्षकको ६२ औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ३१ करोड ९३ लाख २४ हजार बेरुजु देखाएको छ।


    महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनमा ५ करोड २८ लाख १ हजार कम बेरुजु देखिएको छ।६१ औं प्रतिवेदनमा प्युठानका स्थानीय तहको ३७ करोड २१ लाख २५ हजार बेरुजु देखाएको थियो भने ६२ औं प्रतिवेदनले ३१ करोड ९३ लाख २४ हजार बेरुजु देखाएको छ।आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा कम मल्लरानी गाउँपालिकामा बेरुजु देखिएको छ भने सबैभन्दा बढी स्वर्गद्वारी नगरपालिकामा रहेको छ।


    आर्थिक वर्ष ०७९/०८० मा सबैभन्दा कम बेरुजु सरुमारानी गाउँपालिकामा रहेको थियो जसको ७९ लाख ७० हजार रहेको थियो आर्थिक वर्ष २०८०/०८१ मा ३ करोड २४ लाख रुपैंयाँ रहेको छ गत वर्षको तुलनामा बेरुजु बढेको छ।

    मल्लरानी गाउँपालिकाको आर्थिक वर्ष ०७९/०८० मा  ४ करोड १५ लाख ९ हजार रहेको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा बेरुजु रकम १ करोड ८९ लाख ३६ हजार रुपैयाँ गत वर्षको तुलनामा यस वर्ष बेरुजु रकम घटेको छ। 

    त्यस्तै स्वर्गद्वारी नगरपालिकाको आर्थिक वर्ष ०७९/०८० मा ६ करोड ३१ लाख ७२ हजार बेरुजु रकम रहेको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा ५ करोड २६ लाख ६३ हजार रुपैयाँ रहेको छ।गत वर्षको तुलनामा बेरुजु रकम घटेको देखीएको छ।

    आर्थिक ०७९/०८० मा प्युठान नगरपालिकाको ७ करोड ५ लाख ७५ हजार रहेको थियो भने आर्थिक वर्ष २०८०/०८१ प्युठान नगरपालिकाको ३ करोड ८ लाख ७३ हजार रुपैयाँ देखिएको छ।गत वर्षको तुलनामा यस वर्ष बेरुजु रकम घटेको देखिएको छ। 


    आर्थिक वर्ष ०७९/०८० मा झिमरुक गाउँपालिकाको बेरुजु रकम ६ करोड २६ लाख ८२ हजार रहेको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा ४ करोड ६९ लाख ६२ हजार रुपैयाँ बेरुजु देखिएको छ।गत वर्षको तुलनामा यस वर्ष बेरुजु रकम घटेको देखिएको छ।    

    आर्थिक वर्ष ०७९/०८० मा गौमुखी गाउँपालिकाको बेरुजु रकम ५ करोड ९ लाख १ हजार रहेको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा सो पालिकाको बेरुजु रकम २ करोड ५६ लाख ३६ हजार रुपैयाँ देखिएको छ।गत वर्षको तुलनामा यस वर्ष बेरुजु रकम घटेको देखिएको छ।  

    आर्थिक वर्ष ०७९/०८० मा माण्डवी गाउँपालिकाको बेरुजु रकम १ करोड ३३ लाख १८ हजार रहेको थियो भने आर्थिक वर्ष ०८०/०८१ मा ३ करोड ७१ लाख रुपैयाँ बेरुजु रकम देखाइएको छ।गत वर्षको तुलनामा यस वर्ष बेरुजु रकम बढेको देखिएको छ।


    आर्थिक वर्ष ०७९/०८० मा ऐरावती गाउँपालिकामा ३ करोड ५ लाख ९७ हजार रहेको थियो भने ०८०/०८१ मा बेरुजु रकम ४ करोड ६९ लाख ६२ हजार रुपैयाँ देखिएको छ।गत वर्षको तुलनामा यस वर्ष बेरुजु रकम बढेको देखिएको छ।

    आर्थिक वर्ष ०७९/०८० मा नौबहिनी गाउँपालिकाको बेरुजु रकम ३ करोड १४  लाख १ हजार रकम
     थियो भने ०८०/०८१ मा  बेरुजु रकम २ करोड ९६ लाख रुपैयाँ देखिएको छ।गत वर्षको तुलनामा यस वर्ष बेरुजु रकम घटेको देखिएको छ।

    प्रचलित कानुन बमोजिम पुर्‍याउनुपर्ने रीत नपुर्‍याइ कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, बेमुनासिव तरिकाले आर्थिक कारोबार गरेको रकम कलमलाई बेरुजु भनिन्छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij