२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

‘सामाजिक सेवा इकाईमा तीनै तहको लगानी आवश्यक ’

‘सामाजिक सेवा इकाईमा तीनै तहको लगानी आवश्यक ’

‘सामाजिक सेवा इकाईमा तीनै तहको लगानी आवश्यक ’

‘सामाजिक सेवा इकाईमा तीनै तहको लगानी आवश्यक ’

‘सामाजिक सेवा इकाईमा तीनै तहको लगानी आवश्यक ’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ ५ २०८२
आइतवार, जेठ ५ २०८२
  • बुटवल । लक्षित समूहका बिरामीहरूलाई स्वास्थ्य सेवामा समतामूलक पहुँच एवं उपयोग अभिवृद्धि गर्दै सेवाग्राहीलाई सहज र सुलभ दरमा सेवा प्रदान गराउन विपन्न , गरिब, सीमान्तकृत लगायतलाई उपचारमा आर्थिक सहयोग गर्दै आएको सामाजिक सेवा इकाईमा तीनै तहका सरकारको लगानी हुनुपर्ने सरोकारवालाले बताएका छन् । 

    लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाईसँग अपाङ्गता मैत्री यौन तथा स्वास्थ्य सेवाको समीक्षा बैठकमा बोल्ने सबैजसो सरोकारवालाहरूले सामाजिक सेवा इकाईमा आउने बजेट भन्दै धेरै खर्च गरिरहेको बताउँदै यस्तै अवस्था रहेमा इकाई बन्द हुने अवस्थामा पुग्ने बताएका हुन् । 

    स्वास्थ्य निर्देशनालयका लुम्बिनी प्रदेशका निर्देशक रोशनलाल चौधरीले सामाजिक सेवा इकाईमा लुम्बिनी प्रदेश सरकारले लगानी गदै आएको भए पनि पर्याप्त नभएको महसुस भएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले तीन तहका सरकारले नै बजेटमा यसलाई व्यवस्थापन गर्न सकेमा यसलाई अझै प्रभावकारी बनाउँदै थप धेरैलाई सेवा दिन सकिने तर्क गरे ।

    _MG_9452.JPG
    कार्यक्रमका अध्यक्ष एवं लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले सामाजिक सेवा इकाई बाट सेवा प्रदान गर्ने हकमा अपाङ्गता मैत्री यौन तथा स्वास्थ्य सेवा प्रदान भइरहेको दाबी गरे । उनले सहायता कक्ष नै निर्माण गरेर यसको काम भइरहेको बताउँदै अस्पताल स्रोतबाट ३ जना र बाह्य स्रोतबाट १ जना राखेर सेवा दिई रहेको बताए ।

    स्वास्थ्य बिमा भएका नागरिक पनि सहज सेवा पाइने भन्दै इकाईमा पुग्दा लक्षित वर्गले सेवा नपाउने अवस्था सिर्जना हुन थालेको बताए । 
    अस्पतालका प्रशासन प्रमुख राजन केसीले अस्पतालले १३ जिल्लाका बिरामीहरूलाई उपचार गरेको बताउँदै वार्षिक ४ करोड खर्च हुने अवस्थामा यसको लागि जम्माजम्मी ५० लाख मात्रै बजेट आइरहेको बताए ।


    कार्यक्रममा किड्स नेपालका कार्यकारी निर्देशक कृष्ण कुमार द्विवेदीले यो संस्थाले अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको बताउँदै दोभासे कर्मचारीको तलबको व्यवस्था गरिरहेको जानकारी दिए । 


    युएनएफपिएका कार्यक्रम विश्लेषक रस्मिता पौडेलले अस्पतालमा अपाङ्गता मैत्री यौन तथा स्वास्थ्य सेवा प्रदान गराउने कार्यमा आफूहरूले आवश्यक सहयोग गर्दै आएको बताइन् । उनले यसमा सबैको सहकार्य आवश्यक रहेको ओँल्याईन् । 


    सामाजिक सेवा इकाई प्रमुख नेत्र प्रसाद आचार्यले इकाईका काम कर्तव्य र अधिकारको बारेमा बताउँदै सामाजिक सेवा इकाईमा आउने अधिकांश समस्याग्रस्त व्यक्तिहरू भएको उल्लेख गरे । उनले इकाईबाट अपाङ्गता मैत्री वातावरण बनाउनको लागि दोभासे राखिएको बताए ।

    उनले अन्य किसिमका अपाङ्गताको हकमा यौन तथा स्वास्थ्य सेवाको बारेमा बोल्न सक्ने भए पनि सुन्न  बोल्न नसक्नेको हकमा दोभासेले काम गरिरहेको बताए ।  उनले इकाई बाट सेवा लिइरहेकाहरूको अवस्था तथा सङ्ख्याको बारेमा कार्यपत्र समेत प्रस्तुत गर्दै उल्लेख गर्दै आगामी कार्य योजनाको बारेमा बताएका थिए । 


     कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका निवर्तमान अध्यक्ष मित्रलाल शर्मा, अस्पतालका वरिष्ठ लेखा अधिकृत खगेश्वर घिमिरे लगायतले बोलेका थिए । 

    लक्षित समूहका बिरामीहरूलाई स्वास्थ्य सेवामा समतामूलक पहुँच एवं उपयोग अभिवृद्धि गर्ने, निःशुल्क तथा आंशिक छुटमा नियमित तथा विशेषज्ञ सेवाहरू उपलब्ध गराउने, विपन्न नागरिक औषधोपचार कोष, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, गरिब तथा विपन्न वर्गका लागि निःशुल्क स्वास्थ्य सेवा लगायत सवै स्वास्थ्य सुरक्षा कार्यक्रमहरूको संयोजन एवं सहजीकरण गर्ने उद्देश्यले विभिन्न अस्पतालहरूमा स्थापित संस्थागत व्यवस्था नै सामाजिक सेवा इकाई हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij