२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ ५ २०८२
आइतवार, जेठ ५ २०८२
  • सैनामैना । साझा टेलिभिजन एचडीका स्टेशन म्यानेजर नविन घिमिरेले आफ्नो जन्म दिनको अवसरमा आईतबार अभिभावकविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन । 

    सैनामैना नगरपालिका वडा नंं ११ मा रहेको जनज्योति आधारभूत विद्यालयको ३८ औ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहको अवसरमा सोही विद्यालयमा भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष समेत रहेका घिमिरेले ती सामाग्रीहरु वितरण गरेका हुन ।

    वितरण गरिएको शैक्षिक सामाग्रीहरुमा झोला, कापी, कलम जुत्ता, मोजा, ड्रेस लगायतका लगायत रहेको छ । आईतबार नै प्युठान घर भएका अति गरिव र विपन्न घर परिवारका विद्यार्थी विद्यालयमा भर्ना भएका छन् । 

    कार्यक्रममा बोल्दै वडा अध्यक्ष रामप्रसाद भुसालले जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा यस्तै सामाजिक काममा गरिएको लगानी सार्थक र उपलब्धिमूलक बन्ने बताउँदै विद्यार्थीहरुलाई सहयोग गर्नुभएकोमा साझा टेलिभिजनका स्टेशन म्यानेजर घिमिरलाई धन्यबाद दिए ।

    सोही अवसरमा विद्यालयको भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष समेत रहेका घिमिरेले जन्म दिनको अवसरलाई केही फरक र रचनात्मक कृयाकलापका साथ मनाउँदै आएको स्मरण गर्दै यो बर्ष विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको बताए ।

    उनले विद्यार्थी संख्या घटिरहेकोमा चिन्ता व्यक्त गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने हो भने पूर्व विद्यार्थी, अहिले अध्ययन गरिरहेका विद्यार्थी, जनप्रतिनिधि, शिक्षक, विद्यालय परिवार लगायत सवैले एक कदम अघि बढेर योगदान दिनुपर्र्नेे समय आएको बताए ।

    कार्यक्रममा विद्यालयमा विभिन्न विधामा उत्कृट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । त्यसैगरी उत्कृट शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।  सोही अवसरमा विद्यालयमा स्थापना गरिएको अक्षयकोषबाट बिद्यार्थीलाई छात्रवृति वितरण गर्नुका साथै विद्यार्थीहरुलाई कपि वितरण गरिएको थियो । 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम खरेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक शिवलाल गिरीले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक पवन पोख्ररेलले गरेका थिए ।

    सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भूमिलाल सापकोटा  तथा सैनामैना नगरपालिकाका वडा सदस्य ज्ञानबहादुर विष्ट लगायतले बोलेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij