२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विप्लवद्वारा आवास ग्रुपका उद्योग अवलोकन

विप्लवद्वारा आवास ग्रुपका उद्योग अवलोकन

विप्लवद्वारा आवास ग्रुपका उद्योग अवलोकन

विप्लवद्वारा आवास ग्रुपका उद्योग अवलोकन

विप्लवद्वारा आवास ग्रुपका उद्योग अवलोकन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ ५ २०८२
आइतवार, जेठ ५ २०८२
  • देवदह ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव सहित पार्टीका नेताहरुले रुपन्देहीको औद्योगिक घराना आवास ग्रुप अन्तर्गतका केही उद्योगको अवलोकन गरेका छन् । विप्लवले केही सय यता नमूना स्वदेशी उद्योगहरुको अवलोकन गर्दै आएका छन् ।

    सोही क्रममा विप्लवले बुटवल औद्योगिक क्षेत्रस्थित सन फिटिङ प्रालि, देवदहको भलुहीस्थित हेल्मेट, लेग गार्ड, फर्निचर र गार्मेन्ट उद्योग तथा मणिग्रामस्थित धाराका सामान उत्पादन हुने ज्याकुअर इण्डस्ट्रिज अवलोकन गरेका हुन् । विप्लवलाई उद्योगका सञ्चालकहरु यज्ञश्वर थैव,महेश थैव लगायत उद्योगका उच्च तहका कर्मचारीहरुले उद्योगका उत्पादनबारे जानकारी गराएका थिए । उद्योगहरु अवलोकनपछि महासचिव विप्लवले  आवास ग्रुपले झण्डै एक दर्जन उद्योग सञ्चालन गरेर, सयौंलाई रोजगारी दिएर देशलाई योगदान दिएको भन्दै प्रसंशा गरे । उनले थैव दाजुभाइलाई नेकपाले कपिलवस्तुको शिवगढीमा गरिरहेको कृषि कम्यून अवलोकनका लागि आउन निम्ता समेत दिए ।

     
    ‘आवास ग्रुपले जस्तै हामी सबैले स्वदेशमै उद्योग गरेर मुलुकलाई आत्मनिर्भर र स्वाधीन बनाउनुपर्छ’–विप्लवले भने–‘यहांहरुले धेरै राम्रो गरिरहनु भएको रहेछ, राज्यले स्वदेशी उद्योगलाई संरक्षण, विकास र प्रवद्र्धनको नीति बनाउनुपर्ने हो तर अहिलेसम्मका नीतिहरु सन्तोषजनक छैनन् ।’ सो अवसरमा उद्योगीहरु यज्ञश्वर र महेश थैवले सरकारले स्वदेशी उद्योगको संरक्षण भन्दा विदेशी सामान आयातलाई प्रश्रय दिइरहेको गुनासो गरेका थिए । उद्योग अवलोकनमा नेकपाका नेताहरु बसन्त श्रेष्ठ,बिरेन्द्र विक,राजु रसाइली लगायत सहभागी थिए । 

    83229980-7703-44e7-adfc-765a0ba6ee03.jpg
    undefined
    9b70c6f2-e72a-4180-a3c2-0e19a84bd70a.jpg
    undefined

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij