२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

फलदायी सगरमाथा संवाद

फलदायी सगरमाथा संवाद

फलदायी सगरमाथा संवाद

फलदायी सगरमाथा संवाद

फलदायी सगरमाथा संवाद
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ ६ २०८२
सोमवार, जेठ ६ २०८२
  • नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको पहिलो संस्करण आयोेजना गरेर सरकारले जलवायु परिवर्तनले हिमालय पर्वतमा परेको असर र त्यसले नेपालमा पारेको असरका बारेमा विश्वसामु समस्या  सुनाउने र उनीहरुको साथ लिने अवसरका रूपमा फलदायी भएको छ । 


    सगरमाथा कार्य आह्वानले दिगो भविष्य सुनिश्चित गर्न साझेदारीलाई सुदृढ गरेर पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी विश्वव्यापी औसत तापक्रम वृद्धि हुन नदिने अत्यावश्यकतालाई पुनः पुष्टि गरेको छ । आफ्नो देश विशेष अनुकूलन आवश्यकता पूरा गर्न राष्ट्रिय अनुकूलन योजना विकास र कार्यान्वयन गर्न थप प्रोत्साहित गरिने, विकासशील र विशेष परिस्थितिमा रहेका देशमा जलवायु कार्य कार्यान्वयनका लागि अन्तरराष्ट्रिय वित्तीय सहायताको वृद्धि र परिचालन गर्न आह्वान गरेको छ । विकासशील र जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई द्विपक्षीय, बहुपक्षीय र वैकल्पिक स्रोतबाट वित्तीय संयन्त्रका सञ्चालन निकाय र यूएनएफसीसीसी र पेरिस सम्झौताअन्तर्गतका कोषसहित अन्तर्राष्ट्रिय जलवायु वित्तमा समान र सरलीकृत पहुँच सुनिश्चित गर्न सामूहिक प्रयासलाई प्रोत्साहित गर्न आह्वान गरेको छ ।


    संवादमा सगरमाथादेखि समुद्रसम्म र उच्च भूभागदेखि टापुसम्म गुञ्जिने गरी तत्काल जलवायु कार्यका लागि साझा आवाज बनाउने संकल्प गरिएको छ । अघिल्लोपल्ट केपी ओली प्रधानमन्त्री हुँदा यो कार्यक्रम आयोजना गर्ने मिति तय भएको थियो । कोभिड महामारीले विश्व लकडाउनमा भएपछि स्थगित भएको कार्यक्रम अहिले बल्ल आयोजना भयो । त्यसपछि बनेका सरकारले यो कार्यक्रम आयोजना गर्न प्राथमिकता नदिनु विषयवस्तु प्रतिको गम्भीरताको अभाव थियो । जलवायु परिवर्तन जस्तो संवेदनशील मुद्दामा बेवास्ता गर्नु राम्रो होइन् । जेहोस्, अहिले केपी ओली प्रधानमन्त्री भएका बेला सगरमाथा संवाद भएको छ । नेपालले जलवायु परिवर्तनले पारेको प्रभाव र असरका बारेमा आफ्ना कुरा अन्तर्राष्ट्रिय समुदाय सामु राखेको छ । र, उनीहरुका कुरा सुनेको छ । समस्या राख्ने, बुझ्ने र सुन्ने प्रक्रियाले निर्णय निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ । साझा समस्या समाधानको लागि सहकार्यको वातावरण तयार गर्छ । हिमाल जोखिममा पर्दा केबल नेपाल जस्ता राष्ट्रहरू मात्रै जोखिममा पर्ने होइनन्, त्यसको असर विश्वले व्यहोर्ने हो । विकासका नाउमा भइरहेको दोहनले भौतिक पूर्वाधार विकासमा राम्रै देखिए पनि तापमान वृद्धिले प्रकृतिको चक्र नै बिथोलिएको छ, त्यसले मानव समुदायलाई मात्रै नभएर सम्पूर्ण जीवजन्तुको जीवनचक्र बिथोलिएको छ, सम्पूर्ण जीवजन्तुको जीवनचक्र बिथोलिने क्रम बढ्दै जाँदा सबैभन्दा धेरै असर हामीले व्यहोरेका छौँ, अझैँ व्यहोर्ने छौँ ।


    कतिपयले सगरमाथा संवादमा उच्च तहको प्रतिनिधित्वको अभाव रहेको भन्दै कार्यक्रमको औचित्वमाथि पनि प्रश्न उठाइरहेका छन् । पहिलोपल्ट आयोजना भएको र अन्तर्राष्ट्रियस्तरको यो कार्यक्रम नेपालले संभवतः पहिलोपल्ट आयोजना गरेको यो कार्यक्रमको विषयवस्तुको महत्वका दृष्टिले सफल मान्नुपर्छ । अब यो कार्यक्रम सन् २०२७ मा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ, सरकारमा नेतृत्व गर्ने व्यक्ति हेरफेर हुने विषय लोकतान्त्रिक मुलुकमा सामान्य विषय हो, जो सुकै आए पनि सगरमाथा संवाद कार्यक्रम तोकिएकै मितिमा आयोजना हुनुपर्छ । निरन्तरको संवाद भयो भने नेपालले अन्तर्राष्ट्रिय समुदाय सामु समस्या राख्न र उनीहरुको साथ पाउन सम्भव छ । जलवायु परिवर्तनबाट हुने असरको जोखिम न्यूनीकरणका लागि नेपाललाई लाभ हुने यस्ता कार्यक्रम सरकारको प्राथमिकतामा पर्नुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij