२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भारतको रोजगारी छाडेर गाउँमै तरकारी खेतीमा रमाउँदै  मेनुका दम्पती

भारतको रोजगारी छाडेर गाउँमै तरकारी खेतीमा रमाउँदै  मेनुका दम्पती

भारतको रोजगारी छाडेर गाउँमै तरकारी खेतीमा रमाउँदै  मेनुका दम्पती

भारतको रोजगारी छाडेर गाउँमै तरकारी खेतीमा रमाउँदै  मेनुका दम्पती

भारतको रोजगारी छाडेर गाउँमै तरकारी खेतीमा रमाउँदै  मेनुका दम्पती
भुसाल प्यूठान जिल्ला संवाददाता हुन।
सोमवार, जेठ ६ २०८२
सोमवार, जेठ ६ २०८२
  • प्यूठान
    रोजगारीका लागि १२ वर्ष भारतको राजस्थान बसेकी मेनुका कुमारी घर्तीको दम्पती अहिले आफ्नै माटोमा पसिना बगाउन थालेका छन् । यि दम्पतीले माण्डवी गाउँपालिका २ रातापानीमा करिब ११ रोपनी जमिनमा तरकारी खेती गर्दै आएका छन् । २०७२ सालमा आफ्ना श्रीमान घनबहादुर घर्ती (बसन्त) सँगै नेपाल फर्केर २ लाख ५० हजार लगानीमा तरकारी व्यवसाय सुरु भएको मनुकाले बताइन । 


    मेनुका तरकारी उत्पादन तथा सप्लायर्स फर्म दर्ता गरी व्यवसायिक कृषिखेती थालेको उनले बताइन । ‘थोरै जग्गामा तरकारी लगाएर व्यवसाय सुरु गरेका थियौं,’ मेनुकाले भनिन्–‘अहिले करिब ११ रोपनी आफ्नै जग्गामा मौसमी तथा बेमौसमी तरकारीहरु फलाउँदै आएका छौं ।’ केही समय कुखुरा पालन गरेको बताउँदै भंैसी र बाख्रा पनि पाल्दै आएको उनले बताइन । उत्पादन गरेको तरकारीजन्य बस्तुले राम्रै बजार पाउने गरेको उनको भनाइ छ । 


    व्यवसायिक योजना बनाएर २०६५ सालमा १ लाख ७० हजारमा १३ रोपनी जग्गा खरिद गरेको बसन्तले बताए । ‘दाङको घडेरी बेचेर रातापानीमा जग्गा किनेका  थियौं,’ बसन्तले भने–‘आफू जन्मेहुर्केको ठाउँमा पसिना बगाउनु पर्छ भनेर १२ वर्ष भारतमा दुःख गरेको कमाइ आफ्नै ठाउँमा लगानी गरेको हुंँ ।’ अहिलेको १३ रोपनी जग्गाको मूल्य करिब ४५ लाखसम्म पर्ने उनको भनाइ छ । 
    जग्गा बाहेक टनेलहरु बनाउने, सिँचाइको व्यवस्था, कुखुरा खोर निर्माण, कृषिऔजारलगायतको लागि करिब २५ लाख लगानी गरिसकेको बसन्त घर्तीले बताउँछन् । ‘मैले उत्पादन गरेको तरकारी विचौलियाको हातमा दिएको छैन, ,’ उनले भने–‘प्यूठानका बजारी क्षेत्रमा तरकारी बेच्न म आफैँ पुग्ने गर्दछु ।’ साँच्चीकै कृषिकर्म गरेर जीवन धान्ने किसानको लागि सरकारले प्रोत्साहन नदिएको उनको गुनासो छ । बजारीकरणमा विचौलिया सताउने सरकारले नक्कली किसानका प्राथमिकता दिने गरेको उनको भनाइ छ । 


    धेरै पहिले गाउँपालिकाले सिँचाइका लागि पोखरी बनाउन सहयोग गरेको उनले बताइन् । ‘अनुदान पाइन्छ भनेर तरकारी खेती गरेको त होइन ,’ मेनुकाले भनिन्–‘तर, गाउँमै बसेर व्यवसायिक रुपमा तरकारी खेती गर्ने किसानलाई सरकारले हौसला दिनुपर्छ ।’ उनले  दैनिक ३ जनादेखि ६ जना स्थानीयलाई रोजगारी समेत दिँदै आएकी छिन् । ‘भारतबाट आउँदा सानो घर र थोरै जग्गा मात्रै थियो,’ उनले भनिन्–‘अहिले जग्गा थप्दै गएकोले आफनै जग्गामा प्रशस्तै तरकारी खेती गर्न पाइएको छ ।’


    यो सिजनमा करिब १५ क्विन्टल टमाटर बजार लैजाने लक्ष्य रहेको उनका छोरा विष्णुबहादुर घर्तीले बताउँछन् । यो सिजनमा झन्डै ७० प्रतिशत जमिनमा लटरम्म टमाटर फलेको छ भने बाँकीमा सिम्लामिर्च, बोडी, सिमि, करेला, लौका लगायतका तरकारीहरु फलेका छन् । दुई छोरीको विवाह भइसकेको बताउने उनले जेठो छोरा, बुहारी, नातिनी र कान्छो छोराले काममा सघाउने गरेको बताइन । उता श्रीमानले अटो किनेर तरकारी बेच्न बजार–बजार पुग्ने गरेको उनको भनाइ छ ।


    लामो समयदेखि मेनुकाको तरकारी फर्ममा काम गर्दै आएका डमबहादुर बिकले गाउँमै रोगजारीको अवसर पाएपछि भारतको नोकरी छोडेर गाउँमै बस्न थालेको बताउँछन् । बुहारी सोनिया बिकले र आफूले दैनिक ज्यालादारी काम गर्दै आएको उनले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij