भैरहवा । भैरहवामा जारी प्रथम माननीय कप क्रिकेट प्रतियोगिताको सोमबारको खेलबाट ४ वटा वडाको टिम बाहिरीएको छ ।
युवाहरुलाई नकारात्मक मार्गबाट जोगाउन एवं स्थानीय स्तरमा खेलाडी उत्पादन गरी क्रिकेटको विकासका लागि रुपन्देहीको प्रदेश निर्वाचन क्षेत्र नम्बर ३(१) मा पर्ने १८ वटा वडाका युवाहरुको सहभागितामा सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीले प्रतियोगिता आयोजना गरेकाे हाे ।
भैरहवा स्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा सिद्धार्थनगर २, सिद्धार्थनगर ११, सिद्धार्थनगर १३ र सिद्धार्थनगर ४ प्रतियोगिताबाट बाहिरीएका छन । नकआउट चरणमा भइरहेको खेलमा हार व्योहोरेपछि यि वडाका टिम बाहिरएका हुन ।
सोमबार भएको पहिलो खेलमा टस जितेर व्याटिङ रोजेको मायादेवी ८ ले निर्धारित १० ओभरमा ७३ रन बनाएको थियो । ७४ रनको लक्ष्य पाएको सिद्धार्थनगर २ ले सबै ओभर खेल्दै ४८ रनको योगफल मात्र बनाउन सकेकोले जित निकाल्न सकेन । २५ रनले खेल जितेको मायादेवी ८ का साग चौधरी म्यान अफ द म्याच भए ।
यस्तै दोस्रो खेल सिद्धार्थनगर ९ र सिद्धार्थनगर ११ बीच भएकोमा सिद्धार्थनगर ९ ४ विकेटले जियी भयो । सुरुवाती पाली खेल्दै ११ ले निर्धारित ओभरमा ५८ रन बनाएको थियो । प्रतिउत्तरमा खेल्दै ११ ले ६ विकेटको क्षतिमा लक्ष्य पार गरी जियी भयो । खेलमा वडा नम्बर ९ का रहमान अलि मुसलमान म्यान अफ द म्याच भए ।
यस्तै सम्पन्न तेस्रो खेलमा सिद्धार्थनगर ६ ले सिद्धार्थनगर १३ लाई १० विकेटले हराउँदै जित हात पा¥यो । जस्का लागि सिद्धार्थनगर ६ का द्वय अविजित प्रवेज आलमले २७ र अर्जुन चौधरीले ७ रनको योग्दान दिए । सुरुवाती चरणमा व्याटिङ गरेको १३ ले ८ ओेभरमा ३६ रन बनाएको थियो ।
यस्तै सोमबारको चौथो खेल सिद्धार्थनगर ४ र सिद्धार्थनगर १२ बीच भएकोमा १२ नं. वडा ले ६२ रनले जित निकाल्यो । प्रतियोगिताको अहिले सम्मको सार्वधिक ठूलो लक्ष्य दिएको वडा नम्बर १२ ले वडा नम्बर ४ लाई सस्तैमा समेट्नका लागि अमित यादव र रोशन गुप्ताले २–२ विकेट लिए । अन्तिम खेलको म्यानअफ द म्याच भिम सुनार भए । सम्पूर्ण म्यान अफ दम्याचलाई नगद ११ सय सहित मायाको चिनोले सम्मान गरिएको थियो ।
रुपन्देही क्रिकेट संघको प्रविधिक सहयोगमा भइरहेको प्रतियोगितामा प्रदेशसभा क्षेत्र अन्तर्गतका १८ वटा वडा, कर्मचारी र संचारकर्मी गरि २० वटा टीमले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन । नकआउट चरणमा भएको प्रतियोगिताको पहिलो दिनको खेलबाट तीन वटै टिम बाहिरीसकेको छ ।
१० ओभर र टेनिस बलले खेल खेलाइने आयोजकले जनाएका छन् । प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार र उपविजेताले २५ हजार र ट्राफी प्राप्त गर्ने छन् । प्रतियोगिता जेठ ८ गतेसम्म भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा संचालन हुनेछ ।
मंगलबारको खेल सिद्धार्थनगर ८ र सिद्धार्थनगर ३, तिलोत्तमा १४ र मायादवी ८, सियारी १ र सिद्धार्थनगर १, मायादेवी ७ र सिद्धार्थनगर ६ एवं सिद्धार्थनगर ९ र सिद्धार्थनगर १० बीच हुने आयोजकले जानकारी दिएका छन ।




