२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपाली महिला क्रिकेट टिमले आज थाइल्याण्डको सामना गर्दै

नेपाली महिला क्रिकेट टिमले आज थाइल्याण्डको सामना गर्दै

नेपाली महिला क्रिकेट टिमले आज थाइल्याण्डको सामना गर्दै

नेपाली महिला क्रिकेट टिमले आज थाइल्याण्डको सामना गर्दै

नेपाली महिला क्रिकेट टिमले आज थाइल्याण्डको सामना गर्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ ७ २०८२
मंगलवार, जेठ ७ २०८२
  • काठमाडौँ । नेपालले आज आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौटको सुपर थ्री अन्तर्गतको खेलमा थाइल्याण्डसँग खेल्दैछ ।

    आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायारमा छनौट भइसकेका नेपाल र थाइल्याण्ड दुवै एशिया छनौटको सुपर थ्री अन्तर्गतको अन्तिम खेल एक अर्काविरुद्ध भिड्न लागेका हुन् । यो खेल नेपाली समय अनुसार बिहान ८: ४५ बजेदेखि शुरु हुनेछ । यो एशिया छनौट अन्तर्गतको यो अन्तिम खेल हो । यस खेलको नतिजाले दुवै देशलाई कुनै असर भने गर्दैन् ।  

    कुल ९ देशले भाग लिएको यस एशिया छनौटमा नेपाल समुह सी मा रहेको थियो । नेपालको समुहमा बहराइन र हङकङ रहेका थिए । नेपाल समुह बिजेता हुदै सुपर थ्रीमा पुगेको थियो । एशिया छनौटको समुह ए मा भुटान कुवेत र थाइल्याण्ड रहेका थिए र समुह बी मा मलेसिया, कतार युएई रहेका छन् ।

    समुहमा हरेक टिमले एक अर्काविरुद्ध २-२ खेल खेलेपछि समुह बिजेता ३ देशले फाइनल राउण्ड खेलेका थिए । फाइनल राउण्डमा युएईले दुवै खेलमा हार बेहोरेपछि बाहिरिएको छ । नेपाल र थाइल्याण्डदुवैले युएईलाई पराजित गरेका थिए ।

    एशिया छनौट खेल्न नेपाल क्रिकेट संघ (क्यान) लेइन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिम थाइल्याण्डमा रहेको छ । नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, इश्वरी बिष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij