२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुपर–३ को अन्तिम खेलमा थाइल्यान्डविरुद्ध नेपालको हार

सुपर–३ को अन्तिम खेलमा थाइल्यान्डविरुद्ध नेपालको हार

सुपर–३ को अन्तिम खेलमा थाइल्यान्डविरुद्ध नेपालको हार

सुपर–३ को अन्तिम खेलमा थाइल्यान्डविरुद्ध नेपालको हार

सुपर–३ को अन्तिम खेलमा थाइल्यान्डविरुद्ध नेपालको हार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ ७ २०८२
मंगलवार, जेठ ७ २०८२
  • काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले थाइल्यान्डसँग ७८ रनको हार व्यहोरेको छ । मंगलबार थाइल्यान्डमै भएको खेलमा घरेलु टिमले प्रस्तुत गरेको १५९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर ८० रनमात्र बनाउन सक्यो ।

    नेपालकी कविता कुँवरले सर्वाधिक २४ रन बनाइन् । राजमती ऐरीले १९ रन बनाउँदा रुविना क्षेत्रीले १२ रन थपिन् । यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । नेपालका दुई ब्याटर गोल्डेन डक हुँदा अरू दुई ब्याटर डक भए । 

    नेपाललाई सस्तैमा समेट्न ओनिचा काम्चोम्फुले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले एक मेडन फ्याँक्दै ११ रन खर्चिइन् । थिपट्चा पुथावोङले तीन विकेट लिइन् । यस्तै, सुलिपोर्न लाओमीले एक विकेट हात पारिन् । 

    त्यसअघि टस हारेर ब्याटिङमा आएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १५८ रनको योगफल खडा गरेको थियो ।थाइल्यान्डकी नाताया बुचाथाम र नानापाट कोन्चारोएन्काईले समान ५० रन बनाए । यस्तै, अफिसारा सुवान्चोनराथीले २९ र नाथाकान चान्थमले १५ रन थपे । 

    नेपालका राजमति ऐरी र मनीषा उपाध्यायले समान एक विकेट लिए । यो हारका बाबजुद नेपाल एसिया छनोटको शीर्ष दुईमा रहँदै ग्लोबल क्वालिफायरमा छनोट भइसकेको छ । नेपालले यसअघि सोमबार भएको खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पाँच विकेटको जित निकाल्दै ग्लोबल क्वालिफायरमा स्थान सुनिश्चित गरेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij