२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मोदीको राष्ट्रवाद र भावी चुनावी रणनीति

मोदीको राष्ट्रवाद र भावी चुनावी रणनीति

मोदीको राष्ट्रवाद र भावी चुनावी रणनीति

मोदीको राष्ट्रवाद र भावी चुनावी रणनीति

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जिसी साहित्यकार, वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीतिक तथा सामाजिक विषयमा विचार पोख्छन् ।
बुधवार, जेठ ८ २०८२
बुधवार, जेठ ८ २०८२
  • १. सर्वप्रथम त आफ्नै देश नेपालबाट राजनीतिको पोयो फुकाऔं । नेपालभित्रका आफूलाई घागडान कुटनीतिज्ञ र असंलग्न परराष्ट्र नीतिका विज्ञ ठान्ने केही इनेगिने बुद्धिजीवि हौं भन्नेले प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीजीलाई पहिल्यैदेखि नै चिढाउँदै आएका छन् । ओलीले मोदीजीको सहमतिविना चुच्चे नक्सा जारी गरे । मोदीजी जस्तो शक्तिशाली नेता तथा प्रधानमन्त्रीलाई ओली जस्ताले जिस्काउनु भनेको कालो अरिंगालको गोलोमा झिंजाले घोंच्नु सरह हो । भारतसितको सम्बन्ध सुमधुर बनाइराख्न प्रधानमन्त्री ओलीको विकल्प खोज्नु नै श्रेयस्कर हुन जान्छ । यी भनाइ यथार्थमा मोदीभक्त र ओली विरोधीहरुको हो । तर मोदीभक्त भनेर उनीहरुलाई कसले लेख्न सकोस् ! ओलीले मोदीजीलाई चिढाएकै कारण अहिलेसम्म भारतले नेपालका प्रधानमन्त्रीलाई भ्रमण गर्न निम्ता गरेको छैन भनेर पनि भन्ने गरिन्छ । 


    चुच्चे नक्सा अर्थात् नेपालको गुमेको नक्सा र भूभाग विश्व समक्ष प्रस्तुत गरेकै कारण हाम्रा प्रधानमन्त्रीजीलाई मोदीले निम्ता नगरेको हो भने त यो गौरव र खुसीको विषय हो । आफ्नो राष्ट्र, आफ्नो भूभागका विषयमा कुरो गर्दा, लेख्दा, नक्सा बनाउँदा विदेशीले बोलाउँदैन् भने यो के को टाउको दुखाई हो ? यो त धेरै राम्रो भो, ओलीजीले त धेरै राम्रो काम गर्नुभएको रहेछ । तर नेपालमा रहेका आफूलाई विदेशी कुटनीतिज्ञ ठान्ने, विश्लेषक ठान्नेहरु कस्ता विश्लेषक हुन्, राष्ट्रवादी र देशभक्ति हुन् विदेशी दलाल हुन् अब भने छुट्टयाउनकै लागि निफन्नु पर्ने र  फड्क्नु पर्ने भएको छ । 


    २.  यहाँ मानसम्मान पनि कसरी गरिन्छ र कस्तो छ भने भारतीय प्रधानमन्त्रीलाई उनीहरुले खुलंखुल्ला मोदीजी भन्छन् भने नेपालका प्रधानमन्त्री वा आफ्नो प्रधानमन्त्रीलाई ओली मात्र भन्छन् वा मिलेसम्म अपमान सूचक पदावली प्रयोग गर्न खुब मन पराउँछन् । यस्तै विचार दृष्टिकोणले सामाजिक संजाल सजाउन पनि मन पराउँछन् ।


    ३. अहिले कथित राजावादीले सर्पले झैं फण उठाउन खोजेको देखिन्छ । कथित राजावादीको राष्ट्र र जनताको पक्षमा कुनै विचार दृष्टिकोण, कार्यक्रम छैन ! केवल हिन्दुत्वको नारा भजाएर मोदी र मोदीका चेला चेपटाले झैं डकार्न पाइएला भन्ने आशाले वितण्डता मच्याउन दुष्प्रयत्न गर्न खोजेको देखिन्छ । तर यो दिवा सपना हो । दिउँसैमा सपना चिहान घाटमा सेलाएका राजा र राजावादीहरुले नदेखे राम्रो होला । 


    ४. यो लेखक कट्टर ओलीभक्त होइन र फेरि कट्टर ओली विरोधी पनि होइन । यो लेखक त बुद्धको संयक् दृष्टिबाट अवलोकन गरेर अघि बढ्न चाहन्छ र बढिरहेको छ । 


    ५. बहुजाति, बहुधर्म बहुभाषा, बुहसंस्कृति भएको हाम्रो जस्तो देशमा भारतमा झैं हिन्दु हिन्दु भनेर १० हात उफ्रनु छैन । त्यसैले नेपालमा एक भाषा, एक धर्मको पक्षधरताको सट्टा सबैको सम्मान र सबैको हित कल्याण र उत्थानका खातिर नेपालको संविधानसभाले हिन्दु धर्मको मात्र पृष्ठपोषण नगरेर धर्म निरपेक्षता कायम गरेको हो । । धर्मकै कुरा गर्ने हो भने बोनपो धर्म÷बोन धर्म बौद्ध दर्शन धर्म, बौद्ध लामापन्थ धर्म, मष्ट धर्म, नेपालको पुरानो धर्म हुन् । विश्वकै सबैभन्दा समन्वयकारी र शान्ति पक्षधर बौद्ध धर्म संस्कृति नै देखिन्छ । तैपनि नेपालको संविधानले धर्म निरपेक्षतालाई धर्मको आधार बनाइएको छ । 


    ६. भारत पनि धर्म निरपेक्ष देश हो भनिन्छ । तर त्यहाँ धर्म निरपेक्षता भनिए पनि हिन्दुत्वको आधारमा भोट माग्ने र हिन्दु राज्य शासन लाद्ने काम राज्यले गरेको छ भनेर त्यहाँको अनुसूचित जाति, अल्पसंख्यक जाति, मुस्लिमहरुले गुनासो गरेको सुनिन्छ । कुन धर्म मान्ने वा नमान्ने त्यो जनताको अधिकारको कुरा हो । अमुक धर्मले प्रत्यक्ष वा परोक्ष रुपमा दमन ग¥यो वा दमन गर्दैछ भन्ने अनुभूत भयो भने ढिलो वा चाँडो जनविद्रोह हुनेछ वा एक खालको विष्फोट हुनेछ  । त्यसैले विश्वका कुनै पनि देशमा कुनै पनि शासकले र दलले कुनै पनि धर्मलाई आड बनाएर राज्य सञ्चालन गर्ने वा निर्वाचन जित्ने रणनीति अख्तियार गर्नु भनेको आफ्नै थाप्लामा बन्चरो प्रहार गर्नु सरह हुन जानेछ । 


    ७. बहुजातीय, बहुधार्मिक समाजमा सहिष्णुता सबैभन्दा महत्वपूर्ण गुण हो । सहिष्णुताको अर्थ सहनशीलता होइन ।  राज्य सहिष्णु हुनुपर्छ र जनतालाई पनि राज्यले प्रशिक्षित गर्न वान्छनीय छ ।


    ८. मोहनदास कर्मचन्द गान्धी अर्थात् महात्मागान्धी हिन्दु र मुस्लिमलाई समन्वय गरेर लैजाने प्रयत्न गर्दै थिए ।


    ९. आफूलाई कट्टर हिन्दु भनी दाबी गर्ने नाथुराम गोड्सेले गान्धीमाथि गोली प्रहरी गरी हत्या ग¥यो । नाथुराम गोड्सेमा उम्लेको यो चरम संकीर्र्ण हिन्दुत्व थियो, जसले गान्धीको हत्या गरेरै छाड्यो । 


    १०. नेपाल पनि २०७२ देखि धर्म निरपेक्ष देश भएको छ । आफ्नो धर्म मान्न मानिसहरु पूर्ण स्वतन्त्र छन् । तर अमुक धर्म नै हुनु पर्छ भनेर दिइने प्रवचनहरु वा दबाबहरु अब मान्य हुन सक्दैनन् ।
    अब नाथुराम गोड्से जस्तो दम्भी, घमण्डी कोही हुन जरुरी छैन । समन्वय, सहकार्य र सहज पाइला चाल्नेतर्फ लाग्नु आजको कर्तव्य हो ।


    ११. निचोडः
    लोकतान्त्रिक समाजवाद निर्माण गर्नु संविधानको अभीष्ट हो । समाजवादको अर्थ जातीय विभेदको अन्त्य, छोइछिटोको अन्त्य, आर्थिक समानतातिर उन्मुख राज्यका सारा नीति कार्यक्रमहरु ।  
    सबैलाई रोजगारीको व्यवस्था हुने थितिको निर्माण । त्यसो भए मात्र समृद्ध नेपाल सुखी नेपाली बन्न बनाउन सकिएला, होइन र ?
    यो अभिभारा राज्य र जनता मिलेर मात्र पूरा गर्ने हो । बुझे हुन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij