लोकप्रसाद छन्त्याल
गुल्मी (वामिटक्सार)
नेपाल आदिवासी÷जनजाति अल्पसंख्यक छन्त्याल संघ केन्द्रीय संस्थामा रकम हिनामिना गरेको आरोपमा अध्यक्ष निलम्बित भएका छन् । छन्त्याल समुदायको साझा संगठन नेपाल छन्त्याल संघ केन्द्रीय अध्यक्ष मनमोहन बुधाथोकी छन्त्यालले २३, लाख ३३ हजार ६ सय १४ रुपैयाँ नगद हिनामिना गरेको पुष्ठि भएको छ ।
केन्द्रीय पूर्ण बैठकले २३ लाख ३३ हजार ६ सय १४ रुपैयाँ संस्थाको नियम विपरीत हिनामिना गरेको ठहर गर्दै नेपाल छन्त्याल संघका केन्द्रीय अध्यक्ष मनमोहन बुढाथोकी छन्त्याललाई निष्क्रिय गर्दै निलम्बन गरेको छ ।
निलम्बित अध्यक्ष २०७८ मा छन्त्याल राष्ट्रिय अधिवेशनमा प्रतिस्पर्धाबाट बहुमतले निर्वाचित भएका हुन् ।
केन्द्रीय अध्यक्ष निलम्बित भएपछि फागुन १७ गतेको केन्द्रीय पूर्ण बैठकले नेपाल छन्त्याल संघका वरिष्ठ महिला उपाध्यक्ष मनमया भलन्जा छन्त्याललाई सर्वसहमतिले कार्यभार अध्यक्षमा नियुक्त गरेको छ । केन्द्रीय समितिले कार्यभार अध्यक्ष मनमया छन्त्याललाई आउने राष्ट्रिय अधिवेशनसम्म अधिवेशन सम्पन्न गर्न संयोजकमा समेत अख्तियारी दिएको छ । अध्यक्ष तथा वरिष्ठ महिला उपाध्यक्ष मनमयाले केन्द्रिय समितिका पदाधिकारीहरुलाई जानकारी नगरी संस्थागत निर्णय बिना सानो समुदायको साझा संस्थाको रकम आफूखुशी भोग चलान गरी आर्थिक हिनामिना गरे बापत अध्यक्षलाई पूर्ण बैठकले निलम्बन गरेको बताइन् ।
मनमयाले फागुन १७ गते स्पस्टिकरण दिए अनुसार निलम्बित अध्यक्ष मनमोहन दुई महिनाभित्र २३ लाख ३३ हजार ६ सय १४ रुपैयाँ छन्त्याल संघको केन्द्रीय कार्यलय मनमैजुस्थित बुझाउने भनिएता पनि नबुझाएको, पुनः पत्राचार गरी ताकेता गरेको जनाइन् । उनले अपचलन गरेको लाखौं रकम अधिवेशन अगावै नबुझाए अध्यक्षपद सोतह हट्ने संस्थाको विधि विधान अनुरुप प्रक्रियाबद्ध रुपमा अगाडि बढ्ने संस्थागत प्रक्रिया अटेरी भए राज्यको नियम कानुनअनुसार दोषीलाई कारबाही हुने विकल्प नभएको बताएकि छिन् ।
पार्केसिं रोगबाट ग्रसित बिरामी कोषाध्यक्षको मृत्युपछि सह–कोषाध्यक्षलाई संस्थागत जिम्मा नदिइ आफू जिम्मेवारी भएका निलम्बित अध्यक्ष मनमोहन छन्त्यालले २३ लाख ३३ हजार ६ सय १४ रुपैयाँ अपचलन गरेको स्वीकारेका छन् । उनले बिरामी परेका कोषाध्यक्षको मृत्युपश्चात् आफू जिम्मामा आएपछि यस्तो अपचलन भएको स्वीकारेका हुन् । उनले इमान्दारी साथ जातीय संस्था छन्त्याल संघको अपचलन भएको रकम इज्जतको लागि पनि तिर्ने बताएका छन् । यद्यपि यति ठूलो रकम अपचलन भएको भएता पनि अझैँ करिब ५ लाख कसले अनिमियतता गरेको छ, पत्ता लागेको छैन ।
निलम्बित छन्त्याललाई ०७८-०८९ को निर्वाचित पहिलो वर्षमै २ लाख ७५ हजार भ्रष्टाचारको मुद्दा लागेको थियो !! उनलाई निष्क्रिय बनाउँदै वरिष्ठ महिला उपाध्यक्ष कार्यभार अध्यक्षमार्फत् सचिवालयबाट गम्भीर छलफलपछि केही महिनामा उक्त रकम फिर्ता गराई जिल्ला अदालत काठमाडौंमा मुद्दा मेलमिलाप गरी फच्र्युत गरेको समितिले जानकारी दिएको छ । आर्थिक अनियमिततासम्बन्धी नेपाल छन्त्याल संघका संस्थापक अध्यक्ष मनिचन घरब्जा छन्त्यालले चिन्ता गर्दै भने–‘युवाहरू जिम्मेवार नभएकोले अध्यक्षले रकम अपचलन गरेको स्वीकार गरेकाले जेल गए पनि संस्थाको पैसा तिर्नुपर्छ, छन्त्याल संघमा केही केही व्यक्तिहरुले यस्तो अपराध गर्ने गरेको पाइन्छ । आफ्नो कार्यकालमा भवन निर्माण गर्दा जिम्मेवार लिएको व्यक्तिले बिलभरपाई नदिएकोले ताकेता गर्दा पनि अटेरी गरेको करिब १ लाख बराबरको भौतिक सामग्री अनिमियतता गरेकोले आफूलाई दुःख लागेको छ ।’




