२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रामग्राममा प्याब्सनसंग मेयर छात्रवृत्ति कार्यक्रम संचालन

रामग्राममा प्याब्सनसंग मेयर छात्रवृत्ति कार्यक्रम संचालन

रामग्राममा प्याब्सनसंग मेयर छात्रवृत्ति कार्यक्रम संचालन

रामग्राममा प्याब्सनसंग मेयर छात्रवृत्ति कार्यक्रम संचालन

रामग्राममा प्याब्सनसंग मेयर छात्रवृत्ति कार्यक्रम संचालन
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, जेठ ८ २०८२
बुधवार, जेठ ८ २०८२
  •  परासी ७ जेठ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा प्याब्सनसंग मेयर छात्रवृत्ति कार्यक्रम संचालन  भएको छ । रामग्रामले जिल्लामा पहिलो पटक निजी बिद्यालयलाई बिशेष प्रथामिकता राखि प्याब्सनसंग मेयर छात्रवृत्ति कार्यक्रम संचालन गरेको हो । बुधबार नगरमा पत्रकार सम्मेलन गरी  रामग्राम नगरपालिका नगर प्याब्सनबिच  सम्झौता पत्र हस्ताक्षर गरी सबर्जनिक गरिएको छ ।


    रामग्राम नगर पालिकाको नगरप्रमुख धनपत यादवको बिशेष पहलमा निजी बिद्यालयको सहकार्यमा प्याब्सनसंग मेयर छात्रबृत्ति कार्यक्रम संचालन गर्न लागिएको शिक्षा शाखा प्रमुख सुन्दर खनालले बताए ।


    नगरप्रमुख धनपत यादवले  अनुसार, नगर क्षेत्रका निजी विद्यालयहरूले वार्षिक रूपमा कक्षा ४ देखि ११ सम्मका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था मिलाइएको जानकारी दिए ।


    यादवले रामग्राम नगरपालिकाले शिक्षा क्षेत्रलाई बिशेष प्रथामिकतामा राखि बजेट बिनियोजन गरी शैक्षिक गुणस्तर कायम गर्नको निम्ती लागि परेको बताए । नगरभित्र रहेका सामुदयिक बिद्यालयहरुलाई भौतिक पूर्वाधार निर्माण गरी शिक्षा क्षेत्रलाई अब्बल बनाउन तर्फ अग्रसर रहेको यादवको भनाई थियो ।


    छात्रवृत्ति वितरणका नगर प्रमुख तथा प्याब्सन अध्यक्ष सहित ७ सदस्यीय कार्यदल गठन गरिएको छ ।  शिक्षा सुधारको लागि र नगरमा शिक्षामा अब्बल बनाउनको लागि प्याब्सनले मेयरसंग छात्रवृत्ति कार्यक्रम गर्न लागिएको रामग्राम नगर प्याब्सन अध्यक्ष बलिराम यादवले जानकारी दिए ।


    रामग्राम नगरपालिकाले निजी विद्यालयहरूसँग सहमति गर्दै २ सय ५० जनालाई  विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जानएको छ । गरिब बिपन्न,आर्थिक अवस्था कमजोर जेहेन्दार,सहदि परिवार छोराछोरी खेलकुलमा मा अब्बल प्रर्दशन गर्ने बिद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गरिने मेयर यादवले बताए । एउटा बिद्यालयबाट ११ जना वा सो भन्दा बढी छात्रवृति बितरण गरिने छ ।  नगर प्याब्सन २३  बिद्यालय  रहेको रामग्राम नगर प्याब्सनले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij