कावासोती । पुर्वी नवलपरासीको कावासोती २ मा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसले बिबिएस प्रथम वर्षको नतिजामा उत्कृष्ट नतिजा हात पारेको छ ।
क्याम्पसमा व्यवस्थापन सङ्काय पहिलो वर्षको परीक्षा दिएकी विद्यार्थी आशा कुमारी महतो जिल्ला प्रथम भएको क्याम्पसले दाबी गरेको छ । महतोले ७८.६ प्रतिशत प्राप्त गरेको क्याम्पस प्रमुख बिष्णु प्रसाद न्याैपानेले जानकारी दिए ।
यस्तै जिल्ला द्वितीय भावना भुसाल भएको क्याम्पसले दाबी गरेको छ । उनको ७४.४ प्रतिशत आएको छ । यता दीक्षा अधिकारीले ६५.२ प्रतिशत ल्याउँदै ब्याच तृतीय बनेको क्यामपस प्रमुख न्यौपाने बताए ।
बिबिएस प्रथम वर्षको परीक्षामा क्याम्पसबाट ७३ जना सहभागी भएकाे ब्यवस्थापन संकाय प्रमुख युवराज भुसालले जानकारी दिए ।
बिबिएस प्रथम वर्षको नतिजामा उत्तीर्ण भएकालाई क्याम्पसले बधाई समेत प्रदान गरेको छ । क्याम्पसमा एबिएस, एमए, एमएड, बिबिएस, बिएड र बिए कार्यक्रमहरू अन्तरगत ९ सय जना बिद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
२०४५ सालमा स्थापना भएको क्याम्पसले हरेक वर्षका नजिताहरुमा उत्कृष्टता हासील गर्दै आएको छ ।




