२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ओभरलोड नियन्त्रणमा रुपन्देही प्रशासन उत्रियो

ओभरलोड नियन्त्रणमा रुपन्देही प्रशासन उत्रियो

ओभरलोडले तीनवटा पुल ध्वस्त भएपछि सडक संरचना जोगाउन भन्दै ओभरलोड गाडीको भन्सार विन्दुमै भारमिलान गराउने निर्णय

ओभरलोड नियन्त्रणमा रुपन्देही प्रशासन उत्रियो

ओभरलोड नियन्त्रणमा रुपन्देही प्रशासन उत्रियो

ओभरलोडले तीनवटा पुल ध्वस्त भएपछि सडक संरचना जोगाउन भन्दै ओभरलोड गाडीको भन्सार विन्दुमै भारमिलान गराउने निर्णय

ओभरलोड नियन्त्रणमा रुपन्देही प्रशासन उत्रियो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ ८ २०८२
बुधवार, जेठ ८ २०८२
  • बुटवल । भारतिय ओभर लोड गाडीले बुटवल नारायणघाट सडक खण्डको ३ वटा पुल  ध्वस्त पारेसंगै रुपन्देही प्रशासन भारतीय ट्रकको भारमिलानको लागि कडा बनेको छ । रुपन्देहीभारतबाट नेपाल प्रवेश गरेका ओभरलोड गरेका मालवाहक सवारी साधनका कारण नेपालका सडक र पुल पुलेसा बिग्रिदै गएको कारण रुपन्देही प्रशासन भारतीय ट्रकको भारमिलानको लागि कडा बनेको हो । मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले यस्ता ओभरलोड रहेका मालवाहक सवारी साधनहरुले भन्सार विन्दुमै भारमिलान गरि मात्र नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । 


    भारतीय गाडीलाई ओभरलोड छुट दिदा नेपालमा दुर्घटना बढेको, दुर्घटना गराएर भारतीय ट्रक चालकहरु भाग्ने गरेको तथा सडक, पुलपुलेसाहरु भत्किने समस्या बढ्दै गएपछि ट्रक व्यवसायीहरुले ओभरलोडको दोहोरो मापदण्ड हटाउदै नियन्त्रण गर्न माग राख्दै आएका थिए ।  ट्रक व्यवसायीको माग मात्र हैन भारतबाट भित्रिएका ओभरलोड मालवाहक सवारी साधनका कारण बुटवल–नारायणगढ सडक खण्डका ३ वटा पुलमा क्षति पुगेको छ भने भैरहवा–बुटवल, भैरहवा–लुम्बिनी सडक खण्ड पनि क्षति भएर पटक पटक मरम्मत गरिदै आएको छ । 


    यी सबै समस्याहरुलाई नै हेरेर भारमिलान सम्बन्धि कानूनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्ने गरि निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको भनाई छ । 


    यसको पुर्ण कार्यान्वयनको व्यवस्था यातायात व्यवस्था कार्यालय, बुटवल (सवारी), ट्राफिक प्रहरी कार्यालय र भैरहवा भन्सार कार्यालयले आपसी समन्वय एवं सहकार्यमा गर्ने पनि जिल्ला प्रशासन कार्यालयको निर्णयमा उल्लेख छ ।  साथै नेपाली नम्बर प्लेट भएका नेपाल भित्र सञ्चालन हुने ढुवानीका सवारी साधनका हकमा समेत तोकिएको भार क्षमता भित्र मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने गरिएको छ ।


    यसको लागि भैरहवा भन्सार कार्यालयमा तौल मेशीन रहने स्थानमा भैरहवा भन्सार कार्यालय, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, ढुवानी व्यवसायी संघबाट खटिएका एक एक जना प्रतिनिधिले निरिक्षण गरेर भारवाहन क्षमता भित्र रहेको सुनिश्चित गरेर मात्र सवारी साधन पास हुने व्यवस्था गरेको छ । 


    जिल्ला प्रशासन कार्यालयले भारमिलान सम्बन्धि गरेको निर्णयको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टिकाराम गौतमले जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भारमिलानको निर्णय स्वागत योग्य रहेको बताए ।  उनले भारतीय गाडीहरुको ओभर लोड भन्सार बिन्दुमै मिलान गर्ने व्यवस्थाले नेपाली सडक, पुल पुलेसाको संरक्षण हुने र नेपाली  ट्रक व्यवसायीको लगानी सुरक्षित हुने विश्वास लिए।  त्यस्तै पश्चिमाञ्चल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष कमल घिमिरेले प्रशासनको अगुवाईमा भएको निर्णय  व्यवहारमा कार्यन्वयन भएमा  बल्ल यातायात व्यवसायीले राहातको महशुष गर्ने बताए । 


    मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ । 


    निर्देशिकाको बुंदा नम्बर १० मा पनि “तोकिएको भारवाहन क्षमता भन्दा बढी भार बोकी आएका मालवाहक सवारी साधनले प्रचलित कानून अनुसारको जरिवाना गर्नुको साथै बढी भएको सामान झारी सवारी धनिले नै त्यस्तो सामानको भण्डारणको ब्यवस्था मिलाउनु पर्ने” भनि उल्लेख गरेको छ ।  
    नेपालका सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालबाहक यस्ता सवारी साधनले आफ्नो क्षमता भन्दा दोब्बर बढी भार बोक्ने गरेका छन् । ९६ टन सम्म भारवाहन गरेका मालवाहक गाडीहरु नेपाल भित्रिरहदा ट्राफिक प्रहरीले १ हजार ५ सय रुपैया जरिवाना लिएर मात्र नेपाल भरि प्रवेशको स्विकृति दिएको प्रमाण  हामीसंग सुरक्षित रहेको छ । 


    यसवारेमा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका कार्यालय प्रमुख प्रकाश गैरेले ओभरलोडले गर्दा नेपाली यातायात व्यवसायीको अवौको लगानी जोखिममा रहेको समयमा प्रशासनको निर्णयले केही राहात मिल्ने विश्वास व्यक्त गरे।

    latter  parsasan .jpeg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij