२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

‘जनतासँग गरेको वाचाअनुसार नमूना काम गरेका छौं’

‘जनतासँग गरेको वाचाअनुसार नमूना काम गरेका छौं’

‘जनतासँग गरेको वाचाअनुसार नमूना काम गरेका छौं’

‘जनतासँग गरेको वाचाअनुसार नमूना काम गरेका छौं’

‘जनतासँग गरेको वाचाअनुसार नमूना काम गरेका छौं’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
भुसाल प्यूठान जिल्ला संवाददाता हुन।
बिहिवार, जेठ ९ २०८२
बिहिवार, जेठ ९ २०८२
  • ल ३१ वर्षका युवा हुन् । २०६२, ०६३ मा मुक्ति मा.वि. रातामाटामा कक्षा ७ मा अध्ययन गर्दा विद्यालयमा बाल अखिल क्रान्तिकारी समितिमा आबद्ध भएका थिए ।  कक्षा १० मा अध्ययन गर्दाको बखत अखिल क्रान्तिकारी विद्यार्थी संगठनको जिल्ला कमिटी सदस्यको जिम्मेवारीबाट विद्यार्थी राजनीतिमा सक्रिय रूपमा सहभागी भएका हुन् । यसरी राजनीति यात्रा अघि बढाएका श्रेष्ठ २०६८ मा अखिल क्रान्तिकारी विद्यार्थी संगठनको जिल्ला अध्यक्ष, सोही विद्यार्थी संगठनको केन्द्रीय सदस्य, सचिवालय सदस्य, केन्द्रीय सचिव हुँदै उप–महासचिव समेतको जिम्मेवारी निर्वाह गरिसकेका छन् भने हाल ने.क.पा माओवादी केन्द्र प्यूठानको जिल्ला कमिटी सचिवालय सदस्यमा छन् ।   


    आफ्नो वडाभित्र विकास निर्माण तथा विभिन्न क्षेत्रमा अलि फरक एवं नयाँ योजनाका गतिविधिहरू सञ्चालन गर्दै आएका प्यूठान नगरपालिकाका नगरप्रवक्ता समेत रहेका श्रेष्ठसँग हामीले चुनावका बेला जनतालाई गरेका वाचा के कति पूरा भए ?, आगामी योजना, वडाले अघिसारेका कार्यक्रमहरू, आगामी राजनीतिक यात्रालगायतका विषयमा युवा वडाध्यक्ष सुमनराज श्रेष्ठसँग दैनिक लुम्बिनीका संवाददाता राधिका भुसालले गरेको कुराकानीको सम्पादित अंशः   


    चुनावमा जनतालाई गरेका प्रतिबद्धताहरू के कति पूरा गर्नु भयो ? 
    जब हामी चुनावी मैदानमा उत्रिंदै गर्दा प्यूठान नगरपालिका ३ विजयनगरका जनता समक्ष देख्ने, सुन्ने र महसुश गर्ने विजयनगर बनाउँछौं भनेर प्रतिबद्धता गरेका थियौं । सुखी समृद्ध वडा बनाउने जनतासँग गरेको वाचाअनुसार नै हाल काम गरेका छौं । 


    वडाका जनताको अपेक्षाअनुसारको काम भएको छ ? 
    निश्चय पनि अहिले जनताको अपेक्षा धेरै माथिबाट छ । खास गरी मैले वडा अध्यक्षको हैसियतबाट र वडा कार्यालयले विकास, सुशासन, रचनात्मक, मानवीय, विपतकालगायतका क्षेत्रमा स्थानीय सरकारको तर्फबाट गर्ने कामहरूमा हामी प्रतिबद्ध नै छांै । देशका धेरै स्थानीय तह र वडाहरूमध्ये विजयनगर अब्बल नै छ भन्ने लाग्दछ । 


     यहाँको वडामा  भएका नमूना कामहरू के–के होलान् ?  
    मेरो कार्यकाल आधाआधी हुँदै गर्दा हामी थुपै्र नमूना कामहरू गरेका छौं । हामी निर्वाचित भएर आउनासाथ एउटा चार्ट बनायौं । वडाभित्रका भिराला सडकहरू जसलाई हामीले ज्यानमारा सडक भनेर नामाकरण गर्यौ । ती सडकहरूलाई फराकिलो बनाएका छौं । पक्की नाला बनाएका छौं । अब कालोपत्रेको प्रक्रियामा छन् । करिब एक दर्जन सडकलाई व्यवस्थित गरिसकेका छौं । खानेपानीको ८० प्रतिशत समस्या थियो, ५० प्रतिशत हल भयो बाँकी ३० प्रतिशत समाधान प्रक्रियामा छ । मूल अभावका कारण पूर्णरूपमा खानेपानी पु¥याउन समय लागेको हो, त्यसलाई वैकल्पिक विधि अपनाउँदैछौं । स्वास्थ्यको क्षेत्रमा पनि हाम्रो तहबाट गर्नुपर्ने काम गरिरहेका छौं । 


    शिक्षा क्षेत्रको कुरा गर्दा प्यूठान नगरक्षेत्रभित्रका अभिभावकविहीन बालबालिका मुक्ति माध्यमिक विद्यालयका निःशुल्क आवसीय शिक्षा प्रदान गर्दै आएका छौं । हाम्रो वडाभित्रका ८ वटा विद्यालयहरू छन् । ती  विद्यालयमध्ये केही विद्यालयमा कक्षा थप गर्दै स्तरउन्नति गराएका छौँ । वडाका सबै विद्यालयमा शैक्षिक भौतिक र गुणस्तरीय शिक्षामा रूपान्तरण गरेका छौँ । 


    हामीले जिल्लामै पहिलो पटक सडक लाइट जडान गर्यौ । सडक टि.भी. राखेका छौं जुन प्यूठान जिल्लमै नमूना अभ्यास हो भन्ने लाग्दछ । विपन्न वर्गलाई लक्षित निःशुल्क टेलिफोन सञ्चालन गरेका छौँ । वडाका मुख्य चोकहरूमा फ्रि वाइफाइ सञ्चालन गरेका छाँै । त्यसैगरी सुरक्षा व्यवस्थालाई ख्याल गर्दै सिसि क्यामेरा जडान गरेका छौं । वडाबाट सुरु भएको सिसि क्यामेरा नगरपालिकाको प्राथमिकतामा पनि राखेका छौँ । पर्यटनको क्षेत्रमा महान जनयुद्धको प्रतिकको रूपमा रहेको दैलेसिमलमा युद्धपर्यटकीय स्थल बनाएका छौँ भने लव डाँडा पर्यटकीय स्थललाई व्यवस्थित गरिरहेका छौँ । जुम्रीदेखि बस पार्कसम्मको सडकलाई  एक वडा एक कालोपत्रे सडकको सुरु गरेका छौं । सिँचाइ तथा पुलपुलेसाको क्षेत्रमा पनि विशेष महत्वका साथ काम गरेका छौं ।  मेथीखोला जुम्रीखोला र भरंगामा स्टिल ट्रस पुल बजेनी, सातमुलेमा झोलुंंगे पुल निर्माण, जुम्री खोला र मेथीखोलाका ठाउँ–ठाउँमा व्यवस्थित तटबन्धनको व्यवस्था गर्नु  पनि हामीले गरेको महत्वपूर्ण कार्य हो । तसर्थ हामीले जनतालाई गरेको वाचाअनुसार नमूना ढंगले जनताकेन्द्रित काम गरेका छौँ । 


    यहाँ माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिध हुनुहुन्छ, अन्य दलप्रति आस्था राख्ने जनतालाई कसरी सम्बोधन गर्नुभएको छ  ?
     मेरो वडामा भुइ मान्छेहरूको प्रतिनिधित्व गर्ने पार्टी नेकपा माओवादी केन्द्रप्रति आस्था भएका जनताहरूनै धेरै हुनुहुन्छ । यद्यपी अन्य दलका नेता तथा कार्यत्रकर्तासँग समन्वय, सहकार्य र सुझावलाई हामीले अवलम्बन गर्दै आएका छौं । विजयनगरवासीको भावनालाई कदर गर्दै काम गर्ने सबैको जनप्रतिनिधि र भुइमान्छेको प्रतिनिधित्व गर्ने पार्टीबाट निर्वाचित भएकाले सबै दलमा आस्था र विचार राख्ने जनतालाई सम्बोधन गरेका छु । राजनैतिक सहकार्य गर्दै गर्दा सुशासन र क्रप्शनलाई हामीले कम्परमाइज गर्नु हुँदैन भनेर शून्य सहनशीलतालाई अगाडि बढाएका छाँ । 


    समृद्ध वडा बनाउने संकल्प पूरा गर्न कस्तो भूमिका निर्वाह गरिरहनु भएको छ ?  
    हामी निर्वाचित हुँदै गर्दा जुन अपेक्षा थियो त्यो कुरा धेरै पूरा भइसकेको छ । विजयनगरवासी जनताले परिवर्तन महसुश गर्नेगरी काम गरेका कारण अहिले विजयनगरवासी जनसमुदायलाई आम जनताले हेर्ने कुरामा नयाँ उचाइ निर्धारण भएको छ । वडालाई समृद्ध र नमूना योग्य वडा बनाउने दौडानमा छौं । यो कुरा प्रति वडावासीहरू विश्वस्त हुनु भएको छ । अब केही सूचकहरू बाँकी छन्, आगामी दिनमा ती काम बाँकी कार्यकाल अवधिमा पूरा गर्नेछाँ ।   


    नगरप्रवक्ता समेत हुनुहुन्छ, आम युवाहरूलाई समेट्न नगरपालिकाका के–कस्ता योजना छन् ?  
    समग्र नगर क्षेत्र भित्रका युवाहरूलाई प्यूठान नगरपालिकामा कसरी टिकाउने, उनीहरूको भाग्य र भविष्यको निर्धारण सरकारको तर्फबाट कसरी गराउने भनेर योजना बनाइरहेका छौँ । नीति तथा कार्यक्रमहरू बनाएर ती कार्यक्रमहरूलाई लागू गर्दैछौँ । शिक्षालाई जोडेर लोकसेवाका कक्षाहरू सञ्चालन गरेका छौँ । अबका युवालाई सरकारी सेवा र  उद्यमशीलतामा प्रवेश गराएर स्वदेशमै स्वरोजगारको वातावरण सृजना गर्नेतर्फ हाम्रो सरकार केन्द्रित भएको छ । कृषि क्षेत्रमा ठूलो लगानी गरेर उत्पादन र बजारीकरणमा आधारित अनुदान, किसान पेन्सन कार्यक्रमलाई अझँै व्यवस्थित गर्दै आएका छौँ । अन्य स्थानीय तहले युवाको क्षेत्रमा गरेका समृद्ध र नमूना योग्य कामहरूको प्यूठान नगरपालिकाले सिको गर्दै समग्र युवालाई समेट्ने कुरामा हामी विश्वस्त छौं। प्यूठान नगरपालिका अभिभावकविहीन स्थानीय सरकार हो । प्यूठानबाट प्रतिनिधिसभामा निर्वाचित माननीय सांसद मूर्ति नै हुनु भएको छ । प्यूठान नगरपालिकाको लागि उहाँबाट ठूलो अपेक्षा गरेका थियौं, तर उहाँले कुनै योजना नै बनाउन सक्नु भएन त्यसो भएको हुँदा स्थानीय सरकार एक्लैलाई अलि बढी दबाब परेको छ । अभिभावकविहीन सरकारको तर्फबाट हामी जे जति सक्छौ त्यति गर्नेछाँै । 


    अन्त्यमा केही भन्नु हुन्छ कि ? 
    प्यूठान नगरपालिकालाई सुखी र समृद्ध नगरपालिका बनाउने अभियानमा हामी छौँ । समृद्ध अभियानको मार्गनिर्देशन तयार भइसकेको छ, यो मार्ग निर्माणका लागि सबै नगरवासी जनसमुदायहरूलाई हातेमालो गर्दै सहयात्रा गर्नको लागि हार्दिक अपिल गर्न चाहान्छु । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij