२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

खुट्टा नचल्ने पुर्णकला उपचारपछि हिडडुल गर्न थालिन्

खुट्टा नचल्ने पुर्णकला उपचारपछि हिडडुल गर्न थालिन्

खुट्टा नचल्ने पुर्णकला उपचारपछि हिडडुल गर्न थालिन्

खुट्टा नचल्ने पुर्णकला उपचारपछि हिडडुल गर्न थालिन्

खुट्टा नचल्ने पुर्णकला उपचारपछि हिडडुल गर्न थालिन्
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ ९ २०८२
बिहिवार, जेठ ९ २०८२
  • बुटवल । बुटवल हस्पिटल प्रा लि मा पहिलो पटक दुवै घुंडाको एकै पटक सफल प्रत्यारोपण भएको छ । वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर उत्सव रेग्मी नेतृत्वको टिमबाट दुवै खुट्टाको घुंडामा हुने जोर्नीको प्रत्यारोपण गरिएको हो ।

    यस्तो शल्यक्रिया बुटवल क्षेत्रमा सम्भवत पहिलो पटक भएको डा रेग्मीको दावी छ । विश्व प्रशिद्ध अमेरिकन कम्पनी म्याक्सको कृतिम जोर्नीको प्रयोग गरी विग्रिएको जोर्नीलाई बिस्थापित गरी नयाँ जोर्नीको निर्माण गरिएको डाक्टरको भनाई छ ।  

    दरवार गाउपालिका गुल्मी स्थायी घर भई बुटवलको वेलवरियामा बस्दै आएकी ५३ वर्षिया पुर्णकला सोमैको बुटवल हस्पिटल प्रा लिमा शल्यक्रिया भएको हो । उहां लामो समयदेखि जोर्नी खिइने रोग अस्टिओआर्थाइटिसुबाट पीडित थिइन् । 

    घुँडामा धेरै दुखाइ हुनुका साथै जोर्नी बाङ्गो भएर हिँडडुल गर्न नसक्ने भएपछि उपचारको निमित्त उहांले अस्पतालहरुमा धाउन थालेकि थिइन् ।

    बुटवल हस्पिटल प्रा लिमा यस्तो खालको घुंडाको प्रत्यारोपण हुन्छ भन्ने कुरा चिकित्सकहरुबाट सुनेदेखि नै उनमा आफु पहिलेकै अवस्थामा फकिन्छु कि भन्ने आशा पलाएको थियो । 

    घुंडाको प्रत्यारेपण भएको ५ दिन पछि नै उहां समान्य साहरामा हिडडुल गर्न थालिसकेको पुर्णकलाका श्रीमान् भुवन सिंहले बताए ।

    अस्पतालबाट घर पर्किने वेलामा समान्य हिडडुल गर्नु भएकी पुर्णकलाले आफु पहिलेको अवस्थामै फर्किन लागेको भन्दै खुशी व्यक्त गरिन ।

    कुराकानीका क्रममा उनले भनिन्–‘पहिला त म अब वाचुञ्जेल यस्तै कुजि भएर बस्नु पर्ने होला भन्ने थियो तर बुटवल हस्पिटलमा भएको उपचारपछि मैले अर्को जन्म पाएको महसुस भएको छ ।’ उनले थपिन् ‘ पहिला त घुंडा नुग्ने नै थिएन त्यसैले हिडडुलको त कुरै भएन एकै ठाउमा बसेको बसै गर्ने गर्दथे । ’ 

    शल्यक्रियामा डा रेग्मीसंगै बुटवल हस्पिटल प्रा लिमा कार्यरत हाडजोर्नी रोगविशेषज्ञ डा समिर उल्लाह र डा दिपेन्द्र यादव तथा बुटवल हस्पिटलकै डा प्रल्लाद अधिकारीको एनेस्थेसियाको टिमले शल्यक्रिया गरेको हो ।

    बुटवल हस्पिटल प्रा लिमा कार्यरत डा रेग्मीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान विर अस्पताल बाट जोर्नी सम्वन्धी समस्यामा फेलोसिप तालिम लिएका छन ।

    घुंडा प्रत्यारोपण पछि डा रेग्मीले पहिलो पटक दुवै घुंडाको एकैपटक सर्जरी भएकोले काठमाडौंका चिकित्सकहरुको समेत  सहयोग लिएको बताए ।उनले अबका दिनमा यस्तो अप्रेशनका लागि हस्पिटलकै टिम तयार हुने पनि बताए । 

    कृत्रिम जोर्नी ( इल्म्पलान्ट) अलि महंगो पर्ने भएपनि काठमाडौं भन्दा सस्तो मुल्यमा बुटवलमा घुडाको प्रत्यारोपण सर्जरी भएको हो । सुलभ दरमा कृत्रिम जोर्नी (इल्म्पलान्ट) उपलब्ध गराउन सरकार या सरोकारवाला नियकाले पहल गरेमा यस्तो समस्याबाट दुःख पाएका बिरामीका लागि जोर्नी प्रत्यारोपण शल्यक्रिया बरदान सावित हुने बुटवल हस्पिटलका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए । 

    हाडजोर्नी समस्यामा यस प्रकारको अत्याधुनिक तथा जटिल शल्यकृया बुटवलमा हुने भएपछि  महंगो खर्चमा उपचारको निमित्त काठमाडौं वा भारतका बिभिन्न ठाउँमा भौतारिनु पर्ने अवस्थाको अन्त्य भएको पनि उनको भनाई रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij