बुटवल । न्यु होराइजन स्पोट्र्स क्लब, बुटवलले ८औं भलिबल दिवसको अवसरमा क्लबको खेलमैदान परिसरमा बृहत् सरसफाइ र शुभकामना आदान प्रदान गरी दिवस मनाएको छ । आठ वर्ष अघि जेठ ८ गते सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थिया ।
क्लबले बिहान १० बजे देखि सरसफाइ कार्यक्रम र साँझ ६ बजे पछि क्लब परिसरमै शुभकामना आदान–प्रदान कार्यक्रम समेत गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई अभियान सञ्चालन गरी खेल क्षेत्रलाई स्वच्छ र सुरक्षित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष चेतन उचै ठकुरीले जानकारी गराए ।
शुभकामना आदान प्रदान कार्यक्रममा जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्य, न्यू होारइजन माविका प्राचार्य लोकनाथ उपाध्याय, क्रिकेट प्रशिक्षक एवं पुवं राष्ट्रिय खेलाडी शक्ति गौचन, न्यु होराइजन स्पोट्र्स क्लबका उपाध्यक्ष बालकृष्ण बस्याल, सदस्य मिलन राना लगायतले न्यू होराइजन स्पोर्टस् क्लब र न्यू होराइजन माविको साझा प्रयासमा भलिबल खेलको विकास र खेलाडीको प्रोत्साहनका लागि धेरै लगानी र उपलब्धी हासिल भएको चर्चा गरे ।
सरसफाई र शुभकामना आदान प्रदान कार्यक्रममा न्यु होराइजन स्पोट्र्स क्लबका पदाधिकारी र सदस्य, खेलप्रेमी, स्थानीयवासी सहभागी थिए ।




