परासी ।पश्चिम नवलपरासीमा चार जना उत्कृष्ट कृषकलाई सम्मान गरिएकाे छ ।
कृषि ज्ञान केन्द्र नवलपरासीले जिल्लाकाे कृषि विकासकाे क्षेत्र उल्लेखनीय याेगदान पुयाएकाे भन्दै चार जना उत्कृष्ट कृषकहरूलाई नगद सहित सम्मान गरेकाे हाे ।
कृषि ज्ञान केन्द्रले आर्थिक बर्ष २०८१/०८२काे बार्षिक स्वीकृत कार्यक्रम अनुसार चार जना उत्कृष्ट कृषकहरूलाई नगद दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएकाे कृषि ज्ञान केन्द्रका प्रमुख डा रबिन्द्रनाथ चाैबले बताए ।
उनकाे अनुसार तीन जनालाई ५ हजार दरले नगदसहित दोसल्ला ओढाएर सम्मानपत्र गरिएकाे र एक जनालाई सर्बाेत्तम उत्कृष्ट कृषकलाई रूपमा १० हजारनगदसहित दोसल्ला ओढाएर जिल्ला समन्वय समितिका प्रमुख भगाैतीप्रसाद रूदल यादवले सम्मानपत्र गरेकाे चाैबेले जानकारी दिए ।
सर्बाेत्तम उत्कृष्ट बन्न सफल हुनुभएका प्रतापपुर गाउँपालिकाकाे वडान ५ कृषक रामजि सिह क्षेत्री र पाल्हीनन्दन वडान ३का तारेन्द्र बर्मा,पाल्हीन्दन वडान ५ काे बेचनप्रसाद माैर्य र सुनवल नगरपालिकाकाे वडान ५का कृषक एकनारायण सुवेदीलाई सम्मान गरीएकाे कृषि ज्ञान केन्द्र परासीले जनाएकाे छ ।
सम्मान गर्दै गदै समन्वय प्रमुख यादवले कृषि तथा पशुपालनबाट प्राप्त गरेको ‘उत्कृष्ट’ उपाधिलाई कायम राख्दै पेसालाई आगामी दिनमा थप निरन्तरता दिन सुझाव दिनुपर्नेमा जाेड दिए ।
त्यस्तै कृषि ज्ञान केन्द्रले स्थानिय तहुंग याेजना तर्जु गाेष्ठि पनि गरेकाे छ ।उनिहरूले वितरण मुखि भन्दा उत्पादन मुलकमा बजेट ल्यानुपर्नेमा जाेड दिएका थिए ।किसानले उत्पादन गरेकाे बस्तुहरू बजारिकरण गर्न मलकाे व्यवस्था मिलाउने खालकाे बजेट ल्याउन सुझाव दिए ।किसानहरूकाे माटाे परिक्षण गरि व्यवस्थापन तर्फ ध्यान दिने कार्य तर्फ सबै सचेत हुन जरुरी रहेकाे छ ।




