२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

निजामति प्रशासनमा अराजकता

निजामति प्रशासनमा अराजकता

निजामति प्रशासनमा अराजकता

निजामति प्रशासनमा अराजकता

निजामति प्रशासनमा अराजकता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, जेठ १२ २०८२
आइतवार, जेठ १२ २०८२
  • संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी विधेयकका प्रावधान कतिपय प्रावधान हटाउन मुख्यसचिव र सचिवले राजनैतिक नेतृत्वलाई अस्वभाविक ढंगले दबाब दिनु गलत छ । उनीहरुले हुल बाँधेर प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र सत्तारूढ कांग्रेस सभापतिलाई भेटेर दबाब दिएर कर्मचारी संयन्त्रको अराजकता उदांगो भएको  छ । 


    संसदको समितिले अवकाश र पुनर्नियुक्तिको अवधि (कुलिङ पिरियड) दुई वर्ष राख्ने गरी पारित गरेको विधेयकको प्रतिवेदनप्रति उनीहरुको असहमति विधि, प्रक्रिया र प्रणालीलाई धुजाधुजा पार्ने प्रपञ्च हो । निजामति प्रशासनको उच्च नेतृत्व यो हदसम्म अराजक ढंगले प्रस्तुत हुनुले नेपालको कर्मचारी संयन्त्र चरम अवसरवादमा फसेको प्रष्ट भएको  छ । विधेयकमा दुई वर्ष कुलिङ पिरियड राख्नुका बहुआयामिक कारण छन् । यो राख्दा व्यापक छलफल भएको छ । कर्मचारी प्रशासनमा मौलाउँदै गएको स्वार्थी र अवसरवादी प्रवृत्तिलाई निरुत्साहित गर्न कुलिड पिरियड अघि सारिएको हो । निजामति प्रशासन स्थायी सरकार हो ।

     

    राजनैतिक नेतृत्व हरेक पाँच वर्षमा परिवर्तन हुन्छ । अझ हामी कहाँ छिटो—छिटो सरकार फेरिने हुँदा राजनैतिक नेतृत्व त्योभन्दा छिटो फेरिन सक्छ । राजनैतिक नेतृत्व फेरिरहँदा कर्मचारी संयन्त्र स्थिर हुन्छ । स्थायी सरकार कर्मचारी संयन्त्र स्वार्थको जालोमा जेलिदा देशले दिनप्रतिदिन मूल्य चुकाउनुपर्ने हुनसक्छ ।


    निजामति प्रशासनमा लामो समय काम गरिसकेपछि निवृत्त भएपछि विभिन्न गैरसरकारी संस्था, दातृ निकायमा काम गर्न जाने कर्मचारीको लर्को ठूलै छ । अझ राजनैतिक नेतृत्वलाई रिझाएर अवकाश लगत्तै संवैधानिक निकाय र राजदूत हुने कर्मचारीको संख्या ठूलो छ । लामो समय सरकारी सेवामा बिताउँदा उनीहरुले हासिल गरेको अनुभव र ज्ञान राष्ट्र निर्माणमा काम लाग्छ नै, तर उनीहरुले सेवा निवृत्त भए लगत्तै पाउने अवसरका लागि स्वार्थ समूहका लागि काम गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । जुन प्रवृत्ति स्वच्छ र स्वस्थ लोकतान्त्रिक प्रणाली विकासका लागि बाधक छ । राजनैतिक नेतृत्वसँग स्वार्थको सम्बन्ध विस्तार गरेर स्वार्थ पूर्ति गर्न पल्केको कर्मचारी नेतृत्व राजनैतिक नेतृत्वकहाँ घरदैलो गर्दा त्यसले राम्रो सन्देश दिनसकेन् ।


    कुलिङ पिरियड निजामति प्रशासनलाई लयमा हिडाउनका लागि अनिवार्य छ । सेवा निवृत्तपछि पाउने अवसरको आशा र लोभमा अवाञ्छित काममा लाग्ने प्रवृत्ति स्वतः कमजोर हुँदैजान्छ । लोकतान्त्रिक प्रणालीलाई व्यवहारमा स्थापित गर्ने कानुनको सही निर्माणले मात्रै सम्भव छ । आम नागरिकले कुलिङ पिरियड ठिक भनिरहेको, बौद्धिक वर्ग र निजामति प्रशासनमा राम्रो छवि बनाएर निवृत्त भएका उच्च प्रशासकहरुले पनि आवश्यक बताइरहेका बेला संगठित रूपमा घरदैलो गर्ने काम पटक्कै राम्रो होइन् । अब यस्ता हर्कत नगर्दा निजामति कर्मचारी प्रशासनको साख जोगिन सक्छ । व्यक्तिगत स्वार्थका लागि संस्थागत रुपमा साख गिराउनु निन्दनीय छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij