२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जगदिशपुर ताललाई जोगाऔँ

जगदिशपुर ताललाई जोगाऔँ

जगदिशपुर ताललाई जोगाऔँ

जगदिशपुर ताललाई जोगाऔँ

जगदिशपुर ताललाई जोगाऔँ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ १३ २०८२
सोमवार, जेठ १३ २०८२
  • विश्व सीमसार क्षेत्रमा सूचीकृत एवं पन्छी आरक्ष जगदिशपुर तालमा मोटरबोट सञ्चालन गर्दा जैविक विविधतालाई असर पुगेको छ । चराको लागि प्रख्यात तालबाट चरा लोप हुँदै जाँदा जगदिशपुर तालको भविष्य संकटमा परेको छ । 


    सिँचाइ प्रयोजनका लागि निर्माण गरिएको यो ताल सिँचाइको लागिभन्दा अहिले जैविक विविधताको लागि महत्वपूर्ण रहेको छ । जगधिशपुर १५७ हेक्टरमा फैलिएको छ । ताल क्षेत्रमा डेढ सय बढी प्रजातिका चरासहित उभयचर, सरीसृप र स्तनधारी जनावरको बासस्थान, चरण क्षेत्र र प्रजनन् हुने गर्छ । रामसार क्षेत्रमा सूचीकृत नेपालका १० सीमसार क्षेत्रमध्ये जगदीशपुर ताल एक हो । तालमा  १० जना मान्छे राखेर तीब्र गतिमा चर्को आवाज र छाल निकाल्दै चल्ने मोटरबोटले चराको बासस्थान बिथोलिँदा समेत सरोकारवाला निकायले बेवास्ता गरेका छन् । मोटरबोट चलाएर मात्रै जगधीशपुर तालमा पर्यटक आकर्षित गर्न सकिने होइन्, त्यहाँ जाने पर्यटकको रोजाई चरा हेर्न हो । चराको बासस्थान नै संकटमा परेपछि पर्यटक जाँदैनन् । तालमा चर्को आवाजसहितको मोटरबोट घुमाई-घुमाई चलाउँदा चरा बस्न सक्ने वातावरण रहेन् ।


    जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च नामक गैरसरकारी संस्थाले बैशाखदेखि आगामी चैतसम्मका लागि ८ लाख ५५ हजार रुपैयाँमा ठेक्का दिएर मोटरबोट चलाइरहेको छ । 


    आइयूसीएन नेपालले गरेको एक अध्ययन अनुसार ताल क्षेत्रमा १ सय ६७ प्रजातिका चरा पाइन्छन् । त्यसमध्ये ९२ प्रजातिका रैथाने, ९ प्रजातिका गर्मी याममा आउने, ६४ प्रजातिका चरा जाडो याममा आउने र ३ प्रजातिका चरा आंशिक प्रवासी रहेको अध्ययनले देखाएको छ । यस्तै ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइने उल्लेख छ । विश्वमै दुर्लभ जन्तु पानी बिरालो र ८ प्रजातिका चरा पनि तालमा पाइन्छन् । चराका लागि महत्वपूर्ण यो ताललाई लुम्बिनी प्रदेश सरकारले तीन वर्षअघि चरा आरक्ष घोषणा गरेको थियो । लुम्बिनी आउने विभिन्न देशका पर्यटकलाई यहाँ आकर्षित गर्न सकिने र आन्तरिक पर्यटकलाई पनि चरा हेर्नकै लागि आकर्षित गर्न सकिने सम्भावना हुँदाहुँदै मोटरबोट चलाउने काम तत्काल रोक्नुपर्छ ।


    जैविकविविधितालाई असर गर्ने यस्तो क्रियाकलाप जारी रहे रामसार क्षेत्रबाट हटाउन सक्ने सम्भावना रहेको छ । रामसार क्षेत्रमा सूचीकृत तालको जैविकविविधता जोगाउन अस्वाभाविक मानवीय क्रियाकलाप तत्काल रोक्नुपर्छ । प्रदेशको वन वातावरण हेर्ने स्थानीय कार्यालय भनेको डिभिजन वन कार्यालय हो । डिभिजन वन कार्यालय कपिलवस्तुले रोक लगाउन सक्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij