२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

थाइराइड विकारप्रति डर होइन, उचित जनचेतना अपरिहार्य

थाइराइड विकारप्रति डर होइन, उचित जनचेतना अपरिहार्य

थाइराइड विकारप्रति डर होइन, उचित जनचेतना अपरिहार्य

थाइराइड विकारप्रति डर होइन, उचित जनचेतना अपरिहार्य

थाइराइड विकारप्रति डर होइन, उचित जनचेतना अपरिहार्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ १३ २०८२
सोमवार, जेठ १३ २०८२
  • डा. मनोज कार्की
    प्रत्येक वर्ष मनाइने विश्व थाइराइड दिवस यस वर्ष ‘थाइराइड विकारहरूको रोकथाम र प्रारम्भिक पहिचान’ भन्ने मूल नाराका साथ मनाइँदैछ । नेपाल जस्तो विकासोन्मुख मुलुकमा थाइराइडसम्बन्धी रोगहरू-जसमा हाइपोथाइराइडिज्म, हाइपरथाइराइडिज्म, गलगाड तथा थाइराइड नोड्युल, क्यान्सर  जस्ता अवस्थाहरू पर्दछन र यिनीहरु प्रमुख सार्वजनिक स्वास्थ्य समस्याका रुपमा देखा परेका छन् । यी रोगहरू प्रायः आयोडिनको कमी, सामाजिक, आर्थिक असमानता तथा स्वास्थ्य सेवा पहुँचको अभावसँग सम्बन्धित रहेका हुन्छन् । थाइराइड सम्बन्धि रोगहरुको प्रारम्भिक लक्षण अन्य रोगसँग मिल्दोजुल्दो हुने भएकाले धेरैजसो अवस्थामा समयमै रोग पहिचान वा निदानमा समस्या हुने गर्दछ । 


    त्यसैले, थाइराइडसम्बन्धी रोगहरुका विषयमा जनचेतना अभिवृद्धि गर्नु अत्यन्त आवश्यक छ । थाइराइड सम्बन्धि रोगहरुको ज्ञान र जागरूकताले आम जनमानसलाई यसका प्रारम्भिक लक्षणहरू चिन्न, समयमै चिकित्सा परामर्श लिन र कुन अवस्था सामान्य हुन र कुन अवस्थामा उपचार लिने भन्ने निक्र्यौल गर्न मद्दत पु¥याउँछ । 


    विगतका दशकहरूमा थाइराइड सम्बन्धि चिकित्सकिय सेवा सुबिधामा उल्लेखनीय प्रगति भएको छ । उदाहरणका लागि, उच्च–रिजोल्युसन अल्ट्रासाउन्ड प्रविधिले थाइराइड ग्रन्थिमा रहेका नोड्युलहरू वा ग्रन्थि सुन्निएको अवस्था पत्ता लगाउन सहयोग पु¥याएको छ । त्यस्तै, फाइन निडल एस्पिरेशन प्रविधिबाट थाइराइड नोड्युलहरूमा क्यान्सर कोशिका छन् वा छैनन् भन्ने पहिचान सम्भव भएको छ। थाइराइड हार्मोनको मात्र मापन गर्ने रक्त परीक्षणहरूले शरीरमा थाइराइड हार्मोनको मात्र कम या अधिक रहेको अवस्था पहिचान गर्ने गर्दछ तथा रेडियोएक्टिभ आयोडिन अपटेक स्क्यान जस्ता प्रविधिले रोगको सही निदानमा महत्वपूर्ण योगदान पु¥याएका छन् ।


    यद्यपि, नेपालमा थाइराइड रोगहरूको पहिचान र व्यवस्थापनसम्बन्धी केही चुनौतीहरू अझै विद्यमान छन् । तीमध्ये मुख्य चुनौतीहरू यस्ता छन् :
    – नियमित स्क्रिनिङ कार्यक्रमहरूको अभाव, विशेषतः गर्भवती महिलाहरू र नवजात शिशुहरूका लागि । 
    – ग्रामीण तथा दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाहरूमा प्रयोगशाला तथा परीक्षण उपकरणको अभाव ।


    – जन्मजात हुने थाइराइड सम्बन्धि रोगहरुको पहिचानका लागि नवजात शिशु स्क्रिनिङको नीतिगत र प्राविधिक तयारीको कमी ।  
    – थाइराइडसम्बन्धी लक्षणहरूबारे आम जनमानसमा सीमित ज्ञान ।
    – बिरामीहरूमा नियमित फलोअपको कमी ।
    विश्व थाइराइड दिवस २०२५ को मूल विषयवस्तु, “थाइराइड विकारहरूको रोकथाम र प्रारम्भिक पहिचान”, नेपालको संदर्भमा अझँै पनि समय सापेक्ष र सान्दर्भिक छ किनकि धेरै नागरिकहरू अझैँ पनि रोग निदानबिना रहेका छन्, जसको प्रत्यक्ष असर उनीहरूको स्वास्थ्य र जीवनस्तरमा परिराखेको छ । नियमित परीक्षण, लक्षणहरूको यथासमयमा पहिचान, तथा सही उपचारले थाइराइड विकारहरूबाट हुने जटिलताहरूलाई न्यून गर्न सकिन्छ ।


    अतः जनचेतना अभिवृद्धि, सहज स्क्रिनिङ सुविधा र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराएर मात्र थाइराइड सम्बन्धी समस्याहरूको दीर्घकालीन समाधान सम्भव छ । यही सन्देशसहित विश्व थाइराइड दिवस २०२५ ले नेपाली समाजमा स्वास्थ्यप्रति उत्तरदायी सोच र व्यवहार निर्माणमा योगदान पु¥याउने विश्वास लिइएको छ ।
    Consultant Endocrinologist
    भैरहवा इन्डोक्राइन क्लिनिक
    बर्मेलीटोल, भैरहवा

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij