२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी कार्यक्रमका लागि आजदेखि नाम दर्ता

लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी कार्यक्रमका लागि आजदेखि नाम दर्ता

लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी कार्यक्रमका लागि आजदेखि नाम दर्ता

लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी कार्यक्रमका लागि आजदेखि नाम दर्ता

लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी कार्यक्रमका लागि आजदेखि नाम दर्ता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, जेठ १३ २०८२
सोमवार, जेठ १३ २०८२
  • बुटवल । शल्यक्रिया सेवाका लागि महिनौं पालो कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले सञ्चालन गर्न लागेको विशेष सर्जरी कार्यक्रमका लागि आजदेखि नाम दर्ता सुरु भएको छ ।

    पित्तथैलीको शल्यक्रियाका लागि लामो समयदेखि पालोमा रहेका सेवाग्राहीहरुलाई विशेष कार्यक्रम सञ्चालन उपचार गर्ने उद्देश्यले आजदेनि नाम दर्ता सुरु भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए । 

    अस्पतालको ओपीडी सेवा अन्तरगत उपचारका लागि आई पित्तथैलीको अपरेशनका लागि आगामी असार १ गतेपछि पालो पाएका बिरामीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको मेसु ढकालले जानकारी दिए ।

    यो कार्यक्रम अन्तरगत कम्तिमा ३ जना बिरामीलाई सेवा उपलब्ध गराउने लक्ष्य राखिएको उनले जानकारी दिए । यसका लागि साविकको लुुम्बिनी अञ्चलका जिल्लाहरु रुपन्देहीसहित पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी तथा प्युठानमा समेत सूचना प्रकाशन प्रशारण गरी जानकारी गराइएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. ढकालले जानकारी दिए । 

    यो अभिान सम्पन्न भएपछि शल्यक्रियाका लागि कुनै पनि सेवाग्राहीले गुनासो गर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताए ।

    उक्त अभियान सञ्चालनका लागि अस्पतालले जेष्ठ ९ गते (शुक्रबार) देखि एक सूचना जारी गर्दै सबै सेवाग्राहीले आफ्नो नाम दर्ता गराई विशेष सर्जरी कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । जेष्ठ २२ गतेसम्म शल्यक्रियाका लागि पालोमा रहेका बिरामीको नाम दर्ता गरी असार १ गतेदेखि विशेष कार्यक्रम लागू गरिने अस्पतालका प्रशासकीय प्रमुख केसीले जानकारी दिए ।  

    अस्पताल बिस्तार कार्यक्रम अन्तरगत लुम्बिनी प्रादेशिकमा प्रसुती सेवाका लागि छुट्टै अपरेशन थिएटर स्थापना भएपछि यसअघि सञ्चालनमा रहेको अपरेशन थिएटरबाट सेवा थप सहज बन्दै गएको छ । अस्पतालका प्रशासकीय प्रमुख केसीका अनुसार विगत ३ वर्षको तथ्याङ्क मूल्याङ्कन गर्दा औसतमा वार्षिक करिब १० हजार बिरामीको शल्यक्रिया हुने गरेको छ । पछिल्लो आर्थिक वर्षमा अस्पतालबाट ३ लाख ४८ हजार ९ सय ७१ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

    सेवाग्राहीको चाप र जनगुनासोलाई कम गर्न अस्पतालमा विशेष सर्जरी कार्यक्रम सञ्चालन गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ ।

    अस्पतालप्रतिको जनगुनासो कम गर्नुका साथै विशिष्टकृत सेवाहरुलाई थप गर्दै लैजाने तथा भएका सेवाहरुलाई थप गुणस्तरीय बनाउनेमा अस्पतार परिवारले योजनावद्ध क्रियाकलपा सञ्चालन गर्दै आएको अस्पताल बिकास समितिका अध्यक्ष अजमान श्रेष्ठले बताए । 

    अस्पतालले हाल सञ्चालन गर्न लागेको विशेष कार्यक्रम सरकारी अस्पतालमा सम्भवतः पहिलो भएको दाबी गर्दै उनले यो अभियानले स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पार्ने दाबी गरे । अस्पतालले सञ्चालन गरेको विशेष कार्यक्रम बारे सबै सेवाग्राहीसम्म सूचना पुर्याउनका लागि राजनीतिक दल, नागरिक समाज तथा सञ्चार क्षेत्र लगायत सबै पक्षले भूमिका खेलेर सहयोग गर्न आग्रह गरे । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij