२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुद्धिष्ट मार्टको औचित्य

बुद्धिष्ट मार्टको औचित्य

बुद्धिष्ट मार्टको औचित्य

बुद्धिष्ट मार्टको औचित्य

बुद्धिष्ट मार्टको औचित्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ १४ २०८२
मंगलवार, जेठ १४ २०८२
  • बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्टको तेस्रो संस्करणप्रति रूपन्देहीका व्यवसायीहरुले गरेको असन्तुष्टि जायज छ । काठमाडौंमा उद्घाटन गरेर भैरहवामा समापन गरिएको कार्यक्रमको औचित्यमाथि प्रश्न उठेको छ । उठेको प्रश्नले आगामी दिनमा ट्राभल मार्ट आयोजना गर्नु आवश्यक छ कि छैन भन्ने प्रश्न खडा भएको  छ ।


    मार्टको उद्घाटनसहित मुख्य कार्यक्रम पनि काठमाडौंमा भयो । रूपन्देहीका पर्यटन व्यवसायीको माग हो–यो कार्यक्रम लुम्बिनीमा गर्नुपर्दथ्यो । लुम्बिनीसहित बौद्धस्थलमा पर्यटन प्रवर्धनका लागि आयोजना हुने कार्यक्रम लुम्बिनी केन्द्रित हुनुपर्छ भन्ने माग स्वाभाविक हो । लुम्बिनीमा बसेर छलफल र निष्कर्ष निकाल्न सक्दा तथा त्यससँग सम्बन्धित अरु काम गर्न सक्दा नतिजामुखी हुनसक्थ्यो । केन्द्रीकृत मानसिकता हावी हुँदा अझँै काठमाडौंमा केन्द्रित हुने प्रवृत्ति छ । यो प्रवृत्ति सिंगो देशमा छ । मुलुकमा विधिवत रुपमा संघीय शासन प्रणाली स्थापना भएको दशक पुग्न लाग्यो । शासनको केन्द्र काठमाडौं मात्रै होइन् । संविधानले अधिकारको विकेन्द्रीकरण गरेको छ । तर प्रवृत्तिगत रुपमा केन्द्रीकृत मानसिकता बदलिन सकेको छैन । बुद्धिष्ट ट्राभल मार्टको उद्घाटनसहितका कार्यक्रम काठमाडौंमा हुनु त्यसैको उपज हो ।


    अघिल्लो वर्ष भैरहवामा कार्यक्रम आयोजना भयो । जसको खर्च व्यवस्थापन भएन् । होटलमा पाहुना बसेको पैसा भुक्तानी भएन् । गौतमबुद्ध विमानस्थल नचल्दा मारमा परेका होटल व्यवसायीलाई मार्ट आयोजकले पैसा नतिरेर झनै पीडामा पार्नु निन्दनीय छ । संकटमा परेका व्यवसायीलाई तिर्नुपर्ने पैसा दिँदा राहत हुन्थ्यो ।


    लुम्बिनीको पर्यटन प्रवर्धनका लागि काठमाडौंका तारे होटलमा आयोजना हुने छलफल र निष्कर्षले मात्रै हुँदैन । रूपन्देहीका पर्यटन व्यवसायी र स्थानीय समुदायलाई सँगै लिएर अघि बढ्न आवश्यक छ । लुम्बिनी र आसपासका समुदायले अपनत्व नगर्दासम्म बौद्ध पर्यटन फस्टाउन सक्तैन् । यहाँका व्यवसायीलाई पर्यटनमैत्री बनाउन पनि उत्तिकै आवश्यक  छ । आगामी दिनमा बुद्धिष्ट मार्ट लुम्बिनीमा आयोजना गर्न आयोजकले ध्यान दिनुपर्छ । लुम्बिनीको नाममा हुने कार्यक्रम यही आयोजना हुँदा त्यसको प्रभावकारिता र औचित्य पुष्टि हुन्छ । केन्द्रीकृत मानसिकता त्यागेर काठमाडौंको खाल्डो बाहिर निस्कन सक्नुपर्छ । काठमाडौं खाल्डो बाहिर निस्कन सक्दा विचार र सोंच पनि फेरिनसक्छ, जसले समस्यामुखी नभई समाधानमुखी बनाउन सक्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij